×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

जीतबहादुर : भूकम्प खिच्ने मान्छे!

  •  
  • आइतबार, बैशाख १२, २०७३ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    प्रशन्न पोखरेल बारपाक

    भुइँचालो कथा :

    ‘पसलमा बसिरहेको थिएँ। हुनुनुनु गरेको आवाज सुनेँ। घर हल्लियो। बाहिर निस्कन खोजेँ पाइलै सर्दैन। जमिन पूरै काम्यो। बल्लतल्ल घरबाहिर निस्कें। गाउँतिर हेरेको घर गर्ल्यामगुर्लुम ढलेको देखें। धुलोले गाउँ ढाक्यो। मान्छेहरू रोइरहेका थिएँ। भगवान पुकारिरहेको सुनेँ। गाउँलेहरु खत्तम भएँ, बरबाद भो भन्ठानें’ ०७२ बैशाख १२ मा बारपाक केन्द्रबिन्दु भई गएको महाभूकम्पको एक बर्षपछि बारपाक –४ का जीतबहादुर घलेले आफ्नो स्मरण यसरी सुनाए, ‘गोजीमा भएको मोवाइल झिकें र भिडीयो खिच्न थालें।’

    उनले खिचेको भिडीयोमा भूकम्पको एकै झट्काले बारपाक गाउँ ध्वस्त भएको, गाउँलेहरु जमिन छोएर रोइकराइ गरेको, देवता पुकारेको, डाँडाबाट पहिरो झरेको देख्न सकिन्छ।

    उनले भिडीयो मात्र खिचेनन्, तत्कालै घाइतेको उद्धारमा जुटिहाले। गाउँ भरका घाइतेको उद्धार गर्न दिउँसोको १२ बजेदेखि रातको १२ बजेसम्म लाग्यो। उनी जुन–जुन घरमा पुग्थे त्यो घरमा घाइते चिच्याइरहेको, रोइकराइ गरेको देखेँ, सुनेपछि उद्धार गरिहाल्थे। घाइतेको उद्धार गरेर मात्रै कहाँ पुग्थ्यो र घाउमा मलमपट्टी लगाउनुपर्ने भयो। बारपाक –४ मा निजी मेडिकल सञ्चालन गर्दै आएकी केरानी घलेलाई साथ लिएर घाइतेको प्राथमिक उपचारमा उनीहरू लागिपरे।

     

    ‘१५० जना भन्दा बढी घाइतेको उद्धार गरेँ’, उनले भने, ‘केरानीले औषधि लगाइदिइन्।’ यदी घाइतेको प्राथमिक उपचार गर्न नसकिएको भए अधिकांश घाइतेहरु रगत बगेरै मर्ने थिए। बारपाकमा ७२ जनाको मृत्यु भएको थियो त्यो संख्या अझै बढ्न सक्थ्यो। तर जीतबहादुर र केरानीको सहयोगले आफ्नै घर ढलेर थिचिएकाहरुले ठूलो राहत पाए। भूकम्पपछि पनि घरपरिवा, आफन्त र गाउँको मुहार हेर्न पाएका छन्।

    बारपाक लाहुरेहरुको गाउँ हो। यहाँका युवाहरु बेलायती र भारतीय सेनामा जागिरे हुन्छन्। बुढेशकालमा पेन्सन आउँछ, त्यसैले घरबार चलाउँछन्। जीतबहादुर सेनामा त गएनन् नै अन्य रोजगारीमा समेत अल्झेनन्। ३५ बर्षे यी युवा समाजसेवामा रमाएका छन्। जसको प्रतिफल गाउँलेहरुले बिपद्का बेला पाए। त्यही समाजसेवाको प्रेमले उनलाई घाइतेको खोजी गर्दै उपचार गर्दै हिड्ने जोश आयो। जसले गर्दा सयौं घाइतेहरुले राहतको महसुस गरे। ‘घरबाट निस्केपछि लास लडिरहेको, घाइते छट्पटाइरहेको देखेँ’, उनले भने, ‘लासलाई यत्तिकै छाड्यौं। घाइतेलाई उद्धार गर्दै मलमपट्टी लगाइयो।’ घाइतेको रेखदेख गर्ने गर्ने अरु कोही थिएनन्।

    बाँचेका मान्छेहरु सुरक्षित ठाउँमा पुगिसकेका थिए। त्यसबेला सबैलाई आफ्नो ज्यान कसरी बचाउने भन्ने लागेको थियो। घाइतेको उद्धार, लासको ब्यबस्थापनमा बाँचेका मान्छेहरु जुट्न सकेका थिएनन्। ‘घाइतेको उद्धारमा जुट्दा मनमा ज्यूँदा मान्छेको अभाव खड्क्यो’, जीतबहादुरले भने, ‘मान्छे यतिसम्म स्वार्थी भएको पहिलो पटक देखेँ।’ बाँचेकाहरू घाइतेको उद्धारमा नआएको देख्दा उनलाई लाग्यो, मान्छेलाई दुःखमा कसैले साथ दिँदा रहेनछन्।

    करीब १३०० घरधुरी भएको ध्वस्त गाउँ चहारेर रातको १२ बजे आफ्नो घर भएको ठाउँ फर्केका जीतबहादुरले भूकम्पमा आफन्त र ८० घरधुरी भाइखलक कोही नपरेको थाह पाए। ‘आफन्त र भाइखलक पनि भूकम्पबाट बचेछन्’ उनले भने, ‘घाइतेको उद्धार, लासको उचित ब्यवस्थापन र राहत बाँड्न सहज भयो। भूकम्पमा आफन्त गुमाउनुपरेको भए मैले जति सहयोग गर्न सके त्यति गर्न सक्दैनथेँ होला।’

    भूकम्पले घर ढालेपछि एक ठाउँबाट अर्को ठाउँ जाने बाटो थिएन। ढुङ्गैढुङ्गा लगाएको पर्खाल, ढुङ्गाले बनाएका घर, ढुङ्गाकै छानो भत्केपछि पानी बग्न छाडेको बगरजस्तो भएको थियो, बारपाक।

    भूकम्प गएको भोलिपल्ट १३ बैशाखमा मात्रै बारपाकमा नेपाल प्रहरीको टोली पुगेको थियो। त्यसबेला जिप्रका गोरखाका प्रहरी निरीक्षक दीपक श्रेष्ठ, नेपाली सेनाको भैरवी दल गणका क्याप्टेन नारायण आचार्य र जिविस गोरखाका अधिकृत कुलराज चालिसेको टोली हेलिकोप्टर मार्फत् बारपाक पुगेर घाइतेको उद्धार, लासको ब्यबस्थापन गर्नुका साथै राहत सामग्री बितरण गर्न थालेपछि गाउँलेमा बाँच्ने आशा जाग्यो।

    भूकम्पले डाँडाकाँडा पनि चिराचिरा भएपछि बारपाकको मान्द्रेका ८ जनाको लास एकै ठाउँमा गाडियो, भत्किएको घरको आँगनमा। अहिले बारपाक गाउँमाथिको चियानडाँडा सेत्तामे देखिन्छ।

    मैले खिचेको भीडीयो दुरूपयोग भयो

    जीतबहादुरले छोटो कुराकानीमा भने, ‘मैले खिचेको त्यो भीडीयो दुरुपयोग भएको रहेछ। भीडीयो खिचेको मोवाइल बिग्रियो, अहिले मसँग त्यो भीडीयो सुरक्षित छैन। मेरो नाम राखेर भीडीयो प्रशारण गरेको भए भइहाल्थ्यो, मान्छेहरु किन कञ्जुस भएका होलान्?’

    उनले खिचेको सो भीडीयो भूकम्पपछि राष्ट्रिय, अन्तर्राष्ट्रिय मिडियाबाट सार्वजानिक भएको थियो। तर उनले एक बर्षदेखि टेलिभिजन हेर्न पाएका छैनन्। भूकम्पले बिगारेको बिजुली अझै मर्मत सकिएको छैन। बारपाकमा दिनहुँ २२ घण्टा लोडसेडिङ हुन्छ। बेलुकी २ घण्टा जेनेरेटर चलाएर गाउँलाई उज्यालो बनाइन्छ।

    सरकारले २५ हजार दियो, अनुदान छिटो पाऊँ

    भूकम्पको एक वर्षमा सरकारले अस्थायी आवास (टहरो छाउन जस्तापाता बनाउने प्रयोजन) का लागि १५ हजार र जाडोमा नयाँ कपडा खरिदका लागि दश हजार रुपैंया दिएको थियो। पुनर्निर्माणको काम इपिसेन्टरबाट सुरू गर्नुपर्ने भएपनि प्राधिकरणले हंशपुरबाट सुरु गरेपछि केही बारपाकीहरू रुष्ट देखिएका छन्। ‘ब्यबस्थित बारपाक बनाउने अभियानमा सरकार पनि तात्नुपर्‍यो’ जीतबहादुरले भने, ‘गाउँलेले घर बनाइसके। सरकारले अनुदान दिनुपर्‍यो।’

    अरुको भग्नावशेष तह लगाएँ, आफ्नो उस्तै छ 

    अरूको भत्केको घरको भगनाबशेष हटाउन जीतबहादुर सक्रिय भएर लागे। तर उनले अझै आफ्नो घरको भगनाबशेष हटाउन सकेका छैनन्। ‘भारतीय सेनाको कर्नेलले तिम्रो घरको भगनाबशेष हटाइदिन्छु भनेका थिए। केही सेनाहरु पठाएदिए’, उनले भने, ‘ढुङ्गा, काठपात जतन गरेनन्। त्यसपछि सेनालाई बिदा दिएँ।’

    त्रिपालबाट जस्तापाताले छाएको टहरोमा आइपुग्न बारपाकीलाई एक वर्ष समय लाग्यो। बारपाक पुनर्निर्माणका ठूला–ठूला योजना बनेपनि एउटै योजना कार्यान्वयनमा आएन।

    setopati

     

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, बैशाख १२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
    गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर
    गोरखामा बेबारिसे महिलाकाे शव फेला
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.