×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ६ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ११ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ११ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

गोरखामा जलवायु परिवर्तनको असर, स्थानीय भन्छन् हिउँदे वर्षा हुनै छाड्यो

  •  
  • मङ्गलबार, बैशाख ०७, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा, वैशाख ७ । हावापानीमा भइरहेको फेरबदलको प्रभाव गोरखाका बासिन्दाहरुको दैनिक जीवनयापनमा देखिन थालेको जिल्लाका विभिन्न क्षेत्रका सरोकारवालाहरुले औंल्याएका छन् । उनीहरुको भनाइ छ केही वर्ष यता जिल्लामा हिउँदे वर्षा हुनै छाड्यो । 13059757_10156902981420455_1188299907_n
    गोरखामा तीनदिनदेखि जारी जलवायु परिवर्तन र समुदायमा आधारित अनुकुलन योजना तर्जुमा तालिमका सहभागीले जलवायु प्रणालीमा आइरहेको परिवर्तनले स्थानीय जीवनयापनमा पनि प्रभाव पर्दै गएको निश्कर्ष निकालेका हुन् । तालिमका क्रममा मौसमी पात्रो र ऐतिहासिक समयरेखाका विधिहरु मार्फत उनीहरुले गोरखाका विभिन्न ठाउँको स्थानीय जलवायुमा देखिएका परिवर्तनहरुलाई एकीकृत गर्ने प्रयत्न गरेका हुन् । 13022301_10156902982715455_1623242886_n
    तालिमका सबै सहभागीले गर्मी दिनको संख्या बढेको, जाडो दिनहरु कम भएको तथा वर्षा हुने समय र वर्षाको तरिका पनि फरक हुँदै गएको बताएका छन् । “पहिले पुसदेखि फागुनभित्र हिउँदे वर्षा हुन्थ्यो तर केही वर्ष यता हिउँदे वर्षाको कुनै ठेगान छैन, मनसुनी वर्षाका दिनहरु पनि छोटिँदै गएपनि वर्षाको परिमाण भने बढ्दै गएको छ” समूहगत छलफलको निश्कर्ष प्रस्तुत गर्दै नाम्जुङ गाविसकी सामाजिक परिचालक सन्तोषी लामिछानेले भन्नुभयो । 13022289_10156902983240455_90947787_n
    अर्को समूहको छलफलको निश्कर्ष सुनाउँदै तत्कालीन पालुन्टार गाविस (हाल नपा) का पूर्व अध्यक्ष जुद्ध विलास भण्डारीले मकै तथा घैयाधानको खेतीमा परेको प्रभाव सुनाउनुभयो । “पहिले चैतदेखि १५ वैशाखभित्र मकै लगाइथ्यो र साउनभरमा भित्र्याइन्थ्यो तर केही वर्ष यता वैशाखदेखि जेठको आधाआधीसम्म मकै लगाइन्छ तर पहिला जस्तै मकै साउनमै पाक्छ, घैयाधान पनि एक महिना अगावै पाक्न थालेको छ” उहाँले थप्नुभयो । केही वर्ष यता मौसमी प्रणालीको अनिश्चितताका कारण घैयाधान लगाउन समस्या भएको छ । 13015064_10156902981910455_1524960050_n
    सुख्खा खडेरी र बाढीपहिरोका घटनाहरु पनि बारंबार देखिन थालेका छन् । बाढीले वरपरको क्षेत्र कटान गर्ने, विकास संरचनाहरुमा क्षति पु¥याउने क्रम देखिएको छ । पानीका मुहानहरु पनि सुक्न थालेको छ । पानीका स्रोतहरु सुक्दै जाँदा जीवनयापन कठीन हुँदैछ ।
    वन क्षेत्रमा आगलागीका घटना र वनमारा लगायतका मिचाहा प्रजातिले पनि दुख्ख दिन थालेको औंल्याइएको छ ।
    तालिम सहभागी जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक बासुदेव पौडेलका अनुसार जिल्लाका विभिन्न भेगमा लगाइएको सुन्तलामा ह्रास रोगका कारण सुन्तला उत्पादन सखापै हुने अवस्थामा छ । त्यस्तै रोगकिराहरुको प्रकोप बढेको र खासगरी उत्तरी गोरखामा फौजी किराले मकै लगायतका बाली बारंबार नष्ट गरेको गुनासो कृषकहरुले गरेका छन् । हालसालै पनि स्वाँरा, लाप्राक, गुम्दामा झुसीलकिराको प्रकोप देखिएको छ ।
    अर्कातिर जिल्लाका केही ठाउँहरुमा लिची, आँप, केरा लगायतका फलफूलको उत्पादन क्षेत्र विस्तार भइरहेको पनि उहाँको अनुभव छ । खासगरी च्याँङ्ली, गाइखुर, देउराली, मिर्कोट, पालुन्टार क्षेत्रमा लिचीको खेती बिस्तार भइरहेको छ ।
    जनसंख्या तथा वातावरण मन्त्रालयको आयोजना र जिविस गोरखाको संयोजनमा चालु तालिम मार्फत् स्थानीय योजना तर्जुमाका क्रममा जलवायु जोखिमको आँकलनलाई पनि मूलप्रवाहीकरण गर्ने उद्देश्य राखिएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, बैशाख ०७, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.