×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ६ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ११ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १२ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १५ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

गोरखामा सिण्डिकेट पक्षधरको दादागिरी!

  •  
  • बुधबार, बैशाख ०८, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    प्रशन्न पोखरेल गोरखा
    आरुघाटबाट गोरखा आउँदै गरेको बसमा ढुङ्गा प्रहार, यात्रुसहित प्रहरी घाइते

    गोरखाको ग्रामीण रुटमा सिण्डिकेट लाद्दै आएको यातायात ब्यबसायी समिति गोरखाका ब्यवसायी, मजदुर र चालकले आरुघाटबाट गोरखा सदरमुकामका लागि छुटेको यात्रुबहाक बसमाथि ढुङ्गामुढा बर्साएका छन्। आरुघाट प्रालिले संचालनमा ल्याएको अध्यक्ष खड्कबहादुर घलेको ना ५ ख ७२११ नम्बरको बसमाथि ढुङ्गा बर्साउँदा बसमा यात्रा गरिरहेका १० जनाभन्दा बढी यात्रु घाइते भएका हुन्। बसका चालक रामबहादुर रोका पनि घाइते छन्। गोरखा यातायातका ब्यबसायीले फिनामको धनबासेस्थित असजिलो सडकमा माथिबाट ढुङ्गा बर्साएर बस फोडेका हुन्।

    ढुङ्गा प्रहारबाट फूटेको बस

    समितिले खटाएका युवाहरुले आरुघाट प्रालिको बस तोडफोड गर्नुका साथै यात्रुसमेत घाइते बनाएको जानकारी पाएपछि घटनास्थलमा खटिएको प्रहरी टोलीलाई पनि आक्रमण गरेका छन्। आक्रमणबाट जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत प्रहरी जवान सिम्रन रायको टाउँकोमा गम्भीर चोट लागेको छ। उनको गोरखा जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    ढुङ्गाले लाग्दा बसमा यात्रारत यात्रुहरु बगुवाकी बुद्धलक्ष्मी श्रेष्ठ, आरुचनौटेकी लीला गुरुङ्ग, गुम्दाका कान्छा गुरुङ्ग, आरुघाटका अर्जुन गुरुङ्गलगायत घाइते छन्। घाइतेहरुको हात, गोडा लगायत शरीरका अंगमा चोटपटक लागेको हो। यातायात ब्यबसायी समिति गोरखा सम्बद्ध युवाहरुले आरुघाट यातायात प्रालिका ब्यबसायी चढेको ग ६ प ७६५६, बा ६० प ५१५६, बा ५० प ६९०२ र बा ५५ प ८१०५ नम्बरको मोटरसाइक फूटाएका छन्।

    समितिका युवाले फूटाएको मोटरसाइकल


    सरकारले यातायात ब्यबसायीहरु खारेज गर्दै प्रालि दर्ता गरेर यातायात संचालन गर्न सक्ने नियम बनाएको भएपनि गोरखामा कमजोर प्रशासनले गर्दा सिण्डिकेट पक्षधरहरु हावी हुँदै आएका छन्। समितिले राजनीतिक दलका स्थानीय नेता, कार्यकर्तालाई भागबन्डा गरी गाडी दिएको छ। राजनीतिक दल पनि समितिको पछिपछि लाग्दा यात्रुले दुःख पाएका हुन्।

    यस्तै प्रहरीको कुटाइले घाइते भएका आफ्ना पूर्व सचिव नारायण दानीको उपचार गर्नुपर्ने, पक्राउ परेका ब्यबसायी बिना शर्त छोड्नुपर्ने लगायत माग राखेर समितिले गोरखामा यातायात बन्द गरेको छ। पटक–पटक प्रहरीले यातायात खुलाउने प्रयास गरेपनि सफल भएको छैन। ब्यबसायीले हरमटारी चोक, जिबिस चोक, लक्ष्मीबजार, बाह्रकिलोलगायत ठाउँमा गाडी तेर्साएर राखेका छन्। एम्बुलेन्सहरु बैकल्पिक मार्ग प्रयोग गर्दै आवतजावत गरेका छन्।

    ढुङ्गाले लागेर घाइते भएका यात्रु


    खुकुरी, लाठीसहित फिनाम पुगेका यातायात ब्यबसायी समिति गोरखाका ब्यबसायीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दिनेश तमु र नरेश बरामलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। साथै नारायण दानी र राजन पाण्डेलाई पनि पक्राउग गरिएको प्रहरी नायब उपरीक्षक बीरेन्द्र थापाले बताए।

    उनीहरुलाई अनुसन्धानका लागि भन्दै प्रहरीले पक्राउ गरेको हो। पीडित पक्षको जाहेरी आएपछि कानून अनुसार कारबाही अघि बढाउने उनले बताए। अहिले ब्यबसायी, मजदुर र चालकहरु हरमटारीचोकमा भेला भएर कोणसभा गर्ने, प्रशासनबिरुद्ध नाराबाजी गरेका छन्।

    समितिका अध्यक्ष के भन्छन्?

    यातायात ब्यबसायी समितिका अध्यक्ष रामहरि केसीले आरुघाट यातायातको गाडी तोडफोड गरिएको स्वीकार गरेका छन्। अध्यक्ष केसी, महासचिव सुरेन्द्र कुँवरलगायत पदाधिकारीको नेतृत्वमा यात्रु बोकेर सदरमुकाम आइरहेको बसमाथि आक्रमण भएको हो। साथै इलाका प्रहरी कार्यालय आरुघाटले आरुघाट प्रालिको बसलाई स्कटिङ्ग गरी ल्याएको भन्दै समितिका ब्यबसायीले आपत्ति जनाएका छन्।

    ‘आरुघाटका इन्स्पेक्टरको सरुवा गरिदिन्छौं’ केसीले भने। केसी सामुदायीक प्रहरी सेवा केन्द्र गोरखाको सचिव हुन्। यस्तै उनी एमाले र एमाओवादी निकट ब्यबसायीको मतबाट हालै समितिको अध्यक्षमा निर्वाचित भएका थिए। गृहमन्त्री आफ्नो पार्टीको भएको आडमा समितिका ब्यबसायीले गोरखामा सिण्डिकेट लादेको यात्रुहरु बताउँछन्। आरुघाट यातायात र यातायात ब्यबसायी समितिबीच यसअघि पनि झडप भएको थियो।

    गोरखाको ३५ ग्रामीण रुटमा गोरखा यातायातले अन्य यातायात समितिका गाडी जान रोक लगाउँदै आएको छ।

    हरमटारीचोकमा गाडी तेर्साएर यातायात बन्द गर्दै समितिका पदाधिकारी।

    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, बैशाख ०८, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.