×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ११ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २१ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

‘दस हजार मेगावाट बिजुली निकाल्ने भनेर ओलीले भ्रम छरे’

  •  
  • सोमबार, जेठ ०३, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    फोटो :फाइल फोटो
    प्रजातन्त्रमाथि खतराका सङ्केत
    काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रमाथि खतराका सङ्केत देखा परेकाले प्रजातन्त्रवादीबीच सबै क्षेत्रमा एकता हुनुपर्ने बताएका छन् ।
    प्रजातान्त्रिक विचार समाजले आज यहाँ आयोजना गरेको २२ औँ स्थापना दिवस तथा ‘किसुनजी विशेषः चिन्तन’ प्रकाशन लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘दलका बीचमा मेलमिलाप र सहमति कायम गरेर संविधान कार्यान्वयन गर्न सरकार असफल भएको छ । संसदको ठूलो दललाई बेवास्ता गरेर अघि बढ्ने सरकारको रवैयाको प्रतिकार गर्दै प्रजातन्त्रको संरक्षणमा कांग्रेस लाग्नेछ ।’
    बिजुलीको अभावमा जीवन गुजार्न बाध्य जनतालाई दश वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गरिदिने भ्रम फैलाएर सरकारले झुटो आश्वासन बाँडेको आरोप सभापति देउवाको थियो ।
    कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बौद्धिक समुदायले कुनै पनि विषयको वैज्ञानिक विश्लेषणका आधारमा समर्थन वा विरोध गर्नुपर्ने बताए ।
    ‘सरकारले राजदूत फिर्ता गर्नु सामान्य प्रक्रिया भए पनि जुन विषयलाई आधार बनाएर भारतका लागि नेपाली राजदूतलाई फिर्ता गरिएको छ’, उनले भने, ‘यसले छिमेकीसँगको सम्बन्धमा असर पर्नसक्छ।’
    नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले संविधानसभाबाट नयाँ संविधान जारी भएपछि राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको परिवर्तन बाहेक केही ठोस काम हुन नसकेको बताए ।
    ‘मधेसको समस्या अब काठमाडौँ छिरेको छ, यसको समाधान सबै दल मिलेर मात्र हुनसक्छ’, उनले भने, ‘मधेसका समस्या बुझ्न एसोसिएसनले तराईमा मिसन पठाउँदैछ, यसले सत्यतथ्य बुझी समस्या समाधानका लागि सरकारलाई सहयोग हुने विश्वास छ ।’
    न्यायपरिषद्मा पाँचजना सदस्य भएपछि मात्र न्यायाधीश नियुक्त हुनुपर्छ भन्ने एसोसिएसनको विचार रहेको अध्यक्ष केसीले बताए ।
    न्यायपालिका स्वतन्त्र रहन नसके प्रजातन्त्र बच्न नसक्ने उनको भनाइ थियो ।
    समाजका अध्यक्ष डा केदारनरसिंह केसीले मानवअधिकारको संरक्षण र विधिको शासन स्थापनामा संस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
    उपाध्यक्ष एवम् राष्ट्रिय समाचार समिति (रासस) का अध्यक्ष कुलचन्द्र वाग्लेले प्रजातान्त्रिक संस्कृति र संस्कार जोगाउन समाज लागिपर्ने बताए ।
    समाजका पूर्व अध्यक्ष वसन्त गौतमले बौद्धिक जगत्ले प्रशंसा र चाकडी छुट्याउन सके प्रजातन्त्र संरक्षणका लागि योगदान पुग्ने बताए । विसं २०५२ जेठ ३ गते समाजको स्थापना भएको हो ।
    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, जेठ ०३, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.