कैलासबावु श्रेष्ठ/गोरखा
बैशाख २९ गते । बुधबार बिहानै धादिङ्गमा गएको भूकम्प पछि आज दिउसो गोरखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । दिउँसो दुई बजेर ३७ मिनेट जाँदा गोरखाको ताप्ले आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार ०७२ सालमा गएको गोरखा भूकम्पकै परकम्पले काठमाडौ उपत्यकासहित गोरखाको आसपासका जिल्लामा पनि महशुुस गरिएको थियो । यो पछिल्लो ८ घन्टामा गएको दोश्रो परकम्प हो । यसअघि बिहान ७ बजेर ४ मिनेट जाँदा धादिङको मापार्क आसपास केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टरको परकम्प गएको थियो ।
गोरखाको बारपाक केन्द्र विन्दु भएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प पछि अहिलेसम्म ४ रेक्टर स्केल भन्दा माथिका ४ सय ५४ पटक पराकम्प गइसकेको केन्द्रले जानकारी दिएको छ ।
आज दिउँसो गोरखा केन्द्र भएर गएको भूकम्पको पराकम्पका कारण गोरखामा ३ जना घाइते भएका छन् । सदरमुकाम नजिकैको ताप्ले गाबिसलाई केन्द्रबिन्दू बनाएर भूकम्प जाँदा आसपासका क्षेत्रमा भागदौड मच्चिएको थियो ।
सदरमुकामको शक्ति उच्च माबिमा कक्षा १० मा पढिरहेका खरिबोट गाबिसका गणेश गुरुङ्ग स्कुल माथिबाट हामफाल्दा देव्रे गोडाको कुर्कुच्चामा चोट लागेको छ । भूकम्पले स्कूल भबन हल्लीएपछि माथिल्लो तलाबाट भुइँमा हामफाल्दा गुरुङ्ग घाइते भएको शिक्षक दुर्गाभक्त घिमिरेले बताए ।
गुरुङ्गकोे गोरखा जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै वल्र्ड भिजन नामक संस्थाका कर्मचारी बझाङ जिल्ला घर भएका अमित भण्डारी पनि घाइते हुनुभएको छ । भूकम्प आएको बेला भाग्ने क्रममा लड्दा हातमा चोट लागेको प्रहरीले जनाएको छ । भण्डारीको पनि गोरखा अस्पतालमा उपचार गरिएको छ ।
उता शक्तिचोकमा रहेको एभरेष्ट बैंकको सीसा झर्दा खोप्लाङ्ग गाबिसका अशोक पोखरेल घाइते हुनुभएको छ । उहाँको देव्रे गोडामा चोट लागेको छ । पोखरेलको जिल्ला अस्पताल गोरखामा उपचार गरिएको छ । परकम्पले गाउँ–गाउँका धराप घरहरुमा पनि क्षति पुगेको बताइएको छ । भूकम्पले हल्लाएपछि त्राशले गर्दा बिद्यालय बन्द गरिएको छ । छैटौं पिरियडपछि आजका लागि बिद्यालय बन्द गरिएको र बिद्यार्थीलाई घरघरमा पठाएको शिक्षकहरुले बताएका छन् ।
गाेरखा पनी भूकम्प धक्का
गाेरखा पनी भूकम्प धक्का
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



