×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ११ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १६ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १६ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १९ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • २१ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

संघीय गठबन्धनको सिंहदबार घेराउ आजदेखि

  •  
  • आइतबार, जेठ ०२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

     फोटो :फाइल फोटो
    आन्दोलन शान्तिपूर्ण हुन्छ: यादव 
    काठमाडौं: संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितका दल आबद्ध २९ दलीय संघीय गठबन्धनले सिंहदरबार घेराउको पूर्वनिर्धारित कार्यक्रममा केही हेरफेर गरी आइतबार पहिलो दिन हनुमानस्थान र माइतीघरमण्डलामा धर्ना दिने भएको भएको छ । घेराउ कार्यक्रम बिहान ८ बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ ।
    यसअघि संघीय गठबन्धनले पुतलीसडक, हनुमानस्थान, माइतीघर मण्डला र भद्रकालीबाट सिंहदरबार घेराउ गर्ने जनाएको थियो । आन्दोलनको पूर्वसन्ध्यामा दुई स्थानबाट मात्र सिंहदरबार घेराउ गर्ने भन्दै आन्दोलन परिचालन उपसमितिका संयोजक आङ्काजी शेर्पाले सूचना सम्प्रेषण गरिरहेका छन् ।
    शेर्पाले माइतीघरमण्डला र हनुमानस्थानमा आइतबार बिहान ९ देखि बेलुका पाँच बजेसम्म धर्नामा बस्न २९ दलीय गठबन्धनका सदस्यहरूलाई निर्देशन दिएका छन् । आन्दोलन परिचालन सचिवालयका सदस्य केशव झाले आइतबार र सोमबारको धर्नापछि पूर्वनिर्धारित स्थान पुतलीसडक, हनुमानस्थान, माइतीघर मण्डला र भद्रकालीबाट सिंहदरबार घेराउ गर्ने बताए ।
    स्रोतका अनुसार संघीय गठबन्धनले धर्ना र घेराउका लागि माइतीघर मण्डलामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, नेतृत्वमा १७ साना दल र हुनमास्थानमा तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारी, तराईमधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवलगायत १२ दलको सहभागिता हुने जानकारी झाले दिए ।
    संघीय गठबन्धनले सुरक्षाकर्मीबाट बल प्रयोग भएमा त्यसको प्रतिकार गर्ने योजनासहित रणनीति बनाएको छ । स्रोतका अनुसार प्रहरीसँगको झडपका लागि योजना बनाउने जिम्मेवारी आङ्काजी शेर्पाले जिम्मेवारी पाएका छन् । मोर्चाले आइतबार र सोमबारको धर्नालाई शान्तिपूर्ण अघि बढाउँदै सरकारसँग वार्ताको ढोका खुला गर्ने नीति तय गरेको जानकारी एक शीर्ष नेताले दिए । उनले भने, ‘सरकार र गठबन्धनबीच अनौपचारिक वार्ता भइरहेको छ । त्यसैले मोर्चाले एकैपटक चार स्थानमा आन्दोलन अघि नबढाएको हो ।’
    गठबन्धनका संयोजक एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले २९ दलका २६ बुँदे माग पूरा नभएसम्म शान्तिपूर्ण घेराउ कार्यक्रम जारी रहने बताए । उनले भने, ‘गठबन्धनको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले हस्तक्षेप गरेमा प्रतिकार हुनेछ । मोर्चाले हातमा ददी जमाएर बस्दैन ।’ सद्भावना पार्टीका महासचिब मनीषकुमार सुमनले आइतबार दुई ठाउँबाट घेराउ गरी क्रमशः पुतलीसडक, हनुमानस्थान, माइतीघर र भद्रकालीबाट घेराउ गर्नेछौं ।’
    गठबन्धनले पहिचानसहितको संविधान नबनाएसम्म वर्तमान संविधान स्वीकार नगर्ने भन्दै शनिबार सरकारविरुद्ध प्रदर्शन गरेको छ । तत्कालीन राज्य पुनर्संरचना आयोग, पहिलो संविधानसभाको राज्य पुनर्संरचना तथा राज्यशक्तिको बाँडफाँड समितिको प्रतिवेदनलाई बेवास्ता गरेर प्रदेशको सीमांकन गरी संविधान बनाएको विरोधमा मोर्चाले प्रदर्शन गरेको हो । रत्नपार्कबाट सुरु भएको प्रदर्शन भद्रकाली, सहिदगेट, न्युरोड, असन हुँदै ठमेलमा पुगेर कोणसभामा परिणत भएको थियो ।
    लाठी बरामद
    संघीय गठबन्धन आबद्ध दल तथा मोर्चाले जनप्रदर्शन गर्ने योजनासहित ल्याएका लाठी प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार नेपाल शेर्पा संघका कार्यकताले काठमाडौं बानेश्वरस्थित निषेधित क्षेत्र तोडी रत्नपार्कतर्फ जाने क्रममा उनीहरूको साथमा रहेका २२ वटा लामा लाठी प्रहरीले शनिबार बरामद गरेको हो ।
    त्यसैगरी काठमाडौं महानगरपालिका–३४ शान्तिनगरस्थित खाली चौरमा आइतबार हुने भनिएको २७ ददीय कार्यक्रमका लागि तयार गर्दै गरेको अवस्थामा दुई सय थान बाँसका लाठी प्रहरीले नियन्त्रणमा लिएको छ । लाठी बनाउने व्यक्तिहरू फरार रहेकाले खोजी भइरहेको बानेश्वर वृत्तका प्रमुख डीएसपी नारायण चिमोरियाले बताए ।
    ‘दुवै पक्षबाट बल प्रयोग नहोस्’
    गठबन्धनको आन्दोलनमा दुवै पक्षबाट जबरजस्ती र बल प्रयोगका घटना हुन नहुने धारणा नागरिक समाजका अगुवाहरूले राखेका छन् । उनीहरूले भनेका छन्, ‘शान्तिपूर्ण आन्दोलनकै क्रममा सरकार र आन्दोलनकारीहरू संवादद्वारा उचित निष्कर्षमा पुग्ने विश्वास गरेका छौं ।’ उनीहरूले आन्दोलनका एजेन्डामा हुने वार्ता र निष्कर्ष जबाफदेही तथा पारदर्शी बनाउनसमेत आग्रह गरेका छन् ।
    यसरी आफ्नो भनाइ सार्वजनिक गर्नेमा सुशील प्याकुरेल, कनकमणि दीक्षित, चरण प्रसार्इं, सुबोध प्याकुरेल, दिनेश त्रिपाठी, गणेश मण्डल, शिव विसंखे, रवि ठाकुर, यज्ञ थापालगायत छन् ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, जेठ ०२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.