×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ८ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ३ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ५ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ५ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ५ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

सबै तीर्थयात्री हिल्साबाटै

  •  
  • बुधबार, जेठ १२, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    – जनक नेपाल/जयबहादुर रोकाय, नेपालगन्ज/हुम्ला
    तिब्बतको मानसरोवर जाने तीर्थयात्री लिएर हिल्साका लागि उड्ने तयारीमा हुम्ला सदरमुकाम सिमकोटमा रहेका हेलिकप्टरहरू ।तस्बिर : जयबहादुर रोकाय/कान्तिपुर

    जेष्ठ १२, २०७३- महाभूकम्पपछि चीनले तातोपानी र केरुङ नाका बन्द गरेकाले त्यसको असर मानसरोवर तीर्थ यात्रामा पनि परेको छ । तिब्बती रुट नखुल्दा हजारौं भारतीय तीर्थालु नेपालगन्ज–सिमकोट–हिल्सा हुँदै कैलाश परिक्रमामा गएका छन् ।

    विगतमा अतिकम पर्यटक उक्त मार्गबाट मानसरोवर जान्थे । तातोपानी र केरुङ नाका नखुल्दा उनीहरू नेपालगन्जबाट सिमकोट हुँदै गइरहेका छन् । भारतीय पर्यटकको चापले नेपालगन्ज विमानस्थलमा भीडभाड छ ।

    दिनहुँ कम्तीमा तीन उडान भइरहेका छन् । हुम्ला सिमकोटबाट तिब्बती सीमा हिल्सासम्म तीर्थयात्रु ओसार्न सिम्रिक, मनाङ र फिस्टेलका हेलिकप्टरलाई भ्याइनभ्याई छ । नेपाल एयरलाइन्स, तारा, गोमा, सिम्रिक, मकालु र एयर काष्ठमण्डपले नेपालगन्ज–सिमकोट नियमित उडान भरिरहेका छन् । कैलाश दर्शनका तीर्थयात्रुबाहेकले हवाई टिकट पाउन मुस्किल छ ।

    कैलाश चार्टर सर्भिसका श्रीराम केसीले भने, ‘तातोपानी र केरुङ नखुल्दा यस वर्ष सिमकोट–हिल्साबाट पठाइरहेका छौं ।’ मेदेखि सेप्टेम्बरसम्म मानसरोवर जाने पर्यटक आउँछन् । हालसम्म एक हजार दुई सयले कैलाश दर्शन गरिसकेको उनले बताए ।

    भारतका चेन्नई, गुजरात, आन्ध्रप्रदेश, कर्नाटक र तामिलनाडुका यात्री धेरै छन् । हैदरावादका रागव कुमार नवौं पटक मानसरोवर जाँदैछन् । यसपटक उनी पत्नी भ्रमारम्बालाई पनि लैजाँदैछन् । रागवसँगै हैदरावादका १९ जना सोमबार नेपालगन्जबाट सिमकोट उडेका छन् ।

    १८ ट्राभल कम्पनीले करिब ८ हजार पर्यटकलाई कैलाश दर्शन गराउँदैछन् । नेपालगन्ज–सिमकोट–हिल्सा रुट केही महँगो छ । तिब्बती रुटबाट जाँदा गत वर्षसम्म एक लाख ८५ हजार रुपैयाँ लाग्थ्यो ।

    तीन हजार सात सय ५० मिटर उचाइको र्‍यालम कुटीबाहेक तिब्बती रुटमा समस्या नरहेको व्यवसायीको भनाइ छ । अहिले यो रुटको १० दिने प्याकेज खर्च दुई लाख ६४ हजार छ ।

    लखनउबाट आउने पर्यटकको आठ दिने प्याकेजको खर्च दुई लाख ३२ हजार रहेको श्रेष्ठ ट्रेक काठमाडौंका अशोक श्रेष्ठले बताए । मेको बुद्धपूर्णिमा र जुनको पूर्णिमामा कैलाश दर्शनका लागि पर्यटकको भीड लाग्ने गर्छ ।

    मौसमी प्रतिकूलता र सीमित उडानका कारण सयौं तीर्थालु अहिले सिमकोट, नेपालगन्ज र हिल्सामा रोकिएका छन् । बुद्ध पूर्णिमामा कैलाश दर्शन गरेर फर्किने क्रममा रहेका करिब दुई सय जना हिल्सामा अलपत्र छन् ।

    एक्सप्लोर भ्याकेसनका मोहन गुरुङले उक्त कम्पनीमार्फत १४६ ले कैलाश परिक्रमा गरेको बताए । केरुङ नाका खुला भए वार्षिक २५ हजार पर्यटक भित्र्याउन सकिने उनको भनाइ छ । हवाई मार्गबाट हुम्ला हुँदै जाँदा प्याकेज लम्बिने, खर्च बढ्ने र व्यवस्थापनमा कठिनाइ हुने गुरुङले बताए ।

    ‘हिल्साका एकाध सामान्य होटलमा तीन सय तीर्थालु अटाउनुपर्छ । हुम्ला सिमकोटमा दुई सय पर्यटकलाई राख्न सक्ने राम्रो प्रबन्ध छैन,’ उनले भने, ‘पूर्वाधार विकास नहुँदासम्म तिब्बती रुट नै राम्रो छ ।’

    यस वर्ष सिमकोट हुँदै १५ हजार तीर्थालु मानसरोवर जाने हुम्लाका पर्यटन व्यवसायीले जनाएका छन् । तीर्थयात्रुको चापका कारण हुम्लाका बासिन्दाले हवाई टिकट पाउन गाह्रो छ । सिमकोट विमानस्थलमा दैनिक ६/७ वटा उडान हुने गर्छन् । सिमकोटमा चारवटा हेलिकप्टर तम्तयार छन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, जेठ १२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.