×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ४ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ९ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १० घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

एसएलसी आजदेखि, ६ लाख विद्यार्थी सहभागी हुँदै

  •  
  • बिहिबार, चैत १८, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :फाइल फोटो
    सूर्यप्रसाद पाण्डे
    काठमाडौं: प्रवेशिका (एसएलसी) परीक्षाको ८३ औं संस्करण बिहीबार सुरु हुँदैछ । परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सञ्चालनका लागि मुलुकभर निर्धारण गरिएको एक हजार नौ सय ४३ वटै केन्द्रमा सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ।
    अनुशासित तथा पूर्णआत्मविश्वासका साथ परीक्षा हलमा प्रवेश गर्न परीक्षा नियन्त्रण कार्यालयले परीक्षार्थीलाई आग्रह गरेको छ। कार्यालयले परीक्षा सञ्चालनमा संलग्न विद्यार्थी, अभिभावक, शिक्षक, सुरक्षाकर्मी तथा सरोकारवाला अन्य पक्षलाई पनि परीक्षाको वातावरण भयरहित बनाउन अनुरोध गरेको छ।
    परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीका अनुसार सम्बन्धित जिल्ला तथा परीक्षा केन्द्रमा परीक्षाका लागि आवश्यक प्रश्नपत्र तथा उत्तरपुस्तिका पुर् याइसकिएको छ। परीक्षा केन्द्रका लागि आवश्यक जनशक्ति पनि तयारी अवस्थामा छन् । यसपटक अघिल्लो वर्षको तुलनामा दुई साता परीक्षा ढिलो गरी सुरु हुन लागेको हो। विगतका वर्षमा चैत दोस्रो साताबाट परीक्षा सञ्चालन गरिँदै आएको थियो।
    यस वर्ष सबै परीक्षार्थीको नतिजा लेटर ग्रेडिङ (अक्षरांकन) प्रणालीबाट सार्वजनिक गर्न लागिएको हुनाले विशेष चासोका साथ हेरिएको छ । गत वर्ष परीक्षणका रूपमा ९९ विद्यालयका तीन हजार विद्यार्थीको नतिजामात्र ग्रेडिङ प्रणालीमा सार्वजनिक गरिएको थियो।
    भूकम्पले विद्यालयको संरचना भत्काइदिएको र तराई आन्दोलनले पठनपाठन अवरुद्ध भएका कारण परीक्षाका लागि पर्याप्त तयारी नपुगेको विद्यार्थी तथा शिक्षकले गुनासो गरेका छन्।परीक्षामा नियमित, आंशिक तथा प्राविधिक धारका छात्राछात्र गरेर गरेर कुल ६ लाख १५ हजार पाँच सय ५३ जना विद्यार्थीले परीक्षा फाराम भरेका छन्। पनिकाको तथ्यांकअनुसार यस वर्ष छात्राको तुलनामा ३६ हजार एक सय ३५ जना बढी छात्रा परीक्षामा सहभागी हुँदैछन्।
    कुल परीक्षार्थीमध्ये सामान्य धारका नियमिततर्फ चार लाख ५२ हजार आठ सय ८१ जनाले परीक्षा फाराम भरेका छन् । तीमध्ये दुई लाख २७ हजार पाँच सय ३५ जना छात्रा तथा दुई लाख २५ हजार तीन सय ४६ जना छात्र छन्।
    परीक्षामा नियमित, आंशिक तथा प्राविधिक धारका छात्राछात्र गरेर गरेर कुल ६ लाख १५ हजार पाँच सय ५३ जना विद्यार्थी सहभागी हुँदैछन्। 
    त्यस्तै आंशिकतर्फ ९७ हजार ३६ जना छात्रा तथा ६२ हजार तीन सय ८१ जना छात्र गरेर एक लाख ५९ हजार चार सय १७ जना सहभागी हुँदैछन् । प्राविधिक धारका तीन हजार दुई सयजना परीक्षार्थी छन्। जसमा एक हजार दुई सय ७३ जना छात्रा तथा एक हजार नौ सय ८२ जना छात्र छन्।
    परीक्षा सञ्चालनका लागि मुलुकभर एक हजार नौ सय ४३ वटा केन्द्र तथा प्रतिकेन्द्र एकजना केन्द्राध्यक्ष तोकिएको छ। त्यसबाहेक दुई हजार नौ सय ७८ जना सहायक केन्द्राध्यक्ष, २५ हजार पाँच सय ५६ निरीक्षक परिचालन हुनेछन्।
    पनिकाका अनुुसार केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मी, कार्यालय सहयोगीसमेत गरेर मुलुकभरको परीक्षा केन्द्रमा ७२ हजार ८ सय ९६ जनशक्ति परिचालन हुनेछन्। परीक्षा मर्यादित बनाउन तथा परीक्षाको अनुगमन गर्न १८ जना सहसचिवको नेतृत्वको अनुगमन समिति बनाएर परिचालन गरिएको छ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, चैत १८, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.