×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ७ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १२ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

भूकम्पपीडित भेट्न अध्यक्ष दाहाल गोरखामा

  •  
  • बुधबार, बैशाख २२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा, वैशाख २२ गते। पूर्वप्रधानमन्त्री एवम् एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले उत्तरी गोरखाका विभिन्न गाविस पुगेर भूकम्पपीडितको अवस्थाबारे जानकारी लिनुभएको छ ।
    नेपाली सेनाको हेलिकप्टरमार्फत् आज गुम्दा पुग्नुभएका दाहालले पुनःनिर्माणलाई अनुदान वितरण कार्यक्रमको सुरुवात गर्नुभयो । गुम्दा –८ की लाभग्राही माया गुरुङलाई अनुदान सम्झौतापत्र हस्तान्तरण गर्दै अध्यक्ष दाहालले भूकम्प प्रतिरोधी घर बनाउन आग्रह गर्नुभयो ।

    भूकम्प गएको एक वर्षसम्म पनि पुनःनिर्माणको काम सुरु नभएको भन्दै उहाँले अनुदान प्रक्रियाका लागि गाउँमै घुम्ती बैंक स्थापनाका लागि आफूले पहल गर्ने बताउनुभयो ।

    गाविस सचिव हरिबहादुर भुजेलले अनुदान वितरण प्रक्रिया गर्न ६६४ जना लाभग्राहीको नामावली मङ्गलबार सार्वजनिक गरेका थिए । सूचीमा नाम परेका लाभग्राहीले बैक खाता खोलेपछि गाविस सचिवसँग सम्झौता गर्ने र बैंकमार्फत् रकम बुझेपछि पुनःनिर्माणको काम सुरु गर्नुपर्ने हुन्छ ।
    सांसदहरु हितराज पाण्डे र कृष्ण धिताल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, पुनःनिर्माण प्राधिकरणका प्रतिनिधिसहित भूकम्प प्रभावित विभिन्न गाविस पुग्नुभएका अध्यक्ष दाहालले अलग्गिएका सबै माओवादी दललाई एकजुट गरी एमाओवादी देशकै ठूलो शक्ति बनाउने दाबी गर्नुभयो ।

    अध्यक्ष दाहालले आजै लाप्राक पुगेर खानेपानी आयोजनाको पनि शिलान्यास गर्नुभयो ।
    लाप्राकदेखि ६ किलोमिटर टाढा गणेश हिमालको फेदी बाट गुप्सीपाखामा खानेपानी ल्याउने योजना छ । भूकम्पपछि गुप्सीपाखामा ६०० अस्थायी टहरामा भूकम्पपीडित बस्दै आएका छन् । लाप्राक पुनःनिर्माणमा गैरआवासीय नेपाली सङ्घ एनआएनए ले सघाउने यसअघि नै सम्झौता भइसकेको छ ।

    यस्तै दाहाल भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाक पुग्नुभयो । बारपाकमा उहाँले सामुदायिक भवनको शिलान्यास गर्नुभयो ।
    भूकम्पपीडित स्थानीयवासीले दाहाललाई विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएका छन् । अध्यक्ष दाहाल आजै सौरपानी र मुच्चोक गाविसमा पुगेर लाभग्राहीलाई अनुदान सम्झौतापत्र हस्तान्तरण गर्ने र पुनःनिर्माण अभियानको सुरुवात गर्ने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक जनकराज पाण्डेयले बताउनुभयो ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, बैशाख २२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.