×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ७ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १२ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १२ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

एनआरएनएले गोरखाको लाप्राकलाई ‘नमुना वस्ती’ बनाउने

  •  
  • शनिबार, बैशाख ११, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    प्राधिकरणले दियो स्वीकृति, अाइतबार राष्ट्रपतिको उपस्थीतिमा सम्झाैता हुने

    ११ वैशाख, काठमाडौं । गैरआवासीय नेपाली संघले गोरखाको दुर्गम भूकम्पग्रस्त गाउँ लाप्राकलाई नमुना वस्ती बनाउने भएको छ ।

    राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहजीकरण समितिको हालै बसेको वैठकले नमुना वस्ती बनाउने गैरआवासीय नेपाली संघको प्रस्तावलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

    ‘अब लाप्राक अत्याधुनिक नमुना वस्ती बन्ने भएको छ’ प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले भने ।

    करिव ६ सय घर परिवार रहेको लाप्राक वस्ती गत बर्षको भूकम्पबाट ध्वस्त भएको थियो । लाप्राकलाई नमुना वस्ती बनाउनेसम्बन्धी प्रस्ताव पेश गरेको गैरआवासीय नेपाली संघले लामो समयदेखि स्वीकृतिका लागि पहल गरिरहेको थियो ।

    आइतबार सम्झौता हुने
    लाप्राकलाई नमुना स्मार्ट भिलेज बनाउनेबारे गैरआवासीय नेपाली संघ र नेपाल सरकारवीच राष्ट्रपति बिद्यादेवी भण्डारीको उपस्थीतिमा आइतबार लाप्राक गाउँमा सम्झौता हुने भएको छ ।

    पुरानो लाप्राकवस्तीभन्दा केही माथि रहेको डाँडाँमा अहिले लाप्राकबासी पाल टाँगेर बसिरहेका छन् । सोही स्थानमा स्मार्ट भिलेज बनाउने गैरआवासीय नेपाली संघको तयारी छ । आइतबार पुनःनिर्माण प्राधिकरण, शहरी विकाश मन्त्रालय र गैरआवासीय नेपाली संघवीच त्रिपक्षीय सम्झौता हुने छ ।

    सम्झौताका लागि गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले काठमाण्डौ आइपुगेका छन् ।

    गैरआवासीय नेपाली संघले भूकम्पलगत्तै एक हजार घर बनाउने घोषणा गर्दै ३५ करोड रुपैयाँ संकलन गरेको थियो । पुनःनिर्माणका लागि स्वीकृति दिन लामो समयदेखि संघले सरकारसँग पहल गरिरहेको थियो । प्राधिकरणको स्वीकृित र सम्झाैतासँगै अब एनअारएनले पुनःनिर्माण प्रकृयालार्इ अगाडी बढाउन बाटो खुलेको छ ।

    धुर्मुस-सुन्तलीलाई पनि अनुमति

    यसैगरी पुनर्निमाण प्राधिकरणको सहजीकरण समितिले धुर्मस सुन्तली फाउण्डेशनलाई गिजरचोरमा अर्को नमूना वस्ती निर्माणको लागि स्वीकृति दिएको छ । यसअघि पनि फाउण्डेशनले यस्तो वस्ती निर्माण गरेर पीडितलाई हस्तान्तरण गरिसकेका छन् ।

    प्राधिकरणले एडीआरए डेभलपमेन्ट नामक संस्थालाई नुवाकोटको घ्याङफेदिमा विद्यालय र स्वास्थ्य केन्द्रको पुनर्निर्माण गर्न अनुमति दिएको छ ।

    जापानको पीस विन्ड्सलाई सिन्धुपाल्चोकको इरखुमा घर निर्माण र डकर्मी तालिम सञ्चालन गर्न स्वीकृति दिएको छ भने एसएसबीले धादिङको नालाङमा भवन निर्माण गर्नेछ ।

    सिपर्डीयन साहित्य संस्थाले सिन्धुपाल्चोमा विद्यालय भवन, स्वास्थ्य केन्द्र र खानेपानी आयोजना पुनर्निर्माण गर्नेछ ।

    थप २६ करोडको अख्तियारी

    प्राधिकरणले विभिन्न निकायलाई रकम निकासा गर्ने क्रममा सहरी विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई चालू खर्चका लागि २६ करोड ५२ लाख ३० हजार रुपैयाँ अख्तियारी पठाइएको छ ।

    गत वैशाख ९ गते संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको केन्द्रीय आयोजना कार्यन्वयन इकाईलाई १३ करोड रुपैयाँ अख्तियारी दिएको थियो ।

    प्राधिकरणले ३ सय ८४ गाविसका ३ लाख १९ हजार ९ सय १२ पीडित परिवारको विवरण स्थानीय विकास मन्त्रालयमा रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाईमार्फत सम्बन्धित जिल्लामा पठाएको पनि जनाएको छ ।

    onlinekhaber

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, बैशाख ११, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.