कैलासबावु श्रेष्ठ/गोरखा
बैशाख २१ गते । रोजगारीको शिलसिलामा कतार पुगेको एक गोर्खालीको मृत्यु भएको पछी गोरखा सेवा समाज कतारले मृक्तक परिवारलाई ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । ![DSC_0002[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/05/DSC_00021.jpg)
गोरखा जिल्ला अश्राङ्ख गाउँ बिकास समिति ८ रिप घर भै कतारको साउथ एसियन ट्रेडिङ्ग एण्ड कन्शट्रक्सन मार्फत टायलको काम गर्दै आएका अमर बहादुर आलेको टायल लगाउने क्रममा दुरघटना हुन गै उपचारको क्रममा कतारमा मृत्यु भएको थियो ।
मृक्तकका श्रीमती तारा आले उनका श्रीमानले रोजगारीको क्रममा पाउनु पर्ने क्षेतिपुर्ती लिन जिल्ला प्रशासन कार्यालय आउदा गोरखा सेवा समाज कतारले उपलब्ध गराएको उक्त आर्थिक रकम गोरखा सेवा समाज नेपालका अध्यक्ष सुशिलबावु श्रेष्ठ र समाजका सचिव ईमान जंङ्ग बानियाँले संयुक्त रुपमा मृक्तकका श्रीमती तारा र उनका भाई गोकर्ण बहादुर आले मगरलाई संयुक्त रुपमा हस्तान्तरण गरीएको गोरखा सेवा समाज नेपालले जानकारी दिएको छ ।
३२ वर्षका आले बिगत १० बर्ष देखी कतारमा रोजगारी गर्दै आएका थिए । मृक्तकको परिवारमा श्रीमती, २ साना नाबालक छोरा, २ भाई र २ बहिनी तथा आमा वुबा रहेका छन ।
स्वास्थ्य शिवीरलाई समेत आर्थिक सहयोग
यसै बिच गोरखाको बगुवामा केही दिन अगाडी भएको निशुल्क स्वास्थ्य शिवीरका लागि गोरखा सेवा समाज कतार मार्फत प्राप्त १६ हजार रुपैयाँ गोरखा सेवा समाज नेपालले खान्चोक सेवा समाजलाई हस्तान्तरण गरेको छ ।
खान्चोक सेवा समाजले आयोजना गरेको निशुल्क स्वास्थ्य शिबीरलाई सहयोग पुग्ने गरी गरीएको उत्त आर्थिक सहयोग सेवा ग्राहीलाई औषधी खरीदका लागि हस्तान्तरण गरीएको गोरखा सेवा समाज नेपालका अध्यक्ष सुशिलबावु श्रेष्ठले जानकारी दिए ।



