कैलासबावु श्रेष्ठ/गोरखा
चैत्र १८ गते । देश भरी आज देखी भएको प्रबेशिका परिक्षा गोरखामा पनि बिहानै देखी सञ्चालनमा आएको छ । परिक्षाको पहिलो दिन आज अनिबार्य अग्रेजी बिषयको परिक्षा सञ्चालनमा आएको छ ।![DSC_0391[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/03/DSC_039111.jpg)
जिल्ला भर कुल २६ केन्द्र राखेर ५ हजार भन्दा बढी बिद्यार्थीहरुले आज परिक्षामा सामेल भै रहेको जिल्ला शिक्षा कार्यालय गोरखाले जानकारी दिएको छ ।
बिहान ८ बजे देखी शुरु भएको परिक्षा जिल्ला भरी नै शान्ति पूर्ण रुपमा सञ्चालन भै रहेको छ ।![DSC_0373[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/03/DSC_037311.jpg)
परिक्षाको पहिलो दिन बिद्यार्थीहरुलाई बिहान ७ः३० बजे नै सम्वन्धीत स्कुलले जम्मा पारी आचार संहीताको बिषयमा जानकारी गराउनुका साथै उपस्थित अभिभावकहरु तथा सम्वन्धीत स्कुलका शिक्षकहरुलाई बिद्यार्थीहरुलाई अनुसासित भएर परिक्षा दिन सहयोग गर्न अनुरोध गरीएको थियो ।![DSC_0394[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/03/DSC_039411.jpg)
जिल्ला सदरमुकामको रत्नराज्य उमाबिमा ५ जना बहिरा बिद्यार्थीहरु परिक्षामा सहभागी भएका छन ।![DSC_0404[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/03/DSC_040411.jpg)
त्यस्तै गरी गोरखा सदरमुकामकै लक्ष्मी बजारमा रहेको महालक्ष्मी उमाविमा १ जना दृष्टि बिहीन बिद्यार्थीले परिक्षा दिई रहेको छ ।![DSC_0433[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/03/DSC_04331.jpg)
यसै बिच प्रबेशिका परिक्षाको गोरखाको ईतिहासमा दोस्रो पटक गोरखा सदरमुकाममा रहेको मोर्डन सेकेन्डरी ईङ्गलीस स्कुलमा केन्द्राध्यक्ष देखी सुरक्षकर्मी समेत महिला नै राखेर परिक्षा सञ्चालन भएको छ ।
![DSC_0371[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/03/DSC_037111.jpg)
![DSC_0382[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/03/DSC_038211.jpg)
![DSC_0424[1]](https://www.gorkhasamachar.com/wp-content/uploads/2016/03/DSC_042411.jpg)




















