×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

इपिसेन्टरमा लभ म्यारिज!

  •  
  • सोमबार, बैशाख ०६, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भुइँचालो कथा श्रृंखला :

    प्रशन्न पोखरेल बारपाक

    बारपाक –७ का २४ वर्षीय पुरबहादुर गुरुङको ६ महिने मलेसिया बसाइँ उकुसमुकुसमै बित्यो। भूकम्पले घर ढलेको पीडा भन्दा प्रेमिकाले पाएको दुःख सम्झेर उनको मुटु कुटुकुटु खायो। भूकम्प गएको दुई दिनपछि (गत १४ वैशाखमा) उनीहरु बीच टेलिफोनमा कुराकानी भयो। दुवैले हालखबर सुनाए।

    बिदेश हानिनु अघि नै पुरबहादुरले गाउँकी मनिषा गुरुङलाई नजर लगाएका थिए। जिस्कदा, जिस्कदै एक आपसमा माया बढ्यो। मोवाइल नम्बर साँटासाँट गरे। दिनहुँ फोन आउन थाल्यो। मनिषाले आफ्नो र गाउँको हालखबर पुरबहादुरसँग साट्न थालिन्।

    माया, पिरती घनिष्ट हुँदै थियो। एक्कासी पुरबहादुर मलेसिया हानिए। पैसो कमाउन। डेढ लाख रूपैंया ऋण खोजेर बिदेश पसेका उनी ऋण तिर्ने पैसो पनि कमाउन नसकेर नेपाल फर्किए। ‘मलेसिया रहँदा उनको यादले सतायो’ उनले भने, ‘हजारौं रकम फोनमा सक्यो। बोलेर मात्रै कहाँ पुग्नु आँखै अघि देख्न मन लाग्ने।’ प्रेमिका भेट्ने रहरले उनी मलेसियाबाट फर्के।

    ढुङ्गाका एकैनासे छानाले छाएको टमक्क परेको बस्ती गर्ल्यामगुर्लुम ढलेको देखेपछि उनले मन थाम्न सकेनन्। आफू जन्मे, हुर्केको घर जमिनमा मिलेको थियो। गाउँलेहरु बारीको पाटामा त्रिपाल टागेर बसेका थिए। त्रिपालमै थिइन् उनकी प्रेमिका पनि। उनले मनिषालाई भेटे। दुःखका कुरा गरे। भबिष्यको खोजी सुरु भयो।

    त्यसबेला मनिषा कक्षा ९ मा पढ्दै थिइन्। गाउँको स्कूलमा। भूकम्पपछि बिद्यालय बिदा भएको थियो। मनिषालाई दिउँसो पनि फुर्सद। पुरबहादुर जति ब्यस्त भएपनि मनिषाका लागि समय निकाल्थे। उनीहरु बीच आपसमा भेटघाट बढ्दै गयो। साउन ६ गते बिहान ९ बजेतिर पुरबहादुरले मनिषालाई भगाएर घर ल्याए र सिन्दुर हाले।

    भूकम्पपछिका परकम्पहरु झेल्दै उनीहरुले आफ्नो लक्ष्य साकार पारे। बिहे गर्ने इच्छा पूरा गरे। संगै मर्ने संगै बाँच्ने कसम खाए। श्रीमान्, श्रीमती मिलेर सानो टहरो बनाए। परिवार सहित हाँसीखुसी उनीहरु बस्दै आएका छन्। पुरबहादुर पुनर्निर्माणका लागि अर्काको घर बनाउन मेला जान्छन्, मनिषा घाँस, दाउरा खोज्न जंगल जान्छिन्।

    माया, पिरतीले मनिषाको पढाइ छेकेन। उनी कक्षा ९ बाट पास भएर १० मा पुगिन्। ५ कक्षा पढेका पुरबहादुरले पढ्न मन गरुँञ्जेल मनिषालाई पढाउने अठोट लिएका छन्। ‘दुःख गरेर भएपनि उसलाई जागिर खान सक्ने बनाउँछु’, उनले भने। भागी बिहे गरेपछि दुवैको परिवार खुसी छन्। ‘फोनमा बोल्न पाउँथें। बिहे नगर्दा पनि रमाइलो थियो,’ उनले भने, ‘बिहेपछि झन् रमाइलो।’

    पुरबहादुरकी आमा छिन्। बाबुको पक्षघातले गर्दा यसअघि नै मृत्यु भइसकेको छ। आउँदो बैशाख अन्तिम साता पुरबहादुर फेरि बिदेश जाँदै छन्। ‘एक्लो ज्यान भएपो जहाँ जाला भातै खाला भनेजस्तो हुन्थ्यो’ उनले भने, ‘बूढीलाई नमिठो खुवाउन भएन। मिठो खुवाउने पैसा यहाँ बसेर कमाइन्न। कमाउन बिदेश जान्छु। बुढी र आमालाई सुख दिन्छु।’

    बिहेपछि ससुरालीमा बास!

    बारपाक ७ का सुकराम गुरुङले बारपाक ८ की यमुना गुरुङलाई मन पराए। एउटै स्कूलमा प्लस टूमा पढ्दै आएका सुकराम र कक्षा ९ मा पढ्दै आएकी यमुनाबीच माया, पिरतीको चक्कर चल्यो। भूकम्पपछि झन् उनीहरुबीच भेटघाट गरिरहने मौका मिल्यो। छ/सात महिना लभ चलेपछि उनीहरुले बिहे गरे।

    ‘स्कूलमा देखेको केटीसँग माया बस्यो,’ सुकरामले भने, ‘परिवारलाई खुसी बनाएर उसलाई घर ल्याएँ।’ भूकम्पले सुकरामको घर ढल्यो। भगनाबशेष हटाउने ठाउँ नभएपछि यमुनासँगै उनी पनि ससुरालीमा बस्दै आएका छन्। ‘अब घर बनाउने हो। आफ्नै घरमा बस्ने’, उनले भने, ‘आफूसँग पैसा छैन। सरकारले दिन्छु भन्यो दिएन। ससुराली नबसेर के गरुँ?’ पढ्न छाडेर बिदेश जाने उनको तयारी छ।

    ‘पैसा नहुँदा बूढाबूढी एकै ठाउँमा बस्न नसकिने भों’ उनले भने, ‘दुई/चार बर्ष बिदेश बस्छु, पैसा कमाउँछु अनि घर बनाउने।’ उनको हजुरआमा, आमाबुवा र भाइबहिनी सबै टहरोमा बस्छन्। ससुराली घर भने पुनर्निर्माण गरिसकिएको छ। ‘दिनहुँ घर जान्छु’, उनले भने, ‘खाने र बस्ने ससुरालीमा हो।’ उनले पनि श्रीमतीलाई पढाउने बिचार गरेका छन्।

    भूकम्पपछि बारपाक –८ का धनबहादुर गुरुङ र ४ की बिषमाया गुरुङबीच लभ पर्‍यो। कक्षा ५ सम्म पढेका धनबहादुरसँग १० कक्षा पढ्दै आएकी बिषमायाले बिहे गरिन्। उनीहरु दुवै अहिले गाउँ पुनर्निर्माणको काममा जुटेका छन्। दिनहुँ ६०० ज्याला कमाउँछन्। त्यही कमाइले हातमुख जोर्न पुगेको छ।

    लभ पर्दासँगै बिहे भएपछि एक्लै!

    बारपाक ८ की सन्तोषी घले गाउँकै निशान घलेसँग बिवाह बन्धनमा बाँधिइन्। बिदेशमा रहेका निशान गाउँ आएपछि गत मंसीर २६ गते उनीको बिहे भयो। ‘दिनदिनै फोन आउँछ’, उनले भनिन्, ‘पैसा कमाउन गएको हो बूढा, कहिले आउँछ केही भनेको छैन।’ सन्तोषी मेलापात गएर दिन बिताउँछिन्। ‘बिहेपछि एक महिना बसेर फेरि बिदेश गएको हो’, उनले भनिन्, ‘उसको पर्खाइमा छु।’ उनी परिवारका सदस्यसँगै बस्छिन्। बिहे अघि भेटघाट भइरहे पनि बिहेपछि झन् एक्लै बस्नुपरेकोमा उनी दुःखी छिन्। घरको आर्थिक अवस्था उकास्न भन्दै उनका मुग्लान पसेका हुन्।

    तीन वटीका लोग्ने अहिले एक्लै!

    बारपाक ८ का आकाश गुरुङले तीन वटी केटी बिहे गरिसके। उनी तीन वटीका लोग्ने त भए तर भूकम्पपछि उनका एउटै श्रीमती पनि साथ छैनन्। ‘केटीहरु स्वार्थी हुने रै’छ’, उनले भने, ‘एउटीलाई ल्याएँ पोइला गई। अर्कीलाई ल्याएँ, त्यो पनि गई। अर्कीलाई ल्याएको थिएँ, त्यो पनि भागिछे।’ उनी काममा गएको मौका छोपेर श्रीमतीहरू अर्कै केटासँग पोइला गएका हुन्।

    ‘मलाई छाडेर अन्त गएकाहरुको भलो होस्’ उनले भने, ‘छाडेर गएपनि माया लाग्ने र’छ क्या,’ उनले अर्को बिहे गर्ने तयारी गरेका छन्। ‘केटी पाइसकेको छु’ उनले भने, ‘छिट्टै बिहे गर्छु। यसलाई भाग्न दिन्न। संगै काममा लैजान्छु।’

    २०७२ बैशाख १२ गते बारपाक केन्द्रबिन्दू भई गएको भूकम्पले घर ध्वस्त भएपनि माया, पिरती लगाउनेहरु बिचलित भएनन्। भूकम्पपछिको एक बर्षमा बारपाक गाउँमा मात्रै १५ भन्दा बढी जोडिले बिहे गरेका छन्। बिहे गरेका जोडी हेर्दा अधिकांश स्कूले उमेर समूहका छन्। कक्षा ८ देखि १० पढ्दा उनीहरु बिहे गरिसक्छन्। बारपाकमा मागी बिहे भन्दा भागी बिहे गर्नेहरु बढी छन्। दुवैले मन पराएपछि छिनमै बिहे हुन्छ।

    १) पुरबहादुर र मनिषाको जोडी।

    २) सुकराम र यमुनाको जोडी।

    तस्वीरहरु :  प्रशन्न पोखरेल/गोरखा।

    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, बैशाख ०६, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.