×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ४ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ९ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १० घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

एसएलसी आजबाट

  •  
  • बिहिबार, चैत १८, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    चैत्र १८, २०७२- देशभरि एकैसाथ ६ लाख १५ हजार ५ सय ५३ परिक्षार्थी बिहीबार उत्साहसाथ एसएलसी परीक्षामा जुटदैछन् । विहान आठबजे सुरु हुने परीक्षामा सबै विद्यार्थी समान हैसियतमा जाँच दिने छन् । यो वर्षबाट ३२ नम्बर पाउन नसकेकै कारण कोही असफल हुनुपर्ने छैन । सबैजनाले ग्रेडका आधारमा ‘ग्रेडसिट’ पाउने छन् ।

    विगतमा कुल परीक्षार्थीमध्ये ४७ प्रतिशतमात्र उत्तीर्ण हुने गर्थे भने यो वर्षबाट त्यसरी ‘पास’ र ‘फेल’ छुट्टिने छैन । विद्यार्थीले गरेको मिहिनेतअनुसार अंकको सट्टा अक्षरमा नतिजा पाउनेछन् । जसअनुसार विद्यार्थीले प्राप्त गर्ने एसएलसी ‘ग्रेडसिट’मा ए प्लस, ए, बी प्लस, बी, सी प्लस, सी, डि प्लस, डी र ई उल्लेख हुनेछ । यो अक्षरांक विद्यार्थीको अनुभवसहितको क्षमता मूल्यांकन पद्धति हो । अबदेखि एसएलसी नतिजा विगतमा जस्तो विशिष्ट, प्रथम, द्वितीय, तृतीय श्रेणी र अनुत्तीर्ण भन्ने रहने छैन ।

    १९९० सालमा पहिलो पटक एसउलसी सुरु भएको थियो भने अहिले त्यसैको ८२औं शृंखलाको एसएलसी लिइदैछ । पहिलो पटक नियमित परीक्षार्थीलाई अक्षरांक पद्धति लागू गरिएको हो । प्राविधिक एसएलसीतर्फ भने गत वर्षदेखि नै अक्षरांक पद्धतिबाट परीक्षा लिन सुरु गरिएको हो ।

    यो पटक साधारण विषयमा नियमिततर्फ चार लाख ५२ हजार आठ सय ८२ विद्यार्थी सहभागी हुदैछन् । परीक्षा नियन्त्रण कार्यालयले दिएको जानकारीअनुसार दुई लाख २५ हजार तीन सय ४६ छात्र र दुई लाख २७ हजार पाँच सय ३५ छात्रा छन् । यो वर्ष छात्रभन्दा दुई हजार एक सय ८९ जना छात्रा बढी छन् । हरेक वर्ष एसएलसी परीक्षार्थीको संख्या बढदो छ । केही वर्षदेखि छात्राको संख्या उल्लेख्य रुपमा बढेको छ ।

    यसवर्ष प्राविधिक विषयको एसएलसी परीक्षामा तीन हजार दुई सय विद्यार्थी सहभागी छन् । तीमध्ये एक हजार नौ सय ८२ छात्र र एक हजार दुई सय ७३ छात्रा छन् । छात्राको तुलनामा सात सय नौ जना छात्र बढी छन् । देशभरिमा ९९ प्राविधिक विद्यालयमा पढेकाले एसएलसी दिने व्यवस्था छ ।

    त्यसैगरी एसएलसी एक्जेम्टेडतर्फ १ लाख ५९ हजार ४ सय १७ परीक्षार्थी छन् । परीक्षामा सबैभन्दा धेरै काठमाडौं जिल्लाबाट ३५ हजार ७ सय २९ जना र सबभन्दा थोरै मनाङबाट ६३ परीक्षार्थी रहेका छन् ।

    परिक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक अनुपनचन्द्र श्रेष्ठका अनुसार नियमित, प्राविधिक र एक्जेम्टेड सबै विद्यार्थीको नतिजा अक्षरांक पद्धतिअनुसार प्रकाशन गरिने छ । ‘यो वर्षबाट सबैको नतिजा अक्षरांक पद्धतिअनुसार प्रकाशन गरिनेछ,’ उपनिन्त्रक श्रेष्ठले भने, ‘त्यसैले पनि परीक्षार्थीहरु निश्चिन्त रुपमा समान हैसियतले परीक्षा हलमा सहभागी हुने ठानिएको छ ।’
    राजधानीको त्रिपुरेश्वरस्थित विश्वनिकेतन उच्चमाविका शिक्षक केदार दाहाल अक्षरांक प्रणालीले विद्यार्थीलाई उत्साह बढाएको बताउँछन् । ‘ग्रेडिङमा कोही फेल नहुने र समग्र विद्यार्थीले आफ्नो रुचिको विषय लिएर उच्चशिक्षा पढ्न पाउने भनेर बुझेका छ,’ विगतजस्तो विद्यार्थीले एसएलसीलाई हाउगुजीका रुपमा नलिएको उल्लेख गर्दै उनी भन्छन्, ‘तैपनि सुझबुझ राख्ने अभिभावक र विद्यार्थीले भने ग्रेड कमजोर हुन नदिन मिहिनेत गरे/गराएका पनि छन् ।’

    त्यसैगरी बिरगंजका त्रिभुवन हुनमान माविबाट एसएलसी दिने तयारीमा रहेकी छात्रा जुलीकुमारी रौनियार परीक्षालाई सहज रुपमा लिएको बताइन् । ‘यो पटकदेखि कोही फेल नहुने भएकोले त्यत्ति धेरै डर लागेको छैन,’ उनले भनिन्, ‘तैपनि मिहिनेत नगरी राम्रो अंक ल्याउन सकिन्न ।’

    देशभरिमा १ हजार ९ सय ४३ परीक्षा केन्द्र विस्तार गरिएका छन् । परीक्षा केन्द्राध्यक्ष, हायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी, सुरक्षाकर्मी गरी जम्मा ७२ हजार ८ सय  ९६ जना जनशक्ति खटिने जनाइएको छ । परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन परीक्षा समितिका पदाधिकारी, शिक्षा मन्त्रालयका सहसचिव, परीक्षा समन्वय समितिका पदाधिकारी, नियन्त्रण कार्यालय, क्षेशिनि, जिल्ला कार्यालयले परीक्षा अनुगमन गर्न छन् ।

    ‘परीक्षाको पूर्ण तयारी भएको छ,’ परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले भने, ‘परीक्षालाई सफलतापूर्वक सम्पन्न गर्न र गराउन विद्यार्थी, अभिभावक, अधिकारीहरु, नागरिक समाजलगायतलाई सहयोग गर्न हार्दिक अनुरोध गर्दछु ।’

    यो वर्षबाट विद्यार्थीको व्यक्तिगत विवरणमा त्रुटि भएमा नतिजा आउन अगावै सच्याउन परीक्षा केन्द्रमा फारम वितरण गर्ने व्यवस्था गरिएको छ । त्यसैगरी अक्षरांक पद्धतिमा अधारित नतिजा प्रकाशन र प्रमाणिकरणको व्यवस्था, उत्कृष्ट परीक्षा केन्द्र प्रोत्साहनको व्यवस्था गरिएको जनाइएको छ । अपांगत परीक्षार्थीका लागि तोकिएको समयमा थप एक घण्टा लिन पाउने छन् ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, चैत १८, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.