×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ९ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १४ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १४ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १७ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १९ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

डेढबर्षपछि मोटरसाइकलको लाइसेन्स खुल्यो

  •  
  • शुक्रबार, बैशाख ३१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    उमाकान्त खनाल
    फोटो :मोटरसाइकलको लाइसेन्सका लागि आवेदन दिने सेवाग्राहीको भीड ।
    १५ हजारको आवेदन
    विर्तामोडः सिजुवा मोरङका हरिबहादुर थापा बिहीबार बेलुकैदेखि झापाको विर्तामोड आएर बसेका थिए । शुक्रबार बिहान रातिदेखि नै उनले मोटरसाइकलको लाइसेन्सका लागि आवेदन फारम बुझाउन लाइनमा बस्नुपर्ने थियो ।
    बिहान करीब चारबजे उठेर लाइन बस्न आउँदा विर्तामोडस्थित यातायात व्यवस्था कार्यालय मेचीको चारैतिर लाइन करीब एक किलोमिटर बसिसकेको थियो । उनी पनि त्यही पंक्तिमा पछाडि बसे । झण्डै चार घन्टापछि मात्र उनको पालो आयो आवेदन बुझाउने । उनले भने, ‘विहान चाँडै नआउने हो भने त धेरै गाह्रो पर्ने रहेछ ।’
    शुक्रबार यातायात व्यवस्था कार्यालय मेचीमा मेला जस्तै मानिसको घुईंचो लागेको थियो । विगत करीब डेढ बर्षयता मोटरसाइकलको लाइसेन्सको आवेदन नखुलाएको उक्त कार्यालयले शुक्रबार आवेदन दरखास्त लिएको हो । तर सेवाग्राही दिनभर टंटलापुर घाममा घन्टौंसम्म उभिएका थिए । सेवाग्राहीहरु भन्दैथिए ‘नागरिकले पाउनुपर्ने हकका लागि मेला लगाएर राज्यले जात्रा देखायो ।’
    झापा गोल्धापका भीमबहादुर लिम्बूले विहान करीब ७ बजे लाइनमा बसेर करीब ११ बजे आवेदन बुझाउन पाए । सोही पंक्तिमा बसेका सुरेन लिम्बुले भने, ‘कम्तीमा एक एक महिनामा खुलाए जनताले दुःख पाउने थिएनन् ।’
    लाइसेन्सका लागि मेचीका चार जिल्ला, कोशी, सगरमाथा तथा जनकपुरदेखि सेवाग्राही आवेदन दिन झापा आएका थिए । शुक्रबार बेलुकासम्ममा करीब १५ हजार मानिसले मोटरसाइकलको लाइसेन्सका लागि आवेदन दिएका छन् ।
    हजारौं आवेदन एकै दिनमात्र लिने यातायात व्यवस्था कार्यालयको निणर्य अपरिपक्व र नियतवस भएको सर्वसाधारणले टिप्पणी गरेका छन् ।
    उनीहरुले फारम वितरण, भर्ने र पेश गराइदिने नाममा विचौलियाहरुले सेवाग्राहीबाट चर्काे रकम समेत असुलेको बताए । झापा गौरादहका मदन चौहानले भने, ‘मेरो फारम ल्याउँदा पनि दुईसय रुपैयाँ माग्दै थिए । मैले फोन निकालेर कानमा राख्नसाथ पर्दैन भनेर फारम त्यसै दिए ।’
    जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक कालिदास रेग्मीले भीड ज्यादा भएकाले ‘मास कन्ट्रोल’ गर्न निकै गाह्रो भएको प्रतिक्रिया दिए । उनले भने, ‘कम्तीमा सातदिनसम्म आवेदन लिएको भए यस्तो होहल्ला र तनाव हुन्नथ्यो । सेवाग्राहीले पनि लाइनमा चेप्टिनुपर्ने थिएन ।’
    स्वास्थ्य जाँचमा चरम लापरवाही
    लाइसेन्सको आवेदनका लागि आएका सर्वसाधारणको स्वास्थ्य जाँचमा चरम लापरवाही भएको छ । लाइसेन्स लिनका लागि आवेदकको स्वास्थ्य ठिक छ छैन भनेर चिकित्सकले राम्ररी जाँच गर्नुपर्ने कानुनी प्रावधान छ । तर, विर्तामोडमा स्वास्थ्यकर्मीले नभइ कुनै विचौलियाले सर्वसाधारणको स्वास्थ्य जाँचको फारम भरिरहेका थिए । न त्यहाँ आँखा तथा रगत जाँच गर्ने कुनै उपकरण थिए । हतार हतार रक्त समूह भने हेरिँदैथ्यो ।
    स्वास्थ्य जाँचका लागि एक गर्दै चिकित्सकले व्यक्तिको स्वास्थ्य अवस्था बुझ्नुपर्नेमा खाली फारममा डा. एसके झाको सही भएको फारम जताततै बेच्न राखिएको थियो ।
    डा. झा भने उभिएर भीड हेरिरहेका थिए । उनलाई यो के गरेको भनेर जिज्ञासा राख्दा भीडमा यस्तै हुने जवाफ उनले दिए ।
    उनले भने, ‘पन्ध्र हजार मान्छेको जाँच म एक्लैले कसरी गर्न सक्छु र ?’ तर मेडिकल काउन्सिलमा दर्ता भएका कुनै पनि चिकित्सकले जाँचेमा त्यो लागु हुने कानुनी प्रावधान छ ।
    शुक्रबार विर्तामोडमा भने यातायातका कर्मचारीले नै डा. झा संगै स्वास्थ्य जाँच गराउन सेवाग्राहीलाई प्रेरित गरिरहेका थिए । सर्वसाधारणले भने स्वास्थ्य जाँच गर्ने र यातायातका कर्मचारीको पैसा लेनदेनको मिलेमतो भएको आशंक गरिरहेका थिए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, बैशाख ३१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.