कैलासबावु श्रेष्ठ/गोरखा
बैशाख ३ गते । गोरखा जिल्लामा पहिलो पटक संगित महोत्सव हुने भएको छ ।
नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना तथा गोरखा जेसिज गोरखाको सहकार्यमा बैशाख ४ गते सदरमुकामको रानीपोखरी परिषरमा संगित महोत्सव हुन लागेको हो ।
महोत्सवमा गोरखा जिल्लामा ऐतिहासीक महत्व बोकेका केही लोक साँस्कृतीक नाचहरुको समेत प्रस्तुती हुने भएको छ ।
रानीपोखरी परिषरमा हुने कार्यक्रमका लागि जेसिज गोरखाले सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ ।
कार्यक्रममा सञ्जय तुम्रोक, विश्व नेपाली, रिकेश गुरुङ्ग, निकिता थापा, बानिया प्रधान, प्रिन्स नेपाली र सेभेन नोट ब्याण्डको प्रस्तुती समेत हुने भएको छ ।
निशुल्क प्रबेशको ब्यवस्था मिलाइएको उत्त कार्यक्रमलाई भूकम्पमा काम गर्न आएको आईएनजिओजले आर्थिक सहयोग गर्ने भएको छ ।
गोरखामा पहिलो पटक संगित महोत्सब
गोरखामा पहिलो पटक संगित महोत्सब
- अ
- अ
- अ
गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु



