×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ६ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ११ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १२ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

दाजुभाइकै साझा जाेई

  •  
  • बिहिबार, बैशाख ०९, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    नरहरि सापकोटा

    जबरजस्ती तानिएपछि बिहे गर्न बाध्य गोरखा बिहीकी सोनाम साङ्‌मो। तस्विरः नरहरिजबरजस्ती तानिएपछि बिहे गर्न बाध्य गोरखा बिहीकी सोनाम साङ्‌मो। तस्विरः नरहरि
    बिही (गोरखा)- दाजु र भाइकी एकै श्रीमती। घरमा दाजु श्रीमतीसँग हुँदा भाइ गोठमा, भाइ घरमा हुँदा दाइ गोठमा। वर्षौं पहिले उत्तरी गोरखाको दुर्गम भेगमा एकैघरका दुई दाजुभाइका एउटै श्रीमती खुबै भेटिन्थे। तर हिजोआज पहिलेभन्दा कम भए पनि एउटै बिहे गर्ने परम्परा हटेको भने छैन।
    अहिले पनि बिही, छेकम्पार सामागाउँ लगायत गाविसका दुई भाइले एकै श्रीमती बिहे गरेको भेटिन्छ। ‘पहिले गाउँपिच्छे थुप्रै थिए, अहिले थोरै छन्, बिस्तारै एउटै बिहे गर्ने परम्परा हटे पनि पूर्ण रुपमा हटेको छैन,’ बिहीकी स्थानीय शिक्षिका लुना गुरुङले भनिन्।
    बिही गाविसमै यस्ता गाउँ पनि छन् जहाँ एकै घरका दुई दाजुभाइले एउटै बिहे गर्छन्। बिही १, क्रोका एकै घरका दुई दाजुभाइले वडा नम्बर ९ की पेमा लामालाई बिहे गरे। फुर्बु तेन्जिङ र छेवाङ दुई दाजुभाइ हुन्। पेमा उनीहरु दुवैका श्रीमती हुन्।

    बिहेवारी गर्ने परम्परा भने अन्यत्रभन्दा त्यहाँ बेग्लै छ। मन परेको केटीलाई मेलापात, गोठालो जाँदा, घट्ट जाँदा, बाटोमा भेटेका बेला र राति सुतेको ठाउँमै गएर तान्ने प्रचलन छ। पेमालाई पनि नुर्बु र छेवाङले सुतेका बेला घरबाटै तानेका थिए। केटीका आमाबाबुलाई खुसी बनाउन सके भने छोरीलाई जबरजस्ती तानेर, बोकेर दलबलसहित आएर लैजान प्रचलन छ। बिही गाविसमा अहिले पनि तानेर जबरजस्ती बिनामन्जुरी बिहे हुने क्रम रोकिएको छैन।

    बिही ४ की सोनाम साङ्मोको १६ वर्षे उमेरमा तानेरै बिहे भएको थियो। ‘घरमा आमाबुवालाई टन्न रक्सी खुवाए,’ उनले सुनाइन्, ‘मलाई तानेर लगे, फर्कियो भने घरमा पनि नराम्रो, आमाबाबुलाई केटा पक्षले कुटपिट गर्ने, झगडा हुने, पैसा दिनुपर्ने सम्म हुन्छ, डरले म बसिरहेँ।’ उनको अहिले तीन छोरी र दुई छोरा छन्। ‘म त एउटा मात्रै श्रीमती, अझै गाउँमा कोही केटी त दुईजना भएको ठाउँमा पर्छन्,’ साङ्मोले भनिन्। उत्तरी गोरखाका अधिकांश दुर्गम गाविसमा तानेरै बिहे गर्ने, एकै परिवारका दुई दाजुभाइले एउटै केटीसँग बिहे गर्ने प्रचलन अहिले पनि छ। दाजुभाइले बिहे गरेपछि आलोपालो घरमा बस्ने गर्छन्।

    ‘बिहीमा मात्र होइन, छेकम्पार, सामागाउँमा दुई दाजुभाइको एउटै बूढी अहिले पनि छन्,’ स्थानीय शिक्षिका लुना गुरुङले भनिन्, ‘पहिले धेरै थियो तर अहिले बिस्तारै हराउँदै गएको छ।’ तानेर बिहे गर्ने प्रवृत्ति भने बढिरहेको उनी बताउँछिन्। तानेर बिहे गर्नुलाई संस्कारसँग जोडेर हेर्ने गरिन्छ। उनले भनिन्, ‘केटीको घरपरिवार नमान्दासम्म यो सम्भव हुँदैन, तर मानिहाल्छन्।’ कमजोर चेतना स्तर र संस्कारका कारण यो परम्परा तोडिन गाह्रो भएको उनले बताइन्।

    गाउँमा केटा नभेट्दा हुँदैन बिहे

    बिही ६, न्याककी कान्छी गुरुङ २९ वर्ष पुगिन्। न घरमा बिहे गर्ने कुरा गर्छन् न कसैले उनलाई बिहे गरौं भन्ने प्रस्ताव राख्छ। अहिलेसम्म उनको लगन जुरेको छैन। ‘गाउँमा केटा छैनन्, म मात्र होइन हाम्रो गाउँमा थुप्रै केटीको बिहे भएको छैन, कतिको बिहे नभएरै कपाल फुलिसक्यो,’ गुरुङले भनिन्।

    उत्तरी गोरखाको बिही ६, न्याकमा रहेको करिब ४५ धुरीघरको एकै गाउँमा घरेपिच्छेजस्तो बिहे गर्ने उमेरका तर नभएका युवती छन्। बिहे गर्ने उमेरका युवती धेरै हुने, युवक पढाइ, रोजगारीको सिलसिलामा गाउँ छाडेर जाने भएपछि गाउँका युवतीको बिहे नभएको स्थानीय बताउँछन्। ‘मैले एक कक्षा पनि पढिनँ, घरमा घाँसदाउरा गरेर बसेँ, केही नजान्ने मलाई कसले पो बिहे गर्थ्यो?’ स्थानीय देवानी गुरुङले भनिन्। उनी अहिले ३५ वर्ष पुगिन् तर बिहे भएको छैन। ‘छिमेकमा एकै घरमा दुईतीन जनाको बिहे नभएको धेरै छन्, म त बूढी भएँ, भर्खरका बिहे गर्ने उमेरका पनि केटी धेरै बाँकी छन्।’

    देवानी अहिले मनास्लु पदमार्गको बाटोछेउमा होटल गरेर बस्छिन्। अब उनलाई बिहे गरौं जस्तो पनि लाग्न छाडिसक्यो। ‘लगन जुरेन, कर्ममा नलेखेर होला नि,’ उनले भनिन्, ‘बिहे गर्न कसलाई पो मन हुँदैन र!’ मसँगैको र बिहे हुन बाँकी साना पनि थुप्रै छन्। ६ वर्षअघि आमाको मृत्यु भएपछि उनी भावविह्वल भएर घरबाट निस्किइन्। खेतीपाती र घरधन्दाबाहेक केही नजानेकी उनी पेवामा होटल व्यवसाय गरेर बसेकी छन्।

    न्याकका स्थानीयले अहिले पनि छोरालाई सहर र छोरीलाई गाउँमै राख्ने गर्छन्। कतिपयले छोरीलाई पढाउँदैनन्। पढ्न, रोजगारीको सिलसिलामा सहर झरेका युवाले गाउँका केटी बिहे नगर्दा थुप्रै युवतीको बिहे भएको छैन। अहिले गाउँमा युवतीको र बिहे नभएका महिलाको संख्या धेरै छ। अन्यत्रबाट त्यहाँका युवती बिहेवारी गर्न युवक पुग्दैनन्।

    nagariknews

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, बैशाख ०९, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.