×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ६ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • १० घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ११ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १४ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १५ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १५ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १६ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

बारपाकबासीले घर बनाउने जग्गै पाएनन्

  •  
  • बुधबार, बैशाख ०१, २०७३ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :फाइल फोटो

    शिवप्रसाद उप्रेती
    गोरखा: भूकम्पले विस्थापित भएको वर्षदिन भइसक्यो तर वैशाख १२ को भूकम्पको केन्द्रबिन्दु बारपाकबासीले अझै घर बनाउने सुरक्षित थलो पाएका छैनन् । भूगर्भविद्ले बसोबास गर्न नहुने भनी सिफारिस गरेका तीन सय घर बारपाकी बस्ने थलो नपाएर अन्योलमा छन् ।
    भूगर्भविद्को अध्ययनले बारपाक १ का पोखरी र स्नान, २ को मान्दे, ३ को कुँजे, ८ को कोटडाँडा, ५ को दलितबस्ती, ४ का स्यामेर र चोङ्गंगमा तत्काल बस्न नहुने भनेपछि उनीहरू अहिलेसम्म अन्यत्रै सरेर अस्थायी रूपमा बसेका छन् । पोखरीगाउँका लालबहादुर गुरुङले एक वर्ष बितिसक्दा पनि अन्तिम प्रतिवेदन नआउँदा पक्की घर बनाउने र बस्ने ठाउँ नपाएको बताए ।
    ‘अरू गाउँमा त भूगर्भविद् गएका थिए । हाम्रो गाउँमा चाहिँ पारि डाँडाबाट हेरेर यहाँ बस्न हुन्न भनेर गएका थिए तर अहिलेसम्म अन्तिम रिपोर्ट आएको छैन’, उनले भने, ‘अब घर बनाउने खर्च दिने भनेको छ । खर्च आयो भने हामीले घर कहाँ बनाउने हो ? ‘
    सरकारले बारपाक, लाप्राकजस्ता बस्तीमा एकीकृत बस्ती विकास योजना लागू गर्ने भनेर हल्लामात्र गरेको तर कार्यान्वयन नगरेको बारपाक ४ का जितबहादुर घलेले बताए । ‘भूकम्पको पीडा बिर्साउन हाम्रो गाउँलाई एकीकृत बस्ती बनाउने भनेर हल्ला गर्‌यो । एक वर्ष भइसक्यो, काम गर्ने छाँटकाँटै छैन’, उनले भने, ‘दुःखमा परेका हामीलाई धेरै कुरा दिन्छु भनेर किन झुक्याउने ? ‘
    अहिले बेलायती सरकारले भूपू ब्रिटिस आर्मीका २८ वटा घर बनाइदिने घोषणा गरेको छ तर गाउँको परम्परागत ढाँचासँग मेल खाने घरहरू नबनाइदिने भएकाले उनीहरू खुसी छैनन् । सरकारले भूकम्प प्रतिरोधी घर भनेर ल्याएको १७ मोडल बारपाकलाई बिर्साउने खालको मात्र भएको जितबहादुरको तर्क छ ।
    ‘बेलायत सरकारले पनि हाम्रो प्राचीन मोडलविपरीतको घर बनाउन खोजेको छ । हाम्रो सरकारले ल्याएका १७ मोडलका घरहरू पनि हाम्रो मौलिकताभन्दा बाहिरका छन्’, उनले भने, ‘सरकारले नै बारपाकको मौलिकता मेटाउन खोजेजस्तो शंका लाग्छ । यो डिजाइन हामी कसैले पनि मन पराएका छैनौं ।’
    उनले विस्थापित बस्तीलाई पुनस्र्थापित गराउन पहिले भूगर्भविद्ले अध्ययन गरेको अन्तिम रिपोर्ट आउनुपर्नेमा जोड दिए । ‘जनताले सरकारको दुई लाखमा थपी आफ्नो पाँच लाख खर्च गरेर घर बनाउला रे’, उनले भने, ‘फेरि असुरक्षित ठाउँमा त्यत्रो खर्च गरेर बनाएको घर सानो भुइँचालोमै पहिरियो भने के गर्ने ? ‘ सरकारले बारपाकलाई वैशाख पहिलो साताभित्र पहिलो चरणको रकम दिन सुरु गर्ने तयारी गरेको छ ।
    यहाँ भूकम्पपछि खोला सुकेर खानेपानीको हाहाकार भएको छ । ‘केयर नेपालले पानीको योजना बनाउँछु भन्यो । हामीले स्विसबाट र भारतीय राजदूतावासबाट आएको टोलीलाई पनि फिर्ता गर्‌यौं’, उनले भने, ‘तर एक वर्ष बित्यो । योजना सुरु गर्ने, सर्भे गर्ने काम सुरु नै गरेको छैन । उखान नै छ– गरिबलाई दिन्छु नभन्नू… । हामीलाई आशामात्र देखाएर छोड्यो ।’
    मुख्य आवश्यक कुरा नपाएका बेला विभिन्न संघसंस्थाले चाहिँदोनचाहिँदो कार्यक्रम गरेर सताएको गुनासो उनले गरे । ‘हामीलाई घर बनाउने ठाउँ चाहिएको छ । घर चाहिएको छ । खानेपानी चाहिएको छ । संस्थाका मान्छे आउँछन्, हात धुन सिकाउँछन्’, उनले भने, ‘हात धुन तिनले सिकाउनुपर्छ र हामीलाई ? ‘
    जिल्ला दैवीप्रकोप समितिका अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बारपाकमा वैशाख पहिलो साताभित्रै तथ्यांक संकलन टोलीले दिएको रिपोर्टका आधारमा नामावली सार्वजानिक गर्ने बताए । त्यसलगत्तै व्यक्तिगत घर बनाउने पहिलो चरणको रकम दिन सुरु गर्ने उनले बताए ।
    बारपाकमा यसअघि नै आफ्नै तबरले बनाएका घरलाई सरकारी मापदण्डभित्र पारेर अनुदानको रकम दिने पनि उनले बताए । ‘बारपाकमा यसअघि नै तीन सयभन्दा धेरै घर बनिसकेका छन् भन्ने जानकारी हामीले पाएका छौं’, उनले भने, ‘ती घर भूकम्प प्रतिरोधी मापदण्डभित्र परेका छन् भने ठिकै छ । छैनन् भने पनि रेक्ट्रोफिट गरेर हुन्छ कि के गरी हुन्छ, मापदण्डभित्र पारेर सरकारी अनुदान दिने व्यवस्था गर्नेछौं ।’
    भूकम्पको क्षति बिर्साउने गरी पूर्वाधार विकास गराउन सरकार लागिपरेको उनको भनाइ छ ।
    गोरखामा हालै पुनर्निर्माण प्राधिकरणको उपक्षेत्रीय कार्यालय स्थापना भएको छ । १४ जनाको दरबन्दी भए पनि तीनजनाले कार्यालय सञ्चालन गरिरहेका छन् । प्राधिकरणले क्षतिको पूर्ण अध्ययन गर्ने, पुनर्निर्माणको काममा समन्वय गर्ने र पुनर्निर्माणको कामको अनुगमन गर्ने काम सुरु गरेको प्राधिकरणका निमित्त प्रमुख गुणराज भट्टराईले बताए ।
    उपक्षेत्रीय कार्यालयले गोरखा र धादिङको काम गर्नेछ । उनका अनुसार गोरखाका ५० वटा गाविसका भूकम्पले क्षति भएका घरको तथ्यांक लिने काम सकिएको छ ।
    अन्तिम नामावली आएको हंसपुर गाविसका नौ सय ४४ घरधुरीलाई पहिलो चरणको ५० हजार रुपैयाँका दरले पैसा बाँड्ने काम सुरु भएको स्थानीय विकास अधिकारी नारायणप्रसाद आचार्यले बताए । त्यसका लागि नौ करोड ९५ लाख रुपैयाँ प्राप्त भइसकेको उनको भनाइ छ । सचिवले प्राधिकरणको काममा नसघाउने भनेर आन्दोलन गरे पनि प्राविधिक सहायकलाई उक्त काम सघाउन निर्देशन दिइएको उनले बताए ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, बैशाख ०१, २०७३ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.