कैलासबावु श्रेष्ठ/गोरखा
बैशाख २४ गते । गोरखाको धार्मिक पर्यटनको रुपमा बिकास हुदै आएको रोट महोत्सब यस बर्ष पनि हुने भएको छ । यो बर्ष १३ औं रोट महोत्सबको तयारी थालीएको छ ।
गएको १२ अगाडी देखी विश्व शान्तिको कामना गर्दै गोरखाको गोरखनाथ गुफामा रोट महोत्सव हुदै आएको छ । सिद्वाश्रम शक्ति केन्द्र नेपालको आयोजनामा हुने रोट महोत्सब प्रत्येक बर्ष बैशाख पुर्णीमा देखी ११ दिन सम्म चल्ने गर्दछ । 
यो बर्ष जेष्ठ ८ गते देखी १८ गते सम्म हुने रोट महोत्सबको तयारी शुरु भएको केन्द्रले जानकारी दिएको छ । केन्द्रले बिभिन्न चरणमा गर्ने तयारी अन्तरर्गत २६ गते दिउसो गोेरखा सदरमुकाममा पत्रकार सम्मेलन गदै छ भने त्यस लगत्तै गोरखा बजार देखी मन्दिर सम्म जाने बाटोहरु सरसफाईका साथ साथै गोरखकाली र गोरखनाथ गुफालाई सजाउने तथा अस्थायी टहरा बनाउने कामको थालनी हुने छ ।
महोत्सबमा स्वदेश तथा बिदेशबाट समेत श्रद्वालु तथा भक्तजनहररुले सहभागीता जनाउने उक्त कार्यक्रम अबधी भर २ लाख २५ हजार भन्दा बढी रोट गोरखनाथ बाबालाई अर्पण गरीने छ ।
बैशाख पुर्णीमाको दिन देखी ११ दिन सम्म चल्ने यो महोत्सव निकै तामझामका साथ भक्तजनहरुले गोरखा बजार देखी गोरखनाथ मन्दिर सम्म कलश तथा रथ यात्रा गरी शुरु हुने गर्दछ । गत वर्ष गोरखा भूकम्पका कारण सामान्य रुपमा मनाइएको भएता पनि यो बर्ष भने भब्य रुपमा मनाउने तयारी गरीएको हो ।
रोट के लाई भन्निछ ?
रोट दुई किसीमको हुन्छ । भुग्रे रोट र ताई रोट । रोटहरु मध्ये गुरु गोरखनालाई मन पर्ने ताई रोट हो । यो चामल, गहुँ वा जौ को पिठोलाई वास्ना तथा शक्ति वर्धक विभिन्न ५२ मसला मिसाएर मन्दिरका नाथ जाती द्वारा ध्यूमा तयार पारीएको रोटीलाई रोट भन्निछ । रोटमा ल्वाङ्ग, सुकमेल, जाइफल, जाइपत्रि, काजु, पिस्ता, सौफ, नरीवल, मह, दाख, चिनी, खुदो जस्ता वस्तुहरु मिसाएर तयार गर्ने गरीन्छ ।
सानो सानो आकारमा तयार गरीने यो रोटलाई नाथ प्रजातीका ब्यक्तिहरुले सुद्व भै मन्त्र जाप गरी विचको भाग उठाएर वनाएको हुन्छ । गुरु गोरखनाथको अति प्रिय खाने वस्तु मानिएको यो रोटको ऐतिहासीक महोत्व समेत रही आएको छ ।
रोटको ऐतिहासीक महोत्वमा नेपाल एकिकरणका वेला पूव राजा पृथ्वीनाराण शाह तथा उनका सेनाहरुले अन्य राज्य कब्जा गर्न जादाँ उत्त रोट र पानी खाएर लडेको अवस्थामा विजयी हासील गरेको किंवदन्ती समेत पाइन्छ ।
बिगतमा राेट महाेत्सबका बेला भएका केही गतीबिधीहरू










