×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • १२ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १७ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १७ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २० घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २२ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

जाली नोटको जालो

  •  
  • बुधबार, जेठ १२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    जेष्ठ १२, २०७३- ‘हामी ठगियौं सर ।’

    बैशाख २६ दिउसो २ भारतीय नागरिक पिल्पिलाउंदै महानगरीय प्रहरी बृत्त महाराजगञ्जका प्रमुख विश्वमणि पोखरेलको कार्यकक्षमा पुगे ।
    ‘के भयो ? ‘
    पोखरेलको प्रश्नसंगै पकेटबाट भारतीय रुपैंया निकाल्दै दुबैले भने, ‘घर जान पैसा साटेको सर, डुबियो ।’
    काठमाडौंमा साइकलमा तरकारी र फलफुलको व्यापार गर्दै आएका दुबै भारतीय नागरिकले शिक्षण अस्पताल महाराजगञ्ज अगाडि २ जना नेपालीसंग नेपाली रुपैंया साटेर भारतीय रुपैंया लिएका थिए । केही खस्रो देखेपछी उनीहरु सहायता खोज्दै प्रहरी कार्यालय पुगेका थिए ।
    पोखरेलले उनीहरुको साथमा रहेको ३२ हजार ५ सय भारतीय रुपैंयाको नोट छांमे, केही बाक्लो लाग्यो । कुराकानीकैक्रममा जसले नेपाली रुपैंया लिएर उनीहरुले अरु पैसा चाहिए भन्नु भनेर गएको खुलेपछी प्रहरीले उनीहरुलाई फोन गर्न लगाएर ३ लाख भारु मगाए ।

    सोही दिन बेलुका भारु बोकेर भारतीय नागरिकसंग साट्न आएका २ जनालाई सादा पोशाकमा रहेका बृत्तका प्रहरी टोलीले नियन्त्रणमा लियो । नियन्त्रणमा लिइएका ब्यक्ति थिए दोलखाकी मिरा जिरेल र कपनका सुमन मल्ल ।

    यी दुबैको पक्राउपछी अनुसन्धानमा अन्तरदेशिय अपराध अनुसन्धानको जिम्मेवारी पाएको प्रहरीको विशेष ब्युरो जोडियो । काठमाडौं परिसर र ब्युरोको टोलीले मल्ल र जिरेलसंग जोडिएको जालो पच्छ्याउंदै जाली नोटको कारोवारमा संलग्न पाकिस्तानी, भारतीय र नेपाली गरी ७ जना पक्राउ परे ।
    ‘मल्ल र जिरेलको पक्राउपछी अन्य नाम समेत खुल्यो ’ डिएसपी पोखरेलले भने, ‘पोलिएको नाम पच्छ्याउंदै जांदा भारतीय र पाकिस्तानी नागरिकसम्म पक्राउ परे ।’
    महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख एआइजी प्रतापसिंह थापाका अनुसार जाली भारुको कारोवारमा संलग्न रहेको भन्दै सोही दिन धुम्बाराहीका तारणीप्रसाद ठाकुर, २९ गते सिराहाबाट बैजनाथ गुप्ता र काठमाडौंमा विजय शर्मा, ३० गते सनद प्रधान र जेठ ५ मा अमृतमान श्रेष्ठ पक्राउ परे ।
    पक्राउ परेकामध्ये गुप्ता भारत विहारका हुन् अन्य सबै नेपाली । प्रहरी विवरण अनुसार उनीहरुको साथबाट २८ लाख ८८ हजार भारु फेला पर्यो जो सबै नक्कली थिए ।

    अनुसन्धानमा जाली भारु लिएर पाकिस्तानी नागरिक दोहाहुंदै काठमाडौं आउनेक्रमा रहेको सुराकपछी विशेष ब्युरोले जेठ ८ मा त्रिभुवन विमानस्थलको गोल्डेन गेटमा समा नाजलाई पक्राउ गर्यो । उनको साथबाट ३६ लाख भारुसंगै १९ हजार ५ सय अमेरिकी डलर समेत फेला पर्यो । विशेष ब्युरोका डिआइजी कमलसिंह बमका अनुसार यी दुबै नक्कली हुन् ।
    प्रहरी विवरण अनुसार समा यसअगाडि मार्च ६ मा ४० लाख, २६ मार्चमा ३० लाख जाली भारुसहित नेपाल आएर पाकिस्तान फर्किएकी थिइन् । उनी यस अगाडि पाकिस्तानी नागरिक साजिद अलीसंगै आएकी थिइन् । अली भने अहिले फरार छन् ।

    ३० हजार सक्कलीमा १ लाख नक्कली
    भारत बिहारका बैजनाथ भारतहुंदै नेपालमा हेरोइन भित्र्याउने कारोवारी रहेको प्रहरीको भनाइ छ । कारोवारकाक्रममा उनी २०५२ मा पक्राउ परेसंगै अभियोग पुष्टी भयो र १५ वर्षका लागी जेलमा पुगेका उनी २०६७ मा कारागारमुक्तहुंदा जाली भारुको सदस्य भइसकेका थिए । कारागारमुक्त भएसंगै उनी नेपाली नागरिकको समुह बनाएर पाकिस्तानहुंदै जाली भारु नेपाल भित्र्याउन सक्रिय भए ।
    काठमाडौं परिसरका प्रमुख एसएसपी विक्रमसिंह थापाका अनुसार केन्द्रीय कारागारमा रहंदा उनको भेट जाली भारुको कारोवारीको अभियोगमा पक्राउ परेका अब्दुल बहावसंग भएको थियो । अब्दुल २०६५ मा जाली भारु सहित पक्राउ परेका थिए ।

    बैजनाथ कारागारमुक्त भएको २ वर्षपछी बहाव पनि मुक्त भए । उनी पाकिस्तान फर्किएर जाली भारु कारोबारमा कहलिएका हाजी तलादसंग बैजनाथको सम्पर्क गराइदिए ।

    प्रहरीका अनुसार काठमाडौंको धुम्बाराही बस्ने सप्तरीका तारणी र कालोपुलका विजयलाई बैजनाथले मुख्य सहयोगी बनाए । तारणीले आफ्नो घरमा काम गर्ने जिरेल र मल्लमार्फत जाली भारु बजारमा पठाउन लगाए । विजयले कालोपुलका अमृतमानलाई सहयोगी बनाए । कारोवारवापतको रकम पाकिस्तान पठाउन उनलाई सनदले सघाउंथे ।

    प्रहरी अनुसन्धानमा खुले अनुसार बैजनाथले पाकिस्तानबाट ३० हजार सक्कली भारु दिएर एक लाख नक्कली भारु भित्र्याउने गरेका थिए । उनले तारणी र अमृतमान ५० हजार सक्कली भारु लिएर सहयोगीलाई १ लाख नक्कली भारु दिन्थे । उनीहरुले सहयोगीमार्फत सो रकम बजार मुल्य अनुसार नै बजारमा फैलाउंथे ।
    ‘हाजीसंगको सम्पर्कपछी उनले पाकिस्तानबाट नेपालमा जाली भारु पठाउने र उनले भारु लिएर सहयोगी मार्फत बजारमा पठाउने गरेको अनुसन्धानमा खुलेको छ’, एसएसपी थापाले भने ‘ उनीहरुको मुख्य टार्गेट नेपालमा काम गर्ने भारतीय नागरिकनै देखिन्छ ।’

    अमेरिकी डलर पनि जाली
    भारतीय बजारलाई लक्षित गरेर पाकिस्तानहुंदै नेपालमा जाली भारु भित्रिने गरेका छन् । आपराधिक समुहले नेपाली रुपैंया समेत नक्कली बनाएर बजारमा चलाउने प्रयास गर्ने गरेका छन् । २०६६ यता १६ लाख बढी जाली नेपाली रुपैंया फेला परे पनि ती फोटोकपी भएकाले सहजै पक्राउ पर्ने गरेका छन् ।

    बेलाबखत चिनिया युआनसंगै अमेरिकी डलर समेत फेला परे पनि यी प्रेसमा नछपाई फोटोकपी गरिएकाले सहजै पहिचान हुने गरेका थिए । बैजनाथ समुहको पक्राउपछि भने नेपाली बजारमा सक्कली बराबर गुणस्तर रहेको प्रेसमा छापिएको जाली अमेरिकी डलर समेत भित्रिएको खुलेको छ ।

    प्रहरीका अनुसार समासंग फेला परेको जाली अमेरिकी डलर नेपालमा फेला परेको जाली डलरको परिमाणमा सबैभन्दा धेरै हो । यस अगाडि फोटोकपी गरिएको डलर फेला पर्ने गरेको थियो ।
    डिआइजी भन्डारीका अनुसार जाली भारु नेपालमा काम गर्ने भारतीय मार्फत भारत पठाउने योजना अनुसार नेपाल भित्रिएको देखिए पनि जाली अमेरिकी डलर नेपाली बजार लक्षित हो ।

    सोही समुहले यस अगाडि पनि जाली अमेरिकी डलर नेपाल भित्र्याएर परिक्षणका रुपमा बजारमा पठाएको र सो सहजै चलेपछी उनीहरुले थप रकम मगाएका थिए । उनले नेपाली बजारमा जाली भारुसंगै अमेरिकी डलर समेत छरिएको बताए पनि परिमाण भने खुलाउन चाहेनन् ।

    ‘जाली भारतीय रुपैंया मगाउनेले नमुनाको रुपमा केही अमेरिकी डलर नेपाल भित्र्याएर बजारमा परिक्षण गरेको देखियो’, भन्डारीले भने ‘बजारमा जाली अमेरिकी डलर सहजै स्विकार्य भएको देखेपछी ठुलो परिमाण मगाएको देखिन्छ ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, जेठ १२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.