×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ६ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ११ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ११ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

नेपालमा सहयाेग गर्न अमेरिकी जोडीले दुई छोराकै अगाडि गरे तेस्रोपटक बिहे (तस्बिरसहित)

  •  
  • आइतबार, बैशाख ०५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    किरण लोहनी/उज्यालो ।

    भूकम्पले क्षतिग्रस्त गोरखाको एक विद्यालय पुनर्निर्माणमा सघाउन आएका अमेरिकन दम्पत्तिले हिन्दु संस्कार अनुसार बिहे गरेका छन् । सहयोगकै लागि पेरु गएका बेला पनि त्यहीँको संस्कार अनुसार दोस्रोपटक बिहे गरेको उनीहरुले बताए । गोरखा बुंकोटको रामेश्वरी माध्यमिक विद्यालयका विभिन्न संरचना पुनर्निर्माणमा सहयोग गर्न आएका अमेरिकी नागरिक डानियल र लीलाले हिन्दु संस्कार अनुसार स्थानीय सरस्वती मन्दिरमा बिहे गरेका हुन् । बिहे भएको झण्डै दुई दशकपछि उनीहरुले फेरि नेपाली परम्परा अनुसार गरेको बिहे हेर्न स्थानीय बासिन्दाको भीड नै लागेको थियो । बिहेको रोचक पक्ष त के थियो भने बुंकोट गाविस–९ मैलुङस्थित सरस्वती मन्दिरमा उनीहरुले बिहे गरीरहँदा उनीहरुका दुई छोराहरुपनि सँगै थिए । ५५ वर्षका डानियल शीरमा नेपाली ढाका टोपी र दुबोको माला लगाएर लीलालाई लिन पञ्चेबाजा र जन्ती लिएर मन्दिरमा पुगेका थिए । स्थानीय नेपाली चेलीको सहयोगमा दुलहीको पहिरनमा सजिएकी ४९ वर्षकी लिला पहिलेनै मन्दिरमा पुगेर जन्तीलाई पर्खिरहेकी थिइन् । उनीहरुको साथमा थिए, १४ वर्षका जेठा छोरा एलेक्स र १२ वर्षका कान्छा छोरा निको । मन्दिरमा पुगेपछि लिलाले डानियल बसेको कुर्सीलाई तीन फन्को मारेपछि उनीहरुले एक आपसमा माला साँटासाँट गरेर लगाए । जग्गेमा बिहेका सबैजसो सामग्री जम्मा पारिएको थियो, अनि पुरोहितले भनेका कुरा गराउनका लागि दोभाषेका रुपमा पर्यटन ब्यवसायी चेत भट्ट र गौतम वाग्लेले सघाइरहेका थिए । लिलाको सिउँदोमा डानियलले सिन्दुर हालिदिएपछि बिहे हेर्न जम्मा भएका ५ सयभन्दा बढी स्थानीय बासिन्दाले एकसाथ ताली बजाए । बिहेका मुख्य मुख्य संस्कारसकेपछि उनीहरु बस्दै आएको बुंकोट–९ का एक घरमा लिलालाई घरधनीहरुले बुहारीको रुपमा भित्र्याए । गाउँलेहरुकै संयोजनमा भोजको पनि आयोजना गरिएको थियो । डानियलकी पत्नी लीलाको पुर्खा हिन्दु संस्कार मान्ने भारतीय मूलका मलेसियन नागरिक भएको उनीहरुका नेपाली सहयोगी गौतम वाग्लेले बताउनुभयो । आफ्ना पुर्खाको स्मरणमा उनीहरुकैसंस्कार अनुसार बिहे गर्दा खुसी लागेको लीलाले बताउनुभयो । स्वयमसेवाकै क्रममा पेरु पुगेका बेला पनि त्यहीँको संस्कार अनुसार बिहे गरेको उनले बताइन् । अमेरिकी रेडक्रसमा आबद्ध कान्छा छोरा निकोको स्यवम्सेवामा सघाउन उनीहरु सपरिवार नेपाल आएका हुन् । उनीहरुले मैलुङको रामेश्वरी माविको दुई वटा शौचालयको पुननिर्माण गरेको, पुस्तकालय निर्माणमा सघाएको र कम्प्युटर र स्टेशनरी सामग्री सहयोग गरेको स्थानीय विश्वनाथ वाग्लेले बताउनुभयो । अमेरिका फर्केपछि गाउँको खानेपानी योजनाको पुननिर्माणका लागि रकम संकलन गर्ने अमेरिकी दम्पत्तीले बताए । उनीहरुका साथमा अरु ३२ जनापनि विद्यालयको पुनर्निर्माणमा लागिरहेका छन् ।

    ujyaaloonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, बैशाख ०५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.