×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ६ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ११ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ११ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • २ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

गोरखामा स्थानीय अनुकुलन योजना तर्जुमा तालिम सुरु

  •  
  • आइतबार, बैशाख ०५, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा, वैशाख ५ । नेपाल सरकार जनसंख्या तथा वातावरण मन्त्रालय, जलवायु परिवर्तन समानुकूलन नमुना कार्यक्रम अन्तर्गत विकास आयोजनाहरुमा जलवायु परिवर्तन जोखिम व्यवस्थापन मूलप्रवाहीकरणको आयोजना अन्तर्गत आजबाट गोरखामा जिल्ला स्तरीय जलवायु परिवर्तन र समुदायमा आधारित अनुकूलन योजना तर्जुमा तालिम सुरु भएको छ । DSC_0133[1]
    जिल्ला विकास समिति गोरखाको स्थानीय संयोजनमा सुरु भएको तालिम ६ दिनसम्मे चल्ने बताइएको छ । तालिममा गोरखाका विभिन्न सरकारी कार्यालयका कर्मचारीका साथै गैर सरकारी संस्था, निजी क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको समेत सहभागिता रहेको छ ।
    विकास आयोजनाहरुमा जलवायुजन्य जोखिमलाई मूलप्रवाहीकरण गर्ने उद्देश्यले आयोजना गरिएको तालिमले योजना निर्माणमा सरिक हुने व्यक्तिहरुको क्षमता विकास गर्ने अपेक्षा लिइएको छ । DSC_0135[1]
    एशियाली विकास बैंक (एडीबी) को संयोजन र जलवायु लगानी कोषको आर्थिक सहयोगमा सञ्चालित कार्यक्रमको सहजीकरण रुपान्तरण नेपालको नेतृत्वमा सामुहिक अभियान, गाविस राष्ट्रिय महासंघ नेपाल र नेपाल वातावरण पत्रकार समूहले गरिरहेका छन् । यी संस्थाहरुले देशका तीस जिल्लामा यस्तै तालिमको सहजीकरण गर्ने कार्यक्रम रहेको छ । यस क्रममा अहिलेसम्म २२ जिल्लामा यस्ता तालिम सम्पन्न भइसकेको बताइएको छ ।
    कार्यक्रमको सुभारम्भ गर्दै जिविस गोरखाका योजना अनुगमन तथा प्रशासकीय अधिकृत शतिस कुमार भट्टराइले तालिमले स्थानीय अनुकुलन योजना बनाउन र त्यसलाई विकासका योजनामा समावेश गराउन सहयोग पुर्याउने बताउनुभयो । DSC_0158[1]
    जिल्ला वन अधिकृत जीवनाथ पौडेलले भूकम्पपछि गोरखामा काठको माग बढ्दै गएको र वन क्षेत्रमाथि दवाव परेको बताउनुभयो । उहाँले यसअघि जिल्लाका विभिन्न भागमा बनेका स्थानीय अनुकुलन योजनाहरुको पुनरावलोकन गर्न पनि आग्रह गर्नुभयो ।
    कार्यक्रमको सहजीकरण लक्ष्मण पाण्डे, सुनिता कर्माचार्य र सञ्चारकर्मी निमेष रेग्मीले गर्नुहुने आयोजकहरुले जानकारी गराएका छन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, बैशाख ०५, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.