८ जेठ, काठमाडौं । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफूहरु काठमाडौँबाट अधिकार लिएरमात्रै मधेस फर्कने बताएका छन् ।
संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य एवं मधेसी ट्रेड युनियन महासंघका पल्टन ठाकुरसहितका नेताहरूलार्इ पार्टी प्रवेश गराउँदै महतोले संघीय गठबन्धनको काठमाडौं केन्द्रित आन्दोलनलाई थप प्रभावकारी बनाइने बताए ।
‘हामी कर्मकाण्डी आन्दोलनका लागि काठमाडौं आएको होइन, अधिकार प्राप्तिका निम्ति आएका हौं । आन्दोलनलाई निर्णायक बनाइ अधिकार लिएरमात्रै फर्कन्छौं, उनले भने ।
महतोले यदि काठमाडौंबाट खाली हात फर्कनु परे आफ्नै ठाउँ मधेसमा गएर आन्दोलनलाई झनै कठोर बनाउने र त्यो आन्दोलन नियन्त्रणबाहिर हुने दाबी गरे ।
आफूहरुले वार्ताबाटै समस्याको समाधान चाहेको उल्लेख गर्दै उनले भने, ‘सरकारले वार्ताको वातावरण बनाउन मधेस आन्दोलनका क्रममा मारिएका व्यक्तिलाई सहिद घोषणा, पीडितलाई क्षतिपूर्ति र मुद्दा फिर्ता गर्नुपर्छ ।’
onlinekhabar




















