×
आइतबार, भदौ २८, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ११ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १७ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • २० घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २१ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २१ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २१ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

सहचालकको लापरवाहीले ११ जनाको ज्यान गयो

  •  
  • शुक्रबार, जेठ ०७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    दीपक अधिकारी
    फोटो : दुर्घटनाग्रस्त बस तस्बिरः दीपक अधिकारी
    जिताकोटः  लमजुङको मध्यनेपाल नगरपालीका ५ तामाखानीमा बिहिबार भएको यात्रुबाहक बस दुर्घटनामा थप दुईको मृत्यु भएको छ । यो सहित हालसम्म मृत्यु हुनेको संख्या ११ पुगेको छ।
    सह–चालकको गम्भीर लार्पवाहीले  गर्दा घटनास्थलमै ९ जनाको मृत्यु भएको थियो भने २ जनाको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी घाइतेको पोखरा स्थित मणीपाल अस्पतालमा उपचार भइरहेको छ ।
    दमौली हुँदै लमजुङको जिताकोट हिँडेको ना ६ ख ४१३६ नम्वरको बस साँझ ५ बजे दुर्घटनाग्रस्त भएको थियो ।
    बस घटनास्थलबाट २ सय मिटरभन्दा बढी तल खस खसेको थियो । दुर्घटनामा परी घटनास्थलमै मध्यनेपाल–१, जिताकोटका ४० बर्षीय रमा गुरुङ, ६० बर्षीय रामकृष्ण गुरुङ , ८० बर्षीय चिनमाया गुरुङ, ३५ बर्षीय राजिन गुरुङ, ४५ बर्षीय शेरवहादुर खवास, ३० बर्षीय गणेश गुरुङ, ४५ बर्षीय  मिनाकुमारी गुरुङ, १८ बर्षीय  सविना खवास र ४५ बर्षका नारायण थापाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक शम्भुप्रसाद ढकालले जानकारी दिए ।
    त्यस्तै, उपचारको क्रममा तीन महिने दुधे बालिका सोनिसा खवास र सागर थापाकोको मृत्यु भएको  थियो । मृतकहरुलाई पोष्टमार्टमका लागि दमौली लगिएको स्थानीय चन्द्रमणी पौडेलले बताए ।
    शोकमा डुब्यो जिताकोट 
    गत असोजमा सासु आमाको निधन भएपछि मध्यनेपाल–४, जिताकोटकी निस्मा खवास ससुरा बुवा शेरबहादुर खवाससँग बस्दै आएकी थिइन । उनका श्रीमान् बैदेशिक रोजगारमा छन् । तर, बिहिबार उनीसँगै बस्दै आएका ससुरा बुवा शेरबहादुर खवासको पनि मृत्यु भएपछि अचानका पीडाले छोप्यो ।
    ‘खेतमा काम गर्न जान्छु भनेर जानु भएको थियो, उनले आँशु झार्दै भनिन्, ‘ त्यही गाडीमा चढेर आउन लेखेको रहेछ ।’
    ४८ बर्षीया जुनीमायाँ खवासको आँखा पनि ओभाना छैनन् । श्रीमान, टेकप्रसाद खवास, छोरा शुरेस खवास बुहारी सबिना खवास र ३ महिनाकी दुधेबालिका सोनिसा खवास चढेको गाडी दुर्घटना भएको सुन्दा उनी मुर्छा परिन् ।
    दुर्घटनापछि शोककाकुल जिताकोटबासी
    बुहारी सबिनाको घटनास्थलमै मृत्यु भइसकेको थियो, सानी बालिकाको उपचारको क्रममा । उनको श्रीमान् र छोरा सख्त घाइते भएका छन् । घटना सम्झंदै उनी बारम्बार आँसु झार्छिन् ।
    थातथलो जिताकोटनै भएपनि हाल भरतपुर बस्दै आएका रामकृष्ण गुरुङ दम्पतीको परिवार पनि शोकमा छ । गाउँमा बैशाख पूर्णिमा र कुलायन पुजाकोका लागि आएका उनीहरुको घटनास्थलमै निधन भएको थियो ।
    गाउँमा कुलायन पुजाको तयारी सबै रोकिएको छ । शनिबार हुने कुलायन पुजाका लागि जिताकोटमा धुमाधाम तयारी थियो । गाउँकै एघार जनाको निधन भएपछि रुवाबासी चलिरहेको  छ ।
    तामाखानी–जिताकोट सह–चालककै भर  
    मध्यनेपालको नगरपालिकामा पर्ने तान्द्राङ भन्ने स्थान कटेपछि आउँछ तामाखानी । तामाखानी देखि जिताकोटसम्म करिब दुई किलोमिटर मोटरबाटो सम्म छ । बारीका कान्ला जस्ता गराहरु रोडको तल छ । त्यसभन्दा तल भीर ।
    बिहीबार दुर्घटनाग्रस्त बस पनि त्यही सहज स्थानमै दुर्घटनाग्रस्त भयो । तीब्र गतिमा आएको बस सह–चालकले  कन्ट्रोलमा ल्याउन नसकेपछि दुर्घटनाग्रस्त भएको थियो । बारीमा गुल्टंदै भीरसम्म पुगेपछि धेरै यात्रुले ज्यान गुमाएका थिए ।
    बसका सह–चालक सन्तोष बसौलाले बस चलाएको त्यो पहिलोपटक थिएन्, स्थानीय गोविन्द गुरुङले भने, ‘तामाखानी–जिताकोट उसैको भरमा चल्थ्यो ।’ बिगत केही महिना देखि तामाखानी–जिताकोट सह–चालकलेनै चलाउँदै गरेको उनले बताए । बसका चालक सुरज बि.क प्रहरी हिरासतमा छन् ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, जेठ ०७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.