×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ११ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १७ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २० घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २१ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

जहाँ बुद्ध जयन्तीका दिन बली दिइन्छ

  •  
  • शनिबार, जेठ ०८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    – देवनारायण साह, काठमाडौं

    जेष्ठ ८, २०७३- शनिबार शुक्ल पूर्णिमा अर्थात् बुद्ध जयन्तीको दिन हो । शुक्ल पूर्णिमाका दिनलाई अहिंसाको दिनको रुपमा समेत मानिन्छ ।

    गौतम बुद्ध जन्मेको लुम्बिनीमा शुक्ल पूर्णिमामा स्थानीय प्रशासनले बली नचढाउन मात्र होइन् मासु पसल समेत बन्द गर्न सार्वजनिक सूचना जारी गरेको छ । तर लहान नगरपालिका १५ ढोढनास्थित देवी थान भन्ने राजदेवी पञ्चावत्ती मन्दिरमा बिहानै देखि बली चढाउन श्रद्धालु भक्तजनहरुको भिड लागेको छ ।

    मनोकांक्ष पूरा भएपछि भाकल गरे अनुसारको बोका, पाठी, परेवा, कुखुरा, हाँस चढाउनेको भिड लागेको हो । बली समितिका संयोजक वीरेन्द्र चौधरीले बोका र पाठी यस बर्ष २० हजार भन्दा बढी बली प्रदान भएको बताए ।

    ‘मेला समितिमा शुल्क तिरेर बली चढाउने २० हजार नाघेको तर भिडको कारण मन्दिरमा प्रवेश गर्न नसकेको हजारौं भक्तजनले मन्दिर बाहिर नै बली दिएका छन्,’ उनले भने, ‘परेवा, कुखुरा, हासँको बलीको गन्ति नै छैन, १० हजार बढी परेबा त भक्तजनहरुले मन्दिरमा आएर उडाएका छन् ।’

    चौधरीले यस बर्ष राजदेवी माताको लागि दिइएको बली एक लाख नाघिसकेको बताए ।  उनले बलीको संख्या बढी भएकोले बिगतका बर्ष भन्दा यस बर्ष १ घण्टा अगाडी बिहान ७ वजेदेखि नै बली प्रदान शुरु गरेको र यो राती १२ वजेसम्म चल्ने बताए ।

    समितिले बली दिने २१ जनालाई खटाएका छन् । गत बर्ष १४ हजार बोका र पाठीको बली प्रदान भएको मन्दिर समितिको तथ्यांकले जनाएको छ ।

    अमेरिकामा बस्दै आएका सप्तरीको बक्सहाका मनिष बिष्ट आफ्नी पत्नी गीता विष्टका साथ सन्तान प्राप्ती भएपछि मन्दिरमा बोका चढाए । नि:सन्तान विष्ट दम्पतिले गत बर्ष सन्तान प्राप्तीका लागि भाकल गरेको र आफ्नो मनोकांक्षा पूरा भएकोले भाकल चढाउन आएको बताए ।

    पूर्वपश्चिम राजमार्गस्थित लहान बजारदेखि ८ किलोमिटर उत्तर चुरेको फेदमा रहेको राजदेवी मन्दिरमा भाकल गरे सन्तान प्राप्ती, दिर्घरोगीलाई निको हुने, रोगब्याधी नलाग्ने तथा कुनैपनि मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । भाकल गर्नेहरुको मनोकांक्षा पूरा हुने गरेकोले नै बर्षेनी भक्तजनको संख्यामा बृद्धि हुँदै गएको स्थानीय पशुपति भट्टले बताए ।

    नेपालका बिभिन्न जिल्ला, भारत, अमेरिका, अष्ट्रेलियालगायतका बिभिन्न देशबाट प्रबासी नेपाली भक्तजनहरुसमेत मेला भर्न आउन थालेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अगमलाल चौधरीले बताए ।

    राजदेवी मन्दिर १ बिघा ५ कठ्ठा ५ धुर क्षेत्रफलमा जङ्गलको बीचमा रहेको छ । यो मन्दिरमा मूर्ति (राजदेवीको प्रतिमा) छैन् । बाराको गढीमाई मन्दिरपछि दोश्रो ठूलो संख्यामा पशुपंक्षीको बली दिइने मन्दिरको रुपमा चिनिने गरिन्छ ।

    शुक्ल पूर्णिमाको दिन हजारौं पशुपंक्षीको बली चढाउदा मन्दिर परिसर र मन्दिर क्षेत्र बाहिर जताततै रक्तामय देखिन्छ । स्थानीय रामजी चौधरीका अनुसार राजदेवी माताको शक्तिले चारैतिर जताततै रहेको रगतमा न त झिंगा बसेको देखिन्छ न त दुर्गन्धित नै हुन्छ ।

    मेला ब्यबस्थापन समितिले ५ सय स्वयंसेवक परिचालन गरेको थियो । लहान बजारदेखि मन्दिरसम्म शनिबार बिहान ३ वजेदेखि नै भक्तजनहरु जानेआउनेको उल्लेख्य भिड थियो ।

    मेलाको शुरक्षार्थ एक सय नेपाल प्रहरी, एक सय सशस्त्र प्रहरी, ट्राफिक प्रहरीलगायतका शुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विजय नारायण मानन्धरले बताए ।

    शुक्ल पूर्णिमाको दिन नै बली किन?
    करिब १ सय २५ वर्ष अघिको कुरा हो । मन्दिर रहेको ठाउमा जागल र चरण क्षेत्र थियो । यहाँ स्थानीयबासी गाई चराउन जान्थे । मन्दिरका पूजारी लक्ष्मिबहादुर भट्टले, ‘चराउन लगेका गाइहरु अचानक हराउन थालेपछि गाउलेले स्थानीय धामी स्वर्गिय दिलाराम भट्टलाई समस्या सुनाएका थिए, धामी दिलारामले त्यस ठाउमा गई तन्त्र साधना गरेपछि राति सपनामा उनलाई देवीले दर्शन दिई शुक्ल पूर्णिमाको दिन बली चढाए समस्या टर्ने बताए अनुसार बली प्रथा शुरु भएको छ ।’

    ८/१० बर्ष अघिसम्म यो मन्दिर र राजदेवी माताको शक्तिबारे प्रचार प्रसार भएको थिएन् । अहिले मन्दिरले चर्चा पाएपछि भाकल गर्ने, बली चढाउने र शुक्ल पूर्णिमाको दिन लाग्न मेलामा पूजापाठ गर्न आउनेको संख्यामा बर्षेनी बृधी हुँदैगएको पुजारी भट्टले भने । उनले मन्दिर परिसरमा कालो बिरालो, नथिया लगाएको नाग सर्प देखिने गरेको बताए ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, जेठ ०८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.