×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

भूकम्प पीडितलाई अनुदानको दुई लाख बाँड्ने प्रक्रिया सुरु

  •  
  • सोमबार, चैत २२, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत गोरखामा २ लाख रुपैयाँ अनुदान वितरणको प्रक्रिया सुरु भएको छ । जिल्लाको हंसपुर गाविसबाट अनुदान रकम वितरणको प्रक्रिया औपचारिक रुपमा सुरु भएको हो ।

    हंसपुरको काफलडाँडामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले रकम वितरणको काम औपचारिक रुपमा सुरु गरिएको बताउनुभएको हो । गाविसका सेतो परिचयपत्र प्राप्त भूकम्पपीडितहरुको नाम सार्वजनिक गर्दै उहाँले अन्य गाविसमा पनि रकम वितरणको काम थालिने बताउनुभयो । सरकारले दिएको दुई लाख रुपैयाँलाई उपयोग गर्दै पुननिर्माणको काम सम्पन्न गर्न स्थानीयवासी आफैं अग्रसर हुनुपर्ने प्रमुख जिल्ला अधिकारी भट्टले बताउनुभयो ।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भट्टले भूकम्पबाट पूर्ण रुपमा घर क्षतिग्रस्त भएका ९ सय ४४ जनाको नाम सार्वजनिक गर्नुभएको थियो । पछिल्लो पटकको तथ्यांक संकलनका क्रममा नाम छुटेकाहरुका विषयमा पुनर्विचार गरिने उहाँको भनाई छ ।

    कार्यक्रममा राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गत गोरखामा रहने उपक्षेत्रीय कार्यालयका निमित्त प्रमुख गुणराज भट्टराईले दुई लाख रुपैयाँ अनुदान रकम प्राप्त गर्ने तरिकाबारे जानकारी गराउनुभएको थियो । यो क्षेत्रका बासिन्दाले राष्ट्रिय वाणिज्य बैंकको भच्चेक शाखामा खाता खोलेर पैसा लिन सक्नेछन् ।

    कार्यक्रममा बोल्दै हंसपुर गाविसका सचीव चुडाबहादुर लुईटेलले पुननिर्माणको काममा स्थानीय निकायको प्रमुखको रुपमा सक्दो सहयोग गर्ने बताउनुभयो । सेवा सुविधा बृद्धिको माग गर्दै गाविस सचिवहरुले पुनर्निर्माणको काममा असहयोग गर्ने बताइरहेका बेला उहाँले स्थानीयबासिन्दालाई आफ्ना कारण कुनै समस्या पर्न नदिने बताउनुभयो ।

    कार्यक्रममा हंसपुर गाविसका भूकम्पपीडितहरुले दुई लाख रुपैयाँबाट घर बनाउन नसकिने भन्दै रकम बढाइदिन माग गरेका छन् । केही पीडितले भने रकम बढाउन नसके निर्माण सामग्री ढुवानीमा सहुलियत दिन आग्रह गरे ।

    हंसपुरबाट रकम वितरणको प्रक्रिया सुरु गरिएको र चैतभित्र तथ्यांक संकलन सकिएका सबै गाविसमा अनुदान रकम बाँड्न थालिने प्रजिअ भट्टले बताउनुभयो । गोरखाका उत्तरी क्षेत्रका ७ गाविसमा बल्ल तथ्यांक संकलन सुरु भएको छ । अरु सबै गाविस र नगरपालीकामा तथ्यांक संकलन सकिएको छ ।

    ujyaaloonline

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    सोमबार, चैत २२, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.