×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ११ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २१ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

कसैकाे छैन है भर‍‍‍…

  •  
  • मङ्गलबार, जेठ ०४, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    वीर अस्पतालमा उपचार गराइरहेका उद्धव खड्कासँग कुरुवा बसिरहेका नौ वर्षीय छोरा अरुण (बायाँ) । सोही अस्पतालमा पदमबहादुर थुलुङ । फोटो : जनकराज/कान्तिपुर

    जेष्ठ ४, २०७३- ललितपुर छपेलीका उद्धव खड्का १८ दिनदेखि वीर अस्पतालको न्युरो सर्जरी शाखाको बेडमा लम्पसार छन् । पाँच कक्षामा पढ्ने नौ वर्षका उनका छोरा अरुण बाको वरिपरि दिनभर दौडिरहन्छन् । अस्पतालले बिहान–बेलुका दिने नि:शुल्क भोजन उनी बालाई खुवाउँछन् र आफू पनि खान्छन् । उनका अरू दुई भाइ भने गाउँमै छन् । स्याउला झार्न रूख चढेका बा खुरमुरिएर झरेपछि लामो समयसम्म अचेत भए । त्यही बेला उनकी आमा कता हिँडिन् उनलाई पत्तो भएन ।

    उद्धव सुस्तरी बोल्न सक्छन् । बेलाबेला घाँटीमा शब्द अड्केजस्तो हुन्छ । उद्धवलाई स्याहार गर्ने, औषधि किनेर ल्याइदिने, सन्चो बिसन्चो सोध्ने र पथ्यको व्यवस्था गरिदिने कोही छैनन् । नौ वर्षको छोरा दिनभर बाको वरिपरि घुमिरहन्छ । उद्धवलाई हेर्ने आफन्त को हुन् ? अस्पताल प्रशासनलाई त्यसको ठ्याक्कै पत्तो छैन । उनलाई भर्ना गर्ने बेलामा बिरामीको पुर्जामा उनका भाइ लक्ष्मण खड्काको नाम छ र ठेगाना भट्टेडाँडा ललितपुर लेखिएको छ । त्यस्तै सोही पुर्जामा बिरामीको छिमेकीको रूपमा सुनीता लामा र ठेगाना गागलफेदी लेखेर केरिएको छ । अरुणले सुनाए, ‘अंकलले बुवालाई ल्याएर अस्पतालमा छाडे र फर्केर पनि आएनन् ।’

    डाक्टर राजीव झाका अनुसार उद्धवको घाँटीको मुख्य नसा छिनेको छ । त्यसैले उनको हातखुट्टा चल्दैन । भन्छन्, ‘यो बडो जटिल समस्या हो ।

    हाम्रो अस्पतालमा यसको उपचार सम्भव छैन ।’ उद्धवलाई बुझ्ने आफन्त नभएका कारण अस्पतालले उनलाई चाहेर पनि डिस्चार्ज गर्न सकेको छैन । तर उनलाई कहिलेसम्म अस्पतालको बेडमा राखिरहनुपर्ने हो भन्ने प्रश्नको उत्तर पनि कसैसँग छैन । उद्धवले सुस्तरी सुनाए, ‘अब म चल्न नसक्ने कहाँ जानु ?’ उपचारमा संग्लन डाक्टरहरूका अनुसार उनलाई लामो समयसम्म फिजियोथेरापी गराएर विशिष्ट प्रकारको ह्विलचेयरमा हिँडाउने अभ्यास गराउन सकिन्छ ।

    उद्धवजस्तै समस्या भएका बिरामी वीर अस्पतालका निम्ति नयाँ घटना होइन । झाका अनुसार चार वर्षमा मात्रै वीर अस्पतालमा १ सय ५० यस्ता बिरामी अस्पतालमा भर्ना भएका थिए । कतिपय यस्ता बिरामीहरू सडकमा वा अन्य सार्वजनिक स्थानमा बेवारिसे अवस्थामा फेला पारेर प्रहरीले अस्पताल ल्याएर बुझाउँछन् । बिरामीमा आफन्तले नै अस्पताल लगेर छाड्ने र आफू फरार हुने घटना पनि उत्तिकै हुन्छन् । झा भन्छन्, ‘कैयन् बिरामी त यस्ता हुन्छन्, जो बेहोसमा हुन्छन् र महिनौंसम्म होसमा आउँदैनन् । कोही भने कमजोर स्मरणशक्ति भएका हुन्छन् ।’ परिचय नखुलेका बिरामीको ठेगान पत्ता लगाउने, उनीहरूका परिवारका सदस्यसँग सम्पर्क गराउने कामको संस्थागत अभ्यास अहिलेसम्म छैन ।

    अस्पतालको मेडिकल अब्जर्भेसन वार्डमा अर्का एक बिरामी छन्, वैशाख १३ गते भर्ना भएका । बेहोस अवस्थामा उनलाई कसले अस्पताल ल्याएर छाड्यो र उनका आफन्त को हुन्, अस्पतालसँग कुनै रेकर्ड छैन । चेकजाँचपछि उनको दिमागको एक नसामा रगत जमेको पत्ता लाग्यो र लामो समयसम्म इमरजेन्सी वार्डमा राखेर उपचार गरियो । झन्डै दुई हप्तापछि होस खुलेका उनले आफ्नो नाम पदमबहादुर थुलुङ बताए भने स्थायी ठेगाना खोटाङको दिक्तेल बताए । थुलुङले सुस्तरी आफू अविवाहित रहेको, दाइ राजबहादुर टुसालमा बस्ने र आफू घर निर्माणको काम गर्ने बताए । उनले आफ्ना आफन्तहरू काठमाडौंमा रहेको बताए पनि अस्पतालको रेकर्ड अनुसार उनी बेवारिसे बिरामी हुन् । किनकि उनको उपचारको क्रममा कोही अस्पतालमा सम्पर्कमा आएका छैनन् ।

    थुलुङको उपचारमा संग्लन स्टाफ नर्स अम्बिका घिमिरेले अस्पतालमा स्टाफ मिलेर पैसा उठाएर उनका निम्ति डाइपर किनिदिएको बताइन् । लगातार ओछ्यानमा थला परेका कारण थुलुङको पिठ्युँतिर थोरै घाउ छ । उनी ओछ्यानबाट उठेर शौचालयसम्म जान सक्दैनन् । पिसाब पाइपबाट गराइएको छ भने दिसा डाइपरमा । घिमिरेले भनिन्, ‘हप्तैपिच्छै एकाध यस्ता बेवारिसे बिरामी हुन्छन् । कोही साँच्चैका बेवारिसे हुन्छन् भने कोही नातागोता र आफन्तीले बोझ बोक्न नचाहेर छाडेका ।’ बेवारिस बिरामीको औषधि किन्न, नयाँ कपडा फेरिदिन र दिसापिसाब गराइदिन सधैं मान्छेको खाँचो हुन्छ । घिमिरेले भनिन्, ‘कति आफन्त त यस्ता हुन्छन्, बिरामी ल्याएर मिल्काउँछन् र सन्चो भएपछि खुसुक्क लिएर जान्छन् ।’

    अस्पतालका अनुसार प्रत्येक महिना एक दर्जनका हाराहारीमा यस्ता बिरामीहरू अस्पतालमा आउँछन् । तर तिनीहरूको उपचार कसरी र कुन खर्चले गर्ने भन्ने अस्पतालसँग व्यवस्थित योजना छैन । न त सरकारले नै अस्पताललाई त्यस्तो कुनै आर्थिक स्रोत जुटाइदिएको छ । अस्पतालमा आउने यस्तै बेवारिसे बिरामीहरूको उपचारमा सहयोग जुटाइदिने वा उपचारपछि सामान्य हेरचाह मात्र चाहिने बिरामीहरूलाई आश्रम वा सेवा केन्द्रहरूसम्म पुर्‍याइदिने काममा सञ्जीवनी सेवा केन्द्र सञ्चालित छ । तर महँगो उपचार खर्च लाग्ने वा लामो समयसम्म स्याहारसुसार चाहिने सबै बिरामीका निम्ति सधैं सेवा केन्द्रले सहयोग जुटाउन वा सहयोगी संस्था खोजिदिन सम्भव पनि छैन । सेवा केन्द्रमा दुई वर्षभन्दा लामो समयदेखि स्वयंसेविकाको काम गर्दै आएकी गीता अधिकारीका अनुसार सेवा केन्द्रले मात्रै प्रत्येक महिना २० देखि २५ बेवारिसे र परिचय नखुलेका बिरामीलाई सेवा पुर्‍याउँछ । बेवारिसे भएका उद्धवका लागि डाइपर जुटाउन लागिपरेकी गीताले सुनाइन्, ‘बेवारिसे बिरामीको अवस्था देखेपछि थाहा हुन्छ, कस्तो छ तिनीहरूको हालत ।’ ओछ्यानमै
    दिसापिसाब गरिरहेका उद्धवलाई अस्पतालकै पियनहरूले सघाइरहेका छन् ।

    अचम्म त यो छ कि, गरिब र दु:खीहरूले उपचार नपाइरहँदा सरकारले भने मन्त्रिपरिषद्बाटै निर्णय गरेर पहुँचवाला र विशिष्टहरूको उपचारका निम्ति करोडांै रुपैयाँ खर्चिएको इतिहास छ । २०७२ असोजमा मात्रै तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको मन्त्रिपरिषद्ले २ सयभन्दा बढी व्यक्तिलाई औषधोपचारका नाममा १५ लाख रुपैयाँदेखि १ लाख रुपैयाँसम्म आर्थिक सहायता दिने निर्णय गरेको थियो । डाक्टर झाले सुनाए, ‘बेवारिसे र परिचय नखुलेका बिरामीलाई हेर्ने राज्यले छुट्टै नीति नै नबनाएसम्म सरकारी अस्पतालमा बिरामीको बिचल्ली त कायम रहनेछ नै, त्यस्तो प्रभावकारी उपचार पनि जटिल बनिरहनेछ ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, जेठ ०४, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.