×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ४ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ९ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १० घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

नेपालको संविधान अपूर्ण भन्दै भारत र ईयुको वक्तब्य

  •  
  • बिहिबार, चैत १८, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :फाइल फोटो
    सन्तोष घिमिरे 
    काठमाडौं: नेपालको आन्तरिक राजनीतिक दस्तावेज नयाँ संविधान अपूर्ण रहेको भन्दै भारतले युरोपेली युनियनसँग संयुक्त वक्तव्य जारी गरेको छ ।
    बेल्जियमको ब्रसेल्समा आयोजित भारत—ईयु शिखर सम्मेलनपछि जारी संयुक्त वक्तव्यको १७ औं नम्बर बुँदामा नेपालको नयां संबिधान अपूर्ण रहेको भाषा प्रयोग गर्दै संविधानका मिल्न बाँकी मुद्दाहरु समयसीमा तोकेर हल गर्न भनिएको छ ।
    ‘नेपालमा दीगो र समावेशी संवैधानिक ब्यवस्थापन होस् ताकि संविधानमा मिल्न बाँकी मुद्दा समय सीमा तोकेर संबोधन हुन सकोस् । यसका कारणबाट नेपालको राजनीतिक स्थिरता र आर्थिक विकास प्रबद्र्धनमा सहयोग पुगोस्’ संयुक्त वक्तव्यमा भनिएको छ ।
    ब्रसेल्समा भएको भारत–ईयु शिखर सम्मेलनमा नेपाल र नेपालको संविधान पनि एउटा एजेन्डाकारुपमा रहेको थियो । यो वक्तव्य भारत–ईयु शिखर सम्मेलन सकिएपछि आएको हो ।
    वक्तव्यमा भारत र ईयुले भूकम्पपछिको पुनर्निर्माण र दीर्घकालीन विकासमा मिलेर काम गर्ने प्रतिबद्दता जनाएको उल्लेख गरिएको छ । परराष्ट्र मन्त्रालयले संयुक्त वक्तव्यप्रति आपत्ति जनाउँदै वक्तव्य निकालिने एक उच्च सरकारी अधिकारीले बताए ।
    ‘सार्वभौम र स्वतन्त्र मुलुक नेपालले संबिधान जारी गर्ने अधिकार राख्छ । यो नेपालको आन्तरिक बिषय हो । संबिधानको बिषय भारत र इयुले वक्तव्यमा उल्लेख गर्नु नेपालको आन्तरिक मामिलामा हस्तक्षेप हो’, ती अधिकारीले अन्नपूर्ण अनलाइनसँग भने ।
    ती अधिकारीले भारतकै जोडबलमा संयुक्त वक्तव्यमा उक्त भाषा राखिएको प्रस्ट रहेको बताए । नेपालले संविधान जारी गर्ने अन्तिम तयारी गरिरहँदा संबिधान निर्माणको समयसीमा पर सार्न दबाब दिन भारतीय विदेश सचिव एस जयशंकर नेपाल आएका थिए । तर आफ्ना चाहना विपरीत संबिधानसभाले दुई तिहाइबाट संबिधान नेपालमा संविधान जारी भएकोमा असन्तुष्टी जनाउँदै भारतले नेपालमा पाँच महिना नाकाबन्दी गरेको थियो ।
    यद्यपि युरोपेली युनियनले भने नेपालको संविधानको पूर्णरुपमा स्वागत गरेको थियो । भारतले भने नेपालको संविधानको स्वागत नगरि मधेसी दलको माग सम्बोधनका लागि भएको संशोधनको मात्रै स्वागत गरेको थियो ।
    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्चस्तरीय भारतीय प्रतिनिधिमण्डल अहिले ब्रसेल्स भ्रमणमा छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमणका क्रममा भारतकै जोडबलमा चार महिनाअघि नेपालको संविधान अपूर्ण रहेको सन्देशसहित बेलायत र भारतले संयुक्त वक्तव्य आएको थियो । नेपालले उक्त वक्तव्यको भत्सर्ना गरेको थियो ।
    जापानी प्रधानमन्त्री सिन्जो आवेको केहीअघि सम्पन्न भारत भ्रमणमासमेत भारतले नेपालको संविधान अपूर्ण रहेको आशयसहित वक्तव्य जारी गर्न चाहेको थियो । तर जापानले नमानेपछि नेपालको संविधानको बिषय संयुक्त वक्तव्यमा परेको थिएन ।
    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, चैत १८, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.