×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ९ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

यातायात व्यावसायीको दादागिरीमा गृहकै साथ

  •  
  • शुक्रबार, बैशाख ३१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    प्रवीण ढकाल

    काठमाडौं-सवारी नियम मिच्ने चालकलाई १५ सय रुपैयाँसम्म जरिवाना गर्ने कानुन लागू गर्ने विषयमा सरकार पुनः पछाडि हटेको छ । बढेको जरिवाना लागू नगर्न यातायात व्यावसायीले दिँदै आएको दबाबसामू गृह मन्त्रालयले समेत साथ दिएको छ ।
    गृह मन्त्रालयमा शुक्रबार व्यावसायीसँग भएको छलफलमा मन्त्रालयले यातायात व्यावसायीकै पक्षमा निर्णय गरेर सडकमा बढेको अराजकता र दादागिरीलाई नै साथ दिएको हो । यसअघि पनि व्यावसायीकै दबाबका कारण दुई साताअघि लागू गर्ने भनिएको उक्त नियम रोकिन पुगेको थियो ।
    नियम विपरित सवारी चलाउनेलाई न्यून जरिवाना हुँदा दुर्घटना बढ्नुका साथै सडकमा अराजकता बढेको भन्दै यातायात व्यवस्था ऐन ०४९ मा संसोधन गर्दै जरिवानाको मात्रालाई २० गुणासम्म बढाएको थियो । बढाइएको जरिवानाको रकम जेठ १ गते शनिबार देखि देशैभरी लागू हुने भनिएको थियो । बढाइएको जरिवाना अनुसार चालकले नियम मिचेमा न्यूनतम ५ सय जरिवाना हुने व्यवस्था छ ।

    तर, सडकमा सिन्डिकेट गर्दै आइरहेका यातायात व्यावसायीको दबाबसामू झुक्दै स्वयं गृहमन्त्रीले नै बढेको जरिवाना लागू नगर्न निर्देशन दिएको छलफलमा सहभागी एक प्रतिनिधिले नागरिकन्युजलाइ जानकारी दिए । ‘गृहमन्त्री नै व्यावसायीको पक्षमा उभिएकाले कानुन कार्यान्वयन गर्न नसकिने अवस्था आएको हो,’ उनले भने, ‘सिन्डिकेटको अन्त्य गर्छु भन्ने मन्त्री नै व्यावसायप्रिति उदार देखिनु भयो ।’ उनका अनुसार छलफलमा गृहमन्त्री शक्ति बस्नेत, गृहमन्त्रालयका सहसचिव यादब कोइराला, नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघका प्रतिनिधि, नेपाली कांग्रेस, एमाले, एमाओवादी र क्रान्तिकारी माओवादी निकटका ट्रेड युनियन पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

    छलफलमै सहभागी नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले गृह मन्त्रालयले बढेको जरिवाना कार्यान्वयन नगर्ने विषयमा मन्त्रालय तत्काललाई पछाडी हटेको जानकारी दिए । ‘जेठ १ गतेबाट लागू हुने भनेको नयाँ जरिवाना तत्काललाई लागू नगर्ने विषयमा सहमती भएको छ,’ उनले भने, ‘यो निर्णयले सडकमा गुड्ने झण्डै २० लाग चालक तथा यातायात व्यावसायीलाई फाइदा पुगेको छ ।’

    उनले व्यावसायीले सडकका आवश्यक पुर्वाधार सुधार गर्नेतर्फ ध्यान नदिई एकतर्फी ढंगले चालक तथा व्यावसायीलाई दुख दिने नियतले ल्याएको कानुन कुनै पनि हालतमा मान्ने अवस्था नरहेको बताए । ‘सडकमा कुनै पूर्वाधार नै छैन,’ उनले भने, ‘सरकारले पहिला सबै पूर्वाधार पुरा गर्न सफल होस त्यसपछि मात्र जरिवानाको कुरा आउँछ ।’ उनले चालकहरु अनुसासित हुनुपर्ने विषयमा महासंघले पनि कार्यक्रम चलाउने जानकारी दिए ।

    सरकारले यातायात व्यवस्था ऐन ०४९ को दफा १६४ मा रहेको जरिवानाको व्यवस्थालाई संसोधन गर्दै न्यूनतम जरिवाना बापतको रकम ५ सय रुपैयाँ हुनेगरी बढाएको हो । विगतमा कारवाहीबापत चालकले न्यूनतम २५ रुपैयाँ जरिवाना तिर्नुपर्ने व्यवस्था थियो । यस्तै नियमविपरित सवारी चलाउनेलाई ट्राफिक प्रहरीले १५ सय रुपैयाँसम्मको चिट काट्न सक्ने गरी जरिवानाको रकम बढाइएको छ । यसअघि मापसेमा सबैभन्दा बढी एक हजार रुपैयाँ मात्र जरिवाना हुने व्यवस्था थियो ।

    सरकारले ऐनमा भएको २५ रुपैयाँ देखी ५० रुपैयाँसम्म, ५० देखी एक सय रुपैयाँसम्म र एक सय देखी २ सय रुपैयाँसम्मको कारवाहीको दरलाई संसोधन गर्दै क्रमश ५ सय, एक हजार र १५ सय बनाएको हो । नयाँ जरिवानाको व्यवस्था अनुसार न्यूनतम ५ सय रुपैयाँ जरिवाना पाएको चालकले पटक पटक एउटै अपराध गरेमा क्रमश जरिवानाको दर बढ्दै जाने छ । पहिलो पटक कारबाहीमा पर्नेले ५ सय, दोस्रो पटक परेमा एक हजार र तेस्रो पटक परेमा १५ सय जरिवाना हुने छ । नियम अनुसार ५ पटकसम्म कारवाहीमा परेको चालको लाइसेन्स ६ महिनाका लागि खारेज हुने छ ।

    महाशाखाका अनुसार मादक पदार्थ सेवन गरी सवारी चलाए, सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाए, सार्वजानिक स्थानमा बाधा पुग्ने गरी मालसामान वा सवारी राखेमा, सवारी चालक अनुमति पत्र प्राप्त नगरेको व्यक्तिलाई सवारी चलाउन दिएमा एक हजा जरिवाना हुने छ ।

    यस्तै, तोकिएको भन्दा बढि मालसामान राखेमा, सवारीको वजन हद निर्धारण क्षेत्रमा बढि वजनको सवारी चलाए, सवारीको अन्य भागमा मानिस तथा मालसामान राखेमा, प्रयोजन बिपरीत सवारी चलाए, हेल्मेट नलगाए, सवारी आवागमनमा बाधा पुरयाए, अरु सवारीलाई खतरा हुने किसिमले सवारी राखेमा, छतमा यात्रु बोकेको वा राखेको, भेटिए ५ सय जरिवाना हुने छ ।

    यसैगरी, ट्राफिक संकेत वा ईसारा उल्लंघन गरी सवारी चलाए, सवारी अड्याउन निषेध गरिएको ठाउँ वा समयमा सवारी अड्याए, सवारी मोड्न वा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेमा वा ध्वनि दिएमा, सडकमा गलत साईड तर्फबाट सवारी चलाए, एकतर्फि सडकमा सो विपरित सवारी चलाए, अवस्था ठिक नभएको सवारी चलाए, बढी गतिमा सवारी चलाए, राती बत्ती नबाली सवारी चलाए, सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा सवारी चलाए, नम्बर प्लेट नराखी सवारी चलाए, पेटी नबाँधी वा हेलमेट नलगाई सवारी चलाए, सवारीमा बस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धारित गरिएकोमा सो हद भन्दा बढी राखी सवारी चलाए, सार्वजनिक सवारीको चालकले यात्री लिन ईन्कार गरेमा, निर्धारित भाडा दर भन्दा बढी भाडा लिई सवारी चलाए, लापरवाहीका साथ सवारी चलाए, बाटो ईजाजत पत्र नलिई सार्वजनिक सवारी चलाए, सवारी चालक अनुमती पत्र, सवारी दर्ता किताब, सवारी इजाजत पत्र साथमा नराखी सवारी चलाएमा १५ सय रुपैयाँ जरिवाना हुने छ ।

    nagariknews

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, बैशाख ३१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.