×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ११ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १७ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २० घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २१ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

लुम्बिनी बुद्ध दर्शनको मुहान होः राष्ट्रपति 

  •  
  • शनिबार, जेठ ०८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :रासस

    लुम्बिनीः राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी भगवान् गौतमबुद्धको जन्मभूमि मात्र नभएर बुद्धर्दशनको मुहान भएको बताएकी छन् ।
    दुई हजार पाँच सय ६०औँ बुद्धजयन्तीका अवसरमा शनिबार लुम्बिनीमा आयोजित विशेष समारोहको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले शान्तिका अग्रदूत गौतमबुद्धको भूमिमा आफू आउन पाउँदा गौरवान्वित महसुस भएको बताइन् ।
    उनले बुद्ध भूमिका कला र ऐतिहासिक तत्वका संरक्षणमा सरकार र अन्य निकायलाई ध्यान दिन आग्रह गरिन् । उनले बृहत लुम्बिनी गुरुयोजनालाई जतिसक्दो छिटो कार्यान्वयन गरी बुद्धसँग सम्बन्धित ऐतिहासिक संरचनाको संरक्षण गर्नुपर्नेमा जोड दिएकी छन् ।
    राष्ट्रपति भण्डारीले विश्वका बौद्ध धर्म मान्नेका लागि पावन भूमि लुम्बिनीमा एकपटक आउनैपर्ने बनाई लुम्बिनी क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको पर्यटकीय केन्द्रको रुपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याइन ।
    उनले शान्तिको महानायक सिद्धार्थ गौतमको उपदेश २५६० औँ वर्ष पहिलो जतिकै अहिलेको आक्रान्त विश्वका लागि उतिकै सान्र्दभिक रहेको र मायादेवी मन्दिर, तिलौराकोट, रामग्राम, देवदहलगायत सबै स्थान ऐतिहासिक महत्वको भएको हुँदा दीर्घकालीन रुपमा यसको संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताइन।
    राष्ट्रपति भण्डारीले बुद्ध जयन्तीका अवसरमा उहाँले दिएका उपदेश मन, वचन र कर्मले पालना गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामनासमेत व्यक्त गरिन् ।
    प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, सद्भाव र बुद्ध दर्शनको स्रोतको रुपमा रहेको बुद्धको जन्मस्थल लुम्बिनीलाई संसारभरिका बौद्ध धर्मावलम्बीको पवित्रस्थलका रुपमा विकास गर्ने बताए ।
    लुम्बिनी शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल मात्र नभएर बुद्ध दर्शनको मुहानका रुपमा रहेकाले यसलाई सरकारले प्राथमिकता दिएर खास पवित्रस्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।
    सरकारको सम्पूर्ण ध्यान लुम्बिनीको विकासमा लागेको भन्दै उनले विश्वलाई एउटै सुत्रमा बाध्न सकिने ‘ग्लोबल बुद्धिष्ट फोरम’ बनाउने प्रस्ताव अन्तर्राष्ट्रिय बुद्ध गोष्ठीले पारित गरेकामा खुसी व्यक्त गर्दै एकताबद्ध भएर सो क्षेत्रको विकास गर्नु पर्ने आवश्यकता भएको बताए ।
    प्रधानमन्त्रीले जुनसुकै वातावरणमा पनि बुद्ध जयन्ती वा अन्य अवसरमा कार्यक्रम सञ्चालन गर्न पाँच हजार मानिस बस्न सक्ने भवन एक वर्षभित्र निर्माण गर्ने उल्लेख गरे ।
    समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भगवान् गौतमबुद्ध लुम्बिनीमा जन्मिनुका साथै बुद्धत्व प्राप्त गरेको चर्चा गर्दै उनले विश्व माझ बुद्धको ज्ञान फैलाउन महत्वपूर्ण कार्य गरेको बताए ।
    उनले लुम्बिनी गुरुयोजना पूरा गर्न विशेष प्राथमिकताका साथ सरकारले काम गर्नुपर्ने उल्लेख गरे ।
    पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल,भारत र चीनबीचको त्रिपक्षीय सम्बन्धलाई प्रगाढ बनाउन बुद्ध दर्शनले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनले २५६० वर्ष पहिले बुद्ध दर्शनको जति महत्व थियो त्यो महत्व र औचित्य अहिले झनै बढ्दै गएको उल्लेख गरे ।
    संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री आनन्दप्रसाद पोखरेलले लुम्बिनी भगवान् गौतम बुद्धको जन्मस्थल एवम् बुद्धत्व प्राप्त गरेको विश्व शान्ति मुहान भएकाप्रति विश्वमा ४० बढी देशका बौद्धमार्गीले ऐक्यबद्धता जनाएकामा खुसी व्यक्त गरे । उनले लुम्बिनीसहित भगवान् गौतम बुद्धसँग सम्बन्धित क्षेत्र कपिलवस्तुको तिलौराकोट, रुपन्देहीको देवदह तथा नवलपरासीको रामग्राम क्षेत्रलाई एक साथ विकास गरिने प्रतिबद्धतासमेत उल्लेख गरे ।
    थाइल्याण्डका पर्यटनमन्त्री वाटटनभरन्गु एल कोब्कर्नले लुम्बिनीलाई विश्व शान्ति केन्द्रका रुपमा विकास गर्न थाई सरकार सधैँ तप्पर रहेको बताए ।
    समारोहमा संयुक्त राज्य अमेरिकाका राष्ट्रपति बाराक ओबामा, बेलायतका प्रधानमन्त्री डेभिट क्यामरोन, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, संयुक्त राष्ट्र सङ्घका महासचिव वान–कि मुनले पठाउनु भएको शुभकामना सन्देश वाचन गरिएको थियो ।
    दुई दिनसम्म काठमाडौँमा भएको अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीले निकालेको निष्कर्षसहितको १० बुँदे काठमाडौँ–लुम्बिनी घोषणापत्र संस्कृतिमन्त्री पोखरेलले  लुम्बिनीमा आयोजित कार्यक्रममा सार्वजनिक गरे ।
    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, जेठ ०८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.