×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ७ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १२ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १२ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

विसं १९९४ यता नेपालमा ९० हजार भूकम्प रेकर्ड, ‘गोरखा भूकम्प’को एक वर्ष, रोकिएन परकम्प

  •  
  • शनिबार, बैशाख ११, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    ११ वैशाख, काठमाडौं। विसं २०७२ वैशाख १२ गते,  बिहानैदेखि मौसम धुमिलिएको । गर्मी मौसम भए पनि नीलो आकाश मडारिएर सूर्यको प्रकाश प्रस्ट खेखिएको थिएन । शनिबारको दिन, नेपालीहरु आआफ्नै ध्याउन्नमा थिए । मध्याह्न ११ बजेर ५६ मिनेट जाँदा ७.६ रिक्टर स्केलको भूकम्प गयो ।earthquake-signal

    यसबाट करिब नौ हजारको मृत्यु भयो भने हजाराैं घाइते भए । झन्डै पाँच लाख घर ध्वस्त भए । हजारौँ कै संख्यामा घरबारविहीन भए । गोरखाको ‘बारपाक’ केन्द्रबिन्दु बनाई गएको उक्त भूकम्प नेपालीका लागि कालो दिन बन्यो ।

    त्यसपछिका केही ठूला र निरन्तर आइरहेका परकम्पले नेपालीलाई अझै त्रसित बनाइरहेको छ । ‘गोरखा भूकम्प’ गएको आइतबार एक वर्ष पुग्दैछ । वर्षभरिमा साना ठूला गरी ३० हजारभन्दा बढी परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    हालसम्म ४ रिक्टर स्केल र त्यसभन्दा माथिका ४४९ परकम्प गएका छन् । केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार नेपालमा विसं १९९४ देखि २०७२ वैशाख १२ को भूकम्प हेर्दा करिब ६० हजार भूकम्प गएका छन् ।

    नेपालमा मात्र हैन, यसबीचमा छिमेकी मुलुक भारत, पाकिस्तान, जापान इन्डोनेसिया र चिलीमा ७ देखि ७.९ रिक्टर स्केलका भूकम्प गएका छन् । हालै इक्वेडरमा ७.८ र चिलीमा ७.९ रिक्टरको भूकम्प गएको थियो ।

    भूकम्पसम्बन्धी विश्वका तथ्याङ्क हेर्दा हरेक वर्ष औसतमा एक वटा ८ रिक्टर स्केलभन्दा ठूलो भूकम्प गएको देखिन्छ । त्यस्तै ७.९ रिक्टरका १५ र ७ देखि ७.९ र ६ देखि ६.९ रिक्टरसम्मका १३० भन्दा बढी भूकम्प गएका छन् ।

    भूकम्प मापन केन्द्र आफैँ घाइते
    नेपालमा भूकम्पको लामो इतिहास छ । यतिका धेरै भूकम्प गइसके तर भूकम्प मापन गर्ने निकाय खानी तथा भूगर्भ विभागको एक मात्र राष्ट्रिय भूकम्प मापन केन्द्र जनशक्तिको अभावले आफैँ घाइते अवस्थामा छ ।

    पर्याप्त प्राविधिकको अभावले वर्षभरिका भूकम्पको गणना प्रक्रियामा लैजान सकिएको छैन । केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार वैशाख १२ को भूकम्पताका १३ प्राविधिक थिए अहिले छ जनामा सीमित छ । वैशाख १२ पछि २४ सै घन्टा चलाउनुपर्ने केन्द्रमा भूकम्पसम्बन्धी काम गर्ने प्राविधिकको अभावले चुनौती थपिएको छ ।

    “नेपालमा यति धेरै भूकम्प गइसकेका छन् तिनको प्रशोधन गर्न प्राविधिक छैनन् । हाल केन्द्रमा भएका छ, जनामध्ये पनि नेपालभरका भूकम्प मापनसम्बन्धी केन्द्रको मर्मत गर्न जानुपर्ने बाध्यता छ,”अधिकारीले भने ।

    देशभर हाल भूकम्पबारे जानकारी सङ्कलन गर्ने २१ साइस्मिक स्टेसन छन् । केन्द्रलाई अत्याधुनिक र सुविधायुक्त बनाउन नसक्दा भूगर्भीय अनुसन्धानका काम प्रभावित भएका छन् ।

    भूगर्भविद् डा. सोमनाथ सापकोटाले भूगर्भीय अध्ययनका लागि अमेरिका, फ्रान्स र सिङ्गापुर लगायत देशको सहयोगमा दरारको अवस्थाबारे थाहा पाउने काम सुरु गरिएको बताए । नेपालमा फ्रान्स सरकारको सहयोगमा सन् १९६८ देखि भूकम्प मापन गर्न सुरु गरिएको थियो ।

    भूकम्पको इतिहास
    विसं १९९० को महाभूकम्पपछि ठूलो भूकम्प नै २०७२ वैशाख १२ को ‘गोरखा भूकम्प’ हो । विसं २०४५ मा उदयपुर केन्द्रबिन्दु बनाएर ६.७ रिक्टर स्केलको भूकम्प गएको थियो जसबाट ७२१ जनाको मृत्यु भएको थियो ।

    सङ्खुवासभा केन्द्रबिन्दु बनाएर १९९० सालमा गएको ८.३ रिक्टर स्केलको महाभूकम्पबाट नेपालमा आठ हजार ५१९ जनाको मृत्यु भएको थियो भने त्यत्तिकै सङ्ख्यामा भारतको बिहारमा क्षति भएको थियो ।

    संसारमा हालसम्मकै सबैभन्दा ठूलो भूकम्प चिलीमा सन् १९६० मा ९.५ रिक्टर स्केलको गएको थियो । हालसम्म संसारमा ९ रिक्टरभन्दा ठूला पाँच भूकम्प गएका छन् । तीमध्ये चार वटा भूकम्प प्रशान्त महासागर आसपासमा गएका छन् ।

    भूकम्प कसरी जान्छ ?Copy of DSC05082

    ०७२ को बिनाशकारी भूकम्प जानु अघि गोरखाको बारपाक तस्बिर :– कैलासबावु श्रेष्ठ/गोरखा

    DSC05080

    ०७२ को बिनाशकारी भूकम्प जानु अघि गोरखाको बारपाक तस्बिर :– कैलासबावु श्रेष्ठ/गोरखा

    DSC05081

    ०७२ को बिनाशकारी भूकम्प जानु अघि गोरखाको बारपाक तस्बिर :– कैलासबावु श्रेष्ठ/गोरखा
    भूगर्भविद्का अनुसार जमिनको सतहभन्दा धेरैमुनि रहेको इन्डियन प्लेट युरोसियन प्लेटको मुनि सरिरहेको छ । त्यसमध्ये चुरेदेखि करिब १०० किमी उत्तरसम्म रहेका हिमालय क्षेत्रमा इन्डियन प्लेटलाई अवरोध गर्छ, जसमा प्रतिवर्ष २ सेन्टिमिटर धकेलिरहेको हुन्छ ।

    त्यसको शक्ति सञ्चय हुँदा अवरोधले समस्या भई खुम्चिन्छ, सोमध्ये केही शक्ति हिमालयको स्थायी रुपमा उचाइ वृद्धि हुन प्रयोग भई भूकम्प जाने गर्छ ।

    सबैभन्दा बढी जोखिम प्लेटको सिमाना रहेको दुई हजार ५०० किमी हिमालय क्षेत्र अफगानिस्तानदेखि म्यानमासम्म पृथ्वीको भूखण्डको करिब दुई तिहाइ क्षेत्र पर्छ । यस्तो भूकम्पीय जोखिम क्षेत्रमा करिब एक अर्ब मानिसको बसोबास छ ।

    ऐतिहासिक रुपमा हेर्दा नेपालमा विसं १३१२ मा महाभूकम्प र त्यसको झन्डै ६०० वर्षपछि अर्को महाभूकम्प गएको देखिन्छ । विगतका भूकम्पको तथ्याङ्क हेर्दा मध्य क्षेत्रमा करिब २०० वर्षको हाराहारीमा ठूला भूकम्प गएको केन्द्रका प्रमुख अधिकारीले बताए ।

    त्यस्तै पश्चिमाञ्चल क्षेत्रमा विसं १५०५ मा ठूलो भूकम्प गएको थियो । भूकम्प कहिले कुन अवधिमा कसरी जान्छ भनेर हालसम्म कुनै वैज्ञानिकले पत्ता लगाउन सकेका छैनन् ।

    यसैबीच भूकम्प मापन केन्द्रले काठमाडौँ उपत्यकाको भूकम्पीय जोखिम अध्ययन गर्न जापानी सहयोग नियोगको सहयोगमा तीनवर्षीय परियोजना सुरु गरी तथ्याङ्क लिने काम सकिएको जनाएको छ ।

    यसबाट काठमाडौँमा अब आउने ठूला भूकम्प कहाँ कति क्षति पुग्छ र कहाँ कस्तो खाले कम्पन गराउँछ, भन्ने थाहा पाउन सकिनेछ ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, बैशाख ११, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.