×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ६ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ११ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ११ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

छोरो टोकुवाको आरोपसँगै गममायालाई घरबाट निकालियो

  •  
  • बिहिबार, बैशाख ०२, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    प्रशन्न पोखरेल
    बारपाक (गोरखा)-‘छोरो टोकिस्, घरबाट निस्किहाल । जहाँ मनलाग्छ जा । हाम्रो वरिपरि देखा नपर । मरे मर बाँचे बाँच, घर फर्केर नआएस् ।’ बारपाक–७ की गममाया गुरुङलाई सासू ससुराले छोरो टोकेको भन्दै यसरी अपमान गरे र घरबाट निकाले। भूकम्पमा परी श्रीमान् बितेको पीडा एकातिर थियो, अर्कातिर गर्भवती उनी भूकम्पमा परी आफैँ घाइते थिइन् ।
     Domestic-violence-women-in-gorkha_739425557
    उनका श्रीमान् २६ वर्षीय बुरबहादुर गुरुङ वडा नं ४ मा घर बनाउन मेला गएका थिए । घरको धुरी मार्ने काम भइरहेको थियो । एक्कासि भूकम्पले हल्लायो । घर भत्कियो । सुरक्षित ठाउँमा जान नसक्दा बुरबहादुरसँगै अरु कामदारले पनि ज्यान गुमाए ।
    श्रीमान्को मृत्युको खबरले मुर्छित २३ वर्षीया गममायालाई परिवार, छरछिमेकको सान्त्वना र सहयोगको खाँचो भए पनि कसैले सहयोग गरेनन् । बरु ‘लोग्ने टोक्वा’ को आरोपसँगै घर निकालाको सजाय पाइन्, उनले ।
    जेठ ११ मा उनलाई अर्को बित्यास् आइलाग्यो । बिहानैदेखि बेथाले च्याप्यो । अस्पतालसम्म पुर्याउने कोही भेटिएनन् । पीडाका बीच उनले छोरो जन्माइन् । परिवारको सहयोग नपाए पनि माइती पक्षको सहयोगले छोरो हुर्काएकी छिन् । छोराको नाम भीमबहादुर हो ।सासू काली र ससुरा सन्तबहादुरले घर निकाला गरेपछि उनी बारपाक–४ स्थित माइतीको टहरोमा शरण लिँदै आएकी छिन् । विपद्को भरपर्दो सहयात्री उनले माइती खलक भेटिन् । माइतमा सबैले माया गरेर पाले पनि उनलाई घर र श्रीमान्को यादले सताउँछ ।भूकम्पमा परी मृत्यु भएकाहरुको परिवारलाई सरकारले राहत वितरण सुरु गर्यो । रु ४० हजार किरिया खर्चसहित रु एक लाख ४० हजार राहत आयो । सासू ससुराले राहत बुझे । “सरकारले दिएको राहत पनि सासू ससुराले खोसे,” उनले भनिन् – “त्यो पैसा हात परेको भए छोराको भविष्य बन्थ्यो ।” छोरो हुर्काएर पढाउन पैसा चाहिने उनको भनाइ छ ।

    बारपाक केन्द्रविन्दू भई भूकम्प गएको पनि एक वर्ष भयो । वर्ष बिते पनि गममायाको पीडा जस्ताको त्यस्तै छ । न त बस्ने घर छ, न त आफ्नो नाउँमा जग्गा, जमिन । आँखामा आँसु लिएर सरकारको बाटो हेर्नबाहेक अरु केही गर्न सक्दिनन् उनी । “थाहै नपाई मुर्छा हुँदोरहेछु,” उनले भनिन् – “तनावका बीच बाँचिरहेको छु, केवल छोराका लागि । उसको सुन्दर भविष्यका लागि ।” उनले काम गरेर खान त सक्छिन् तर छोरा सानो हुँदा कसैले काममा बोलाउँदैनन् ।

    “सासू ससुराले ‘आमा, छोरा अलच्छिना’ भन्छन्”, उनले पीडा पोखिन् – “उहाँहरुसँग मुखमुखै लाग्न मनले दिँदैन ।” घर निकाला गरेपछि फर्केर एकपटक पनि घर नगएको भन्दै उनले छिमेकीसँग सोधेर सासू ससुराको हालखबर बुझ्दै आएको बताइन् । एकपछि अर्को पीडाले मानसिक आघात परे पनि एक वर्षको अवधिमा मनोपरामर्श दिने कोही भेटिएन ।

    उद्धार, राहत र पुनःनिर्माणको चरणसम्म पुग्दा उनले केही सहयोग पाइनन् । “श्रीमान् गुम्यो मेरा सबै थोक गुमे,” उनले भनिन् – “उसको नासो हुर्काएर ठूलो बनाउँछु ।” गाउँ पुनःनिर्माणका बेला नयाँ घर बनाउन अनुदान रकम आउने पक्कापक्की भए पनि उनको नाउँमा लालपुर्जा छैन । “हामी त सुकुम्बासी हुने भयौँ,” उनले भनिन् ।

    रासस

     

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, बैशाख ०२, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.