×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ६ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ८ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ८ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

पत्रकार पक्राउ परेपछि गगन थापाको बयान (पूर्ण पाठ)

  •  
  • बुधबार, जेठ १२, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले आफू पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रहेको तर तर प्रेस स्वतन्त्रताका नाममा हुने अपराधिक प्रवृतिविरुद्ध लड्ने बताएका छन्। थापाले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन्।
    उनले केही अनलाइनले समाचार हिट बनाउन कपोलकल्पित समाचार बनाउने, त्यसको तथ्यलाई जाँच्दै नजाँची साभार गर्ने अनि सामाजिक संजालमा समेत त्यसकै आधारमा मेरो बारेमा अनेकन टिका टिप्पणी आइरहने र त्यसको जवाफ दिनुपरेको विज्ञप्तिमा उल्लेख गरेका छन्।
    उनले निकालेको विज्ञप्तिको पूर्ण पाठ

    प्रेस विज्ञप्ति  
    म पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा छु तर प्रेस स्वतन्त्रताको नाममा हुने अपराधिक प्रवृत्तिका विरुद्ध सधैं लड्ने छु
    गत वैशाख २८ गते मंगलवार म व्यवस्थापिका संसदमा थिए।शुभचिन्तक मित्रहरूको फोन र म्यासेज आएपछि थाहा पाएँ मेरो नाम जोडेर  एक अनलाइनमा प्रकाशित ‘भारतको विरुद्धमा उत्रने नेपाली भेडा हुन्- गगन थापा’ शिर्षकको समाचार सामाजिक संजालमा व्यापक रुपमा  फैलिएको रहेछ।त्यस दिन मैले कुनै  पनि सार्वजनिक कार्यक्रममा बोलेको थिईन र यो विषय बोल्न त के सोच्न समेत नसकिने थियो। 
    प्रकाशकलाई समाचारको स्रोतबारे सोधखोज गरे, उनले यो समाचार कसैले फोनबाट टिपाएर आफूले प्रकाशन गरेको तर अनुसन्धान गर्दा त्यो समाचार गलत पाइएको भने। उक्त अनलाइनले भूल सुधार गरेर खण्डन पनि छाप्यो-‘गगन थापा विरुद्धको अनर्गल प्रचार भएकोमा दु:ख व्यक्त गर्दछौं’, तर त्यो खण्डन नियतवश केहि मिनेट भन्दा बढि राखिएन। विगतमा जस्तै मैले त्यस घटनालाई विर्सन पनि सक्थे तर एकातर्फ यो आफैमा राष्ट्रिय संवेदनशील विषय थियो भने अर्कोतर्फ त्यतिबेला सम्म यो समाचार हजारौका बिचमा सामाजिक संजालमा ‘सेयर’ गरिसकिएको थियो र  केहि अरु अनलाइनहरूले समेत सोही समाचारको हवाला दिँदै समाचार प्रकाशित गरिरहेका छन् र सामाजिक संजालमा व्यापक रुपमा प्रचार भइरहेको थियो। 
     यस हप्ता पनि ‘गगनले नयाँ शक्तिमा आउने वचन दिएको थियोःबाबुराम’ त्यस्तै ‘गगनले भने माओवादी मिल्यो अव काँग्रेसको पतन शुरू भयो’ लगायतका विभिन्न विषयमा बोल्दै नबोलेको कुरा बोल्यो भनेर समाचार आए।यसरी हरेक दिन जसो केहि खराव नियत भएकाहरूले आफ्नो अनलाईन हिट बनाउन कपोलकल्पित समाचार बनाउने, त्यसको तथ्यलाई जाँच्दै नजाँची साभार गर्ने अनि सामाजिक संजालमा समेत त्यसकै आधारमा मेरो बारेमा अनेकन टिका टिप्पणी आइरहने र त्यसको जवाफ मैले दिनुपरेको छ।
    विगतमा पनि कपोलकल्पित समाचार कोर्ने र अनर्गल प्रचार गर्दै मेरो राजनीतिक चरित्रहत्या गर्ने, सार्वजनिक जीवनलाई तहसनहस पार्ने धेरै दुस्प्रयासलाई मैले भोगेको छु र उपेक्षा गर्दै आएको छु।जब म राष्ट्रिय महत्वका विषयमा काम गर्न थाल्छु, त्यतिनै बेला त्यसलाई ओझेल पार्न, मलाई विचलित वनाउन कपोलकल्पित कथा रचिन्छन्, अनलाइनहरूको दुरुपयोग गर्दै समाचार बनाइन्छन् र सामाजिक संजालमा व्यापक गराइन्छ।यसपटकपनि संसद र बाहिर मैले केही निश्चित राष्ट्रिय चासोका विषयमा थालेका प्रयासलाई ओझेल पार्ने नियतका साथ यो समाचार प्रकाशित भएको हो भन्ने मेरो ठम्याइ छ।
    पार्टी भित्र होस् वा बाहिर, संचार माध्यममा होस वा सार्वजनिक मञ्चहरूमा मैले सदैव राष्ट्र, राष्ट्रिय एकता र नेपाली जनताको वृहत्तर हितका पक्षमा खुलेर बोलेको छु र लडेको छु।पछिल्लो समयमा नेपाल-भारत सम्बन्धमा र नेपालको आत्मसम्मानका खातिर मैले राखेका धारणा र अडान सवैसामू जगजाहेर छ।मलाई रत्तिभर संदेह छैन- यो मेरो राजनीतिक मूल्य, मान्यता र विश्वासका खिलाफमा मेरो राजनीतिक जीवनलाई कमजोर बनाउने कुत्सित मनसायका साथ गरिएको षडयन्त्र हो।हुँदै नभएको कार्यक्रमको कल्पना गरेर राष्ट्रको संवेदनशील विषयमा बोल्दै नबोलेको कुरा बोलेको भनेर दुस्प्रचार गर्नु आफैमा अपराधिक कृत्य हो र यसको कानूनी उपचार हुनै पर्छ।
    स्वतन्त्र प्रेस लोकतन्त्रको आत्मा हो।प्रेस स्वतन्त्र, मर्यादित र विश्वासनीय हुनुपर्छ भन्ने मेरो मान्यता हो।संविधानमा प्रेसमाथी अंकुश लगाउने कुनै पनि प्रावधान राखिनुहुन्न र यो पूर्णतः स्वतन्त्र रहनुपर्दछ भनेर मस्यौदामा संशोधन प्रस्ताव राख्ने थोरै सभासद मध्ये म एक हुँ।आज पनि म यस कुरामा दृढ छु।लोकतन्त्रले उपलव्ध गराएको प्रेस स्वतन्त्रता सत्यतथ्य सुसुचित गराउन, राज्यलाई जवाफदेही र समाजलाई व्यवस्थित बनाउन हो।तर यस्ता केही पात्र र प्रवृत्तिका कारण पत्रकारिताको विश्वसनीयता, मर्यादा र प्रतिष्ठामा आँच पुग्नेमात्र होइन अन्ततः स्वतन्त्र प्रेसको अवधारणा विरोधीहरूलाई नै मलजल पुग्छ।यस्तै प्रवृत्तिका कारण पछिल्लो समयमा लोकप्रिय बन्दै गएको र प्रभावकारी ढंगले राष्ट्रिय महत्वका विषयमा जनतालाई सुसूचित गरिरहेको अनलाइन मिडियाकै विश्वासनीयता समेत खतरामा पर्न जान्छ।
    त्यसैले यस्ता अनैतिक समाचार सम्प्रेषण गर्नेहरूलाई निरुत्साहित गर्नु र स्वच्छ पत्रकारिताको दायरामा ल्याउनु पीडित व्यक्तिमात्र होइन, स्वतन्त्र र जबाफदेही पत्रकारिताका पक्षधर सबैको दायित्व हो।आफ्नो समाचार विकाउन र सनसनी फैलाउनकै लागि कसैको आत्मसम्मानमा ठेस पुग्ने गरि राष्ट्रिय संवेदनशील विषयमा समाजमा घृणा र उत्तेजना फैलाउने किसिमले भ्रामक समाचार प्रकाशित गर्न मिल्छ कि मिल्दैन भनेर बहस हुन जरुरी छ।त्यस्ता समाचारले सम्बन्धित व्यक्तिमा पर्ने मानसिक र सामाजिक क्षतिको जवाफदेहीता कसको हुने प्रश्नलाई पनि अब उपेक्षा गर्न हुँदैन।
    तसर्थ, पत्रकारिताको नाममा आधारहीन र षडयन्त्रपूर्ण समाचार बनाएर स्वतन्त्र प्रेसलाई नै बदनाम गर्ने गरी कसैको चरित्र हत्या गर्ने उद्देश्यका साथ काम गरिरहेका यस्ता अपराधिक तत्वलाई निरुत्साहित गर्न कानूनी उपचार अपनाउन नेपाल प्रहरीमा छानबिन र कानूनी कारबाहीका लागि निवेदन दिएको जानकारी गराउन चाहान्छु।मलाई थाहा छ-प्रेससंग सम्बन्धित प्रेस काउन्सिल जस्ता नियमनकारी निकाय छन तर यो विषय प्रेससंग मात्र संबन्धित नभएर आफैंमा अपराधिक कृत्य समेत हो।अतः प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारको दुरुपयोगका बिरुद्ध हाम्रो संविधानले तोकेको कानुनी उपचारको प्रावधानको सदुपयोग गर्नु मेरो कर्तव्य समेत हो भन्ने ठानेर कानूनी उपचारको वाटो समातेको हुँ।मेरो यस कदममा सम्बन्धित सबै पक्ष र विशेषगरी स्वच्छ पत्रकारिता र स्वतन्त्र प्रेसका लागि निरन्तर संघर्षरत मिडियाका साथीहरुको सहयोगको लागि अनुरोध गर्दछु।साथै विकृति हटाउने यस अभियानमा व्यवसायीक रुपमा अनलाईन संचालन गरिरहेका साथीहरूले साथ दिनुहुनेछ भन्नेमा विश्वस्त छु।
    अन्त्यमा, मेरा वारेमा आउने प्रत्येक समाचारलाई अत्यन्त संवेदनशीलताका साथ लिएर, निरन्तर स्नेह र सल्लाह दिएर मलाइ सचेत गराउने र  म प्रति विश्वास र भरोसा गर्ने सवैप्रति हार्दिक आभार व्यक्त गर्दै  यस्ता षडयन्त्र र दुस्प्रचारवाट भ्रमित नहुन विनम्र अनुरोध गर्दछु।यहाँहरूको चासो र चिन्ताले मलाई राजनीतिक र सामाजिक जीवनमा थप सतर्कता र जिम्मेवारबोधका साथ काम गर्न उत्प्रेरित गर्नेछ।
    गगन थापा 
    मितिः २०७३ जेठ ११ गते

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, जेठ १२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.