×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १३ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १८ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १८ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २१ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २२ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

सुमार्गीकाे सम्पति छानबिन गर्न विवरण माग

  •  
  • बुधबार, जेठ २६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    फाेटाे स्राेत : विकीनेपाल ।
    ‘यसअघि उनीबाहेक नजिकका नातेदार र आफन्तको विवरण संकलन गरिएको छ । आफन्त र उनीबीच बैंकिङ कारोबारमा थप अध्ययन गर्नुपर्ने भएकाले विवरण माग गरिएको हो’

    जेष्ठ २६, २०७३- सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यापारी अजेय सुमार्गीको सम्पत्तिको स्रोत र वैधतामाथि छानबिन गर्न उनको वित्तीय र कारोबारी कम्पनीहरूको विवरण संकलन थालेको छ । राष्ट्र बैंक, कम्पनी रजिस्ट्रारको कार्यालय, उद्योग विभाग, कर कार्यालयलगायत सरकारी निकायबाट उनको सम्पत्ति र त्यसको वैधानिकताबारे छानबिन गर्न विवरण संकलन गरेको हो । ‘अधिकांश निकायहरूसँग माग गरेबमोजिमको विवरण आइसकेको छ,’ विभाग स्रोतले भन्यो, ‘अब थप अध्ययनको काम हुने छ ।’ अध्ययन कुन चरणमा रहेको भन्ने विषयमा विभागले खुलाउन चाहेन । विभागले गत पुस अन्तिम साता सुमार्गीको सम्पत्ति र वैधताको अध्ययन गर्न फाइल खडा गरेको थियो । ‘यसअघि उनीबाहेक नजिकका नातेदार र आफन्तको विषयमा विवरण संकलन गरिएको छ,’ स्रोतले भन्यो, ‘आफन्त र उनीबीच बैंकिङ कारोबारमा थप अध्ययन गर्नुपर्ने भएकाले विवरण माग गरिएको हो ।’

    सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ ले व्यवस्था गरेअनुसार उनको विषयमा उजुरी, उजुरी दर्ता, प्रारम्भिक जाँचबुझ र अनुसन्धान अधिकृत तोक्ने काम भइसकेको छ । हाल उनले नगद कारोबार गरेको, कम्पनीमा भित्रइएको लगानीसम्बन्धी विवरण विभागले संकलन गरेको हो । ‘दर्ता नै नभएको कम्पनीमा बैंकको रकम ल्याएर रोकिएको पनि छ । धेरैजनासँग नगद कारोबार भएको देखिन्छ,’ स्रोतले भन्यो, ‘केका लागि ? किन आयो ? कस्तो रकम आयो ? भन्ने विषय अध्ययनपछि टुंगिने छ ।’ ती अधिकारीका अनुसार बैंकमार्फत आदानप्रदान भएको केही रकमको आधारमा उनको फाइल खडा भएको हो ।

    तत्कालीन महानिर्देशक केवलप्रसाद भण्डारीको पालामा सुमार्गीको फाइल खडा भएको हो । लगत्तै उनको सरुवा भयो । हालसम्म दुई महानिर्देशक फेरिइसकेका छन् । सुमार्गीको हाल करिब ११ अर्ब रुपैयाँ विदेशबाट ल्याउन खोजिएको रकम रोकिएको छ ।

    यस विषयमा राष्ट्र बैंक र संसद्को अर्थ समितिको निर्देशनमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ‘फाइल खडा’ गरी अनुसन्धान गरिरहेको छ । गत माघमा अर्थ मन्त्रालय र उद्योग विभागले उक्त रकम भित्र्याउने चाँजोपाँजो मिलाइदिन राष्ट्र बैंकलाई पत्रसमेत पठाएका थिए । तर, उनको सम्पत्ति, उनले लगानी गरेका कम्पनीहरू माथि छानबिन जारी रहेको लगानी भित्र्याउने निर्णय भने हुन सकेन । करिब ४ वर्षअघि सुमार्गीले छुट्टाछुट्टै प्रस्ताव पेस गरी साइप्रस र ब्रिटिस भर्जिन आइल्यान्डको कम्पनीबाट रकम ल्याउन लागेका हुन् । करिब ३ अर्ब रुपैयाँ रकम प्रक्रिया पूरा नगरी बैंकमा जम्मा गरेकाले राष्ट्र बैंक र उद्योग विभागले भित्र्याउने अनुमति दिएको छैन । ११ अर्बमध्ये करिब ३ अर्ब रुपैयाँ अनुमति नै नलिई नेपाली बैंकमा विदेशबाट आइपुगेको हो ।

    सुमार्गीले करिब ४ वर्षअघि दुई फरकफरक देशबाट विभिन्न प्रतिष्ठानमा लगानी गर्ने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रस्ताव गरेका हुन् । उनले मुक्तिश्री सिमेन्ट उद्योगमा ब्रिटिस भर्जिन आइल्यान्डको जोधार कम्पनीबाट ४५ मिलियन यूएस डलर (४ अर्ब ५० करोड रुपैयाँ) ल्याउने तयारी सहितको प्रस्ताव पेस गरेका थिए । साइप्रसको एरवेल कम्पनीबाट ६५ मिलियन डलर (६ अर्ब ५० करोड रुपैयाँ) दूरसञ्चार कम्पनी नेपाल स्याटलाइटमा ल्याउने प्रस्ताव गरिएको थियो ।

    ब्रिटिसतर्फको ४५ मध्ये १२ मिलियन डलर (१ अर्ब २० करोड रुपैयाँ) को अनुमति लिइसकेका छन् । त्यो भन्दा अगाडि पनि हेल्लो ब्रान्डको स्याटलाइटमा १ अर्ब ९० करोड रुपैयाँ स्वीकृति लिई लगानी ल्याइएको छ ।

    उक्त आधारमा ब्रिटिस भर्जिन र साइप्रसबाट अहिलेसम्म ३ अर्ब १० करोड रुपैयाा सुमार्गीका दुई कम्पनीले स्वीकृति पाइसकेका छन् । यसबाहेक प्रक्रिया नै पूरा नगरी बैंकमा करिब तीन अर्ब रुपैयाँ आएर बैंकमै रोकिएको छ । सुमार्गीले विदेशबाट ल्याउन खोजेको ऋणको ब्याजसमेत चर्को छ । फरक फरक प्रस्ताबमा ५ देखि ६ प्रतिशत व्याजको प्रस्ताब गरिएको छ । उक्त दरमा यही ऋण पाउन सकिने सरकारी अधिकारीले बताएका छन् ।

    यहाँ नपाए पनि अन्तर्रािट्रय बजारमा सजिलै पाउने भएकाले राष्ट्र बैंकले स्रोत नखुलेको रकमको शंका गर्दै लगानी भित्र्याउन नदिएको हो । यही शंकाले राष्ट्र बैंकले अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्र लेखि पठाएको हो ।

    सुमार्गीले एफडीआई ल्याउन लागिएको मुलुकमा कम्पनी दर्ता गर्न, बैंकमा रकम जम्मा गर्न र विदेशमा लगानीका लागि पैसा पठाउन सजिलो मानिन्छ । वैदेशिक लगानी भित्र्याउन लागिएका दुवै मुलुक ‘टयाक्स हेभन’ हुन् । उक्त कारणले स्रोतमाथि शंका गर्दै अनुसन्धान सुरु भएको हो । यसबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग निर्णयमा पुगिसकेको छैन ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, जेठ २६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.