कैलासबावु श्रेष्ठ/गोरखा
बैशाख ३० गते । नेपाल शिक्षक संघ गोरखाले जिल्लाका दश जना भूतपूर्व शिक्षकहरुलाइ सम्मान गरेको छ ।
संघको २७ औ स्थापना दिवश तथा १८ औ प्रतिनिधि सभाको अवसर पारेर संघलाई सहयोग गर्ने शिक्षकहरुलाइ दोसल्ला ओडाएर सम्मान गरिएको संघले जानकारी दिएको छ ।
संघले समान्नित गरेकाहरुमामा दिनानाथ धिताल, रमेश ढकाल, तारानाथ पुढासैनी, श्याम रम्तेल, गोकर्ण मरहट्टा, देवका काफ्ले, अञ्जना बानिया, निर्मल धिताल, सूर्य प्रसाद पोखरेल र कृष्ण काजी श्रेष्ठ रहेका थिए ।
सघ अध्यक्ष तयाराज गुरुङ्गको अध्यक्षता तथा केन्द्रिय कार्यसमितिका सचिव राजेन्द्रराज पौडलको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सभापति हरी बहादुर घले, ट्रेड युनियन काग्रेसका जिल्ला उपाध्यक्ष, सरद श्रेष्ठ, शक्ति उच्च माविका प्राचार्य निरञ भट्ट।राई का साथै सिताराम भट्ट, रेशम ढकाल, तारा पुढासैनी, बम बहादुर थापा, कमल भट्ट, अमिृता वस्ती , सुकदेव दवाडी, रहमतुल्ला मियाँ, लुमनाथ लामिछाने, धुव्र भट्ट, एकिकृत अखिल नेपाल शिक्षक संगठन धुव कुमार श्रेष्ठ, भोजराज कोइराला लगायतले आफ्नो धारणा राखेका थिए ।
संघले १० जना शिक्षकलाई सम्मान गरयो
संघले १० जना शिक्षकलाई सम्मान गरयो
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु




















