कैलासबावु श्रेष्ठ/गोरखा
बैशाख ८ गते । न्याय नपाए गोरखा जानु भन्ने पुरानो उत्ती केही दशक देखी गोरखाको लागि फलीफाप हुन छाडेको छ ।
परापूर्व कालमा साच्चै न्याय दिने परम्पराको अन्त्य भएको पनि धेरै भै सक्यो । त्यसैले होला गएको १ दशक देखी गोरखामा न्याय पाउन निकै मुस्किल परेको छ । अन्याय गरेर जित हात पार्ने बानी परेकाहरुको प्रशासनले समेत संरक्षण गर्छ भने राजनैतिक दलले त आफ्ना चल्लालाई माउले छोपे झै गरी छोपेर अन्याय गर्नेलाई बिजयी गर्ने सामान्य चलन नै भै सकेको छ । ![DSC_0146[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/04/DSC_01461.jpg)
त्यसैको पछिल्लो उदाहरण हो यातायातको नौटंकी । यो नौटंकी आज मात्र भएको भने होइन । बिगत केही बर्ष देखी आफुलाई अगुवा ठान्ने र अरुलाई हेपाह प्रबृत्तीले अरुलाई सामान्य ठान्ने अनि जिल्ला भित्रको सबै सढक र यातायातको जिम्मा लिनेहरु बिच भएको झडप आज पनि गोरखा र अन्य सर्व साधारणहरुले प्रत्येक्ष नै देख्न पाए । ![DSC_0125[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/04/DSC_012511.jpg)
बिगतमा गोरखा यातायात र पृथ्वीराज मार्ग बस ब्यवसायी समितिको झडप हुदै आएको भएता पनि हिजो आज त्यो सामान्य देखी आरुघाट यातायात र गोरखा यातायात बिचको झै झगडा भने सतहमा नै देखीन थालेको छ । आज सम्म दर्जन पटक झडप भएको यो यातायातको गुथ्थी कुरो भने तिनै संञ्चालक बाहेक सवारी चलाउने चालक र सह चालक तथा सवारी धनीलाई थाहा नभएता पनि सडकमा सबै भन्दा पहिला उनीहरु नै उत्रने र कुटाई खाने गर्दछन ।![DSC_0126[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/04/DSC_012611.jpg)
लगानीका नाममा एउटा सुर्को बेचेर बैंकले धानीएको यातायातको यो नौटंकी अरु कति वर्ष रहने हो र सर्व साधारणले कती सास्ती ब्यहोनुपर्ने हो त्यो भने तिनै राजनैतिक दलका अगुवाहरु तथा सरकार जानोस ।
साढेको जुधाईमा बाछाको मिचाई भने झै घरबाट साईत गरेर गन्तब्य सम्म जान हिडेका सर्व साधारणले के आशिस देलान यिनीहरुलाई ?
आउनुहोस, गोरखा बजारमा आज भएको अर्को नौटंकीको फोटोहरु हेरौं…….
सुरक्षाका लागि खटीएका नेपाल प्रहरी![DSC_0133[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/04/DSC_013313.jpg)
आरुघाट यातायात र गोरखा यातायातमा आवद्वहरु भिडन्तका लागि तयारी गर्दै ।
आरुघाट यातायात र गोरखा यातायातमा आवद्वहरु भिडन्तका लागि तयारी गर्दै ।
गोरखा यातायातले आफ्ना सवारी सडकमा तेर्साएर अबरोध गर्दै
आरुघाट यातायात बाट आएका युवाहरुलाई छेकबार गर्दै नेपाल प्रहरी
आरुघाट यातायातको सवारी साधानलाई गोरखा यातायातका युवाहरुले तोडफोड गरे पछि सदरमुकाममा
आरुघाट यातायातको सवारीका तर्फ बाट आएका युवाहरुको क्षेति ग्रस्त मोटर साइकल । मोटर साइकलमा गोरखा यातायात ब्यवसायी समितिले क्षेति पुरयाएको थियो । ![DSC_0185[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/04/DSC_01851.jpg)
आरुघाट यातायातको सवारीका तर्फ बाट आएका युवाहरुको क्षेति ग्रस्त मोटर साइकल । मोटर साइकलमा गोरखा यातायात ब्यवसायी समितिले क्षेति पुरयाएको थियो । ![DSC_0187[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/04/DSC_01871.jpg)
आरुघाट यातायातको सवारीका तर्फ बाट आएका युवाहरुको क्षेति ग्रस्त मोटर साइकल । मोटर साइकलमा गोरखा यातायात ब्यवसायी समितिले क्षेति पुरयाएको थियो । ![DSC_0190[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/04/DSC_01901.jpg)
आरुघाट यातायातको सवारीका तर्फ बाट आएका युवाहरुको क्षेति ग्रस्त मोटर साइकल । मोटर साइकलमा गोरखा यातायात ब्यवसायी समितिले क्षेति पुरयाएको थियो ।




![DSC_0132[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/04/DSC_013211.jpg)
![DSC_0135[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/04/DSC_013512.jpg)
![DSC_0170[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/04/DSC_01701.jpg)
![DSC_0177[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/04/DSC_01771.jpg)
![DSC_0184[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/04/DSC_01841.jpg)