आरुघाटमा सिन्डिकेट बिबादले आरुघाट यातायात प्रा.लि. र गोरखा यातायात ब्यबसायी बीच झडप हुँदा आरुघाट बजार क्षेत्र मंगलबार दिनभर तनावग्रस्त बनेको छ |
गोरखामा यातायात संचालनमा सधै विवाद र झडप हुने गरेको छ | आरुघाट यातायात प्रालि दर्ता भएपछी बस संचालनको बिसयलाई लिएर गोरखा यातायात ब्यबसायी र आरुघाट यातायात बीच विवाद बढेको थियो | त्यसै क्रममा गत वैशाख ८ गते झडप समेत भएको थियो |
गोरखा यातायात ब्यबसायी समिति निकट झन्डै ६० जना युवा सोमबार गोरखाबाट आरुघाट यातायात प्रालि तोडफोड गर्ने नियतले आरुघाट तर्फ जादै गर्दा जिप्रका गोरखा बाट खटिएको प्रहरी निरीक्षक शंकर आचार्यको टोलीले घ्याम्पेशालमा रोकेको आरुघाटबाट प्रहरी निरीक्षक रविराज थपलियाले क्यापिटल खबरलाई बताउनु भयो |
गोरखाबाट आएका युबाहरु आरुघाट आस पास मै लुकेर बसेको सूचना पाएपछि स्थानीयवासी र प्रहरीले मंगलबार बिहानै देखि खोजि गर्दा आरुघाट भन्दा ३ किमी पश्चिम तान्द्रान्ग गाबिसको जंगलबाट झन्डै २४ जनालाई प्रहरीले पक्राउ गरि इप्रका आरुघाट लागेपछि स्थानीयवासी र प्रहरीबीच झडप भएको थियो |
झडपका क्रममा ५ जना प्रहरी घाइते भएको र गोरखा यातायातका मानिसलाई संरक्षण दिएको भन्दै स्थानीयबसी प्रहरी माथि आक्रमण गर्न थालेपछि ७ सेल अश्रुग्यास हान्नु परेको निरीक्षक थपलिया बताउनु भयो |
अहिले बजार क्षेत्र पूर्ण रुपमा तनाबग्रस्त भएकोले कोहि पनि घर बाहिर निस्कन नसकेको र प्रहरीको कुटाइबाट झन्डै १ दर्जन सर्वसाधारण घाइते भएको आरुघाट यातायात प्रालिका सचिब हुकुम खड्काले क्यापिटल खबर संगको कुराकानीमा बताउनु भयो |
capitalkhabar



