×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

डम्बुडाँडा बन्यो ह्यारी हिल

  •  
  • बुधबार, चैत १७, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :गाउँमा आएर विद्यालय निर्माणमा श्रमदान गरेको खुसीमा गाउँलेबाट सोमबार सम्मानपत्र ग्रहण गर्दै बेलायती राजकुमार ह्यारी । तस्बिर सौजन्यः जीव गुरुङ
    शिवप्रसाद उप्रेती  
    गोरखाट: आफ्नो गाउँमा ६ दिनसम्म रहेर श्रमदान गरेका बेलायती राजकुमार ह्यारीसँग खुसी भएका गाउँलेले स्थानीय एक डाँडाको नामै ‘ह्यारी हिल’ घोषणा गरेका छन् । लापु गाविस ३ लापुबेसीमा रहेको डाँडालाई यसअघि डम्बुडाँडा भनिन्थ्यो ।
    ह्यारीको बिदाइका लागि सोमबार बेलुका आयोजना गरिएको कार्यक्रममा गाविस सचिव दीपेन्द्रप्रसाद शाह, विद्यालयका प्रधानाध्यापक जीव गुरुङ, विद्यालयका अध्यक्ष सुरेश गुरुङ, लेखा समितिका संयोजक सोम गुरुङलगायतले ह्यारी हिलको घोषणा गरे ।
    प्रधानाध्यापक गुरुङले मनास्लु पर्यटन पदमार्गमा रहेको नवघोषित ‘ह्यारी हिल’ लाई पर्यटकीय महत्त्वको बनाउन पूर्वाधार तयार गर्ने स्थानीयबीच निर्णय भएको पनि बताए । ‘बाटोमै अग्लो डाँडा छ, गाउँ सबै देखिन्छ । वरिपरिको दृश्य पनि रमाइलो देखिन्छ’, उनले भने, ‘अब आर्थिक स्रोत जुटाएर यहाँ भ्यु टावर, पिकनिक स्पट बनाउने निर्णय भएको छ । विशेषगरी बेलायती पर्यटक आउँदा यसको महत्त्व बढ्नेछ ।’
    घोषणा सुनेर ह्यारी अत्यन्तै खुसी भएको प्रधानाध्यापक गुरुङले सुनाए । ‘हामीले कार्यक्रममा विद्यालयनजिकै रहेको डाँडाको नाम ह्यारी हिल राख्ने निर्णय गरियो भनेर घोषणा गर्‌यौं’, गुरुङले भने, ‘त्यो रूपान्तरण गरेर सुनाउनेबित्तिकै उहाँले अचम्म मानेर ‘ओ…थ्याङयु’ मात्र भन्नुभयो । अनुहार एकदम चम्किलो भएको थियो । अरू केही भन्नुभएन ।’ औपचारिक बोल्न, भाषण गर्न मन नपराउने ह्यारीको स्वभाव रहेको उनले बताए ।
    ह्यारीको बिदाइको अन्तिम दिन सोमबार बेलुकी सात बजेदेखि नौ बजेसम्म गाउँलेले सांस्कृतिक घाँटु नाच देखाएका थिए । भूमिराज महिला समूहले दुईवटा नाच र विद्यार्थीले तीनवटा नाच देखाएका थिए । ह्यारीले पनि स्थानीय भेषभूषामा सजिएर गीत गाउनुका साथै नाचेका थिए । ‘हाम्रो पोसाक भाङ्ग्रा र कछाड लगाएर नाचेका थिए’, उनले भने, ‘अंग्रेजी गीत गाएर पनि नाचेका थिए ।’
    ह्यारीलाई गाउँलेले सम्मानपत्र पनि प्रदान गरेका थिए । ‘गाउँमा जेजस्तो पाए, त्यस्तै खाए । हामीले भन्दा पनि धेरै दुःख गरे । गाउँले अत्यन्त खुसी भएका छन्’, उनले भने ।
    ह्यारी फर्के काठमाडौं
    विद्यालय निर्माण गर्न ढुंगामुढा बोकेका ह्यारी मंगलबार काठमाडौं फर्केका छन् । बिहान १२ बजे गाउँबाट बिदा भएका उनी साढे १२ बजे काठमाडौं पुगेको जानकारी गोरखाका प्रहरी प्रमुख एसपी जनकराज पाण्डेयले दिए ।
    नेपाली सेनाको सुपर पुमा हेलिकोप्टरबाट ह्यारीलगायत ६ जना ब्रिटिस आर्मी काठमाडौं फर्केका हुन् । उनले ब्रिटिस आर्मीको संस्था टिम रुबिकन यूकेको सहयोगमा निर्माण हुँदै गरेको प्रभातकिरण माध्यमिक विद्यालयको १२ कोठे र चारकोठे दुईवटा भवन निर्माण गर्न ढुंगा फुटाउने, बोक्ने र काठ बोक्ने काममा श्रमदान गरेका थिए । उक्त भवन एक वर्षअघिको भूकम्पले भत्केको थियो ।
    मंगलबार उनलाई लिन आएको हेलिकोप्टर लापुबेसीभन्दा केही माथि नौलीखोलाको बगरमा ल्यान्ड भएको थियो । ब्रेकफास्ट खाएर उनी गाउँबाट बिदा भएको विद्यालयका प्रधानाध्यापक गुरुङले बताए । जाने बेला पनि उनले टिम रुबिकन यूके लेखिएको टिसर्ट लगाएका थिए । उनलाई बिदाइ गर्न लापुबेसीका बासिन्दाको लर्को लागेको थियो । तर औपचारिक बिदाइ कार्यक्रम गर्न उनले मानेनन् । ‘स्थानीय बासिन्दा धेरै जम्मा भएका थिए’, प्रअ गुरुङले भने, ‘हाम्रो परम्पराअनुसार बिदाइ गर्न खोज्दा राजकुमारले मान्नुभएन ।’
    बिदाइ गर्न खादा र टीका हातमा लिएर आएका गाउँलेले हात मिलाएरमात्र बिदा गरेको उनले बताए । ‘मलाई हिजो बेलुकी नै बिदाइ गरिसक्नुभयो, आज पर्दैन भन्नुभयो’, गुरुङले भने, ‘फोटो खिचाउन पनि मान्नुभएन ।’ जानेबेला लापुबेसी गाउँका लागि र विद्यालयका लागि सहयोग जुटाउन मद्दत गर्ने वचन दिएको उनले बताए । ‘यहाँको दुःख आफ्नै आँखाले देख्नुभएको छ । सहयोग गर्नुहोला । हजूर आफंैले सहयोग गर्नु पनि पर्दैन । सहयोगी संस्थालाई भन्दिए पुग्छ भनेको थिएँ’, गुरुङले भने, ‘उहाँले यहाँको दुःख देखेको मात्र नभई भोगेको पनि भएकाले सक्दो सहयोग गर्ने वचन दिनुभयो ।’
    हावाहुरी र परीक्षाको कारणले विद्यार्थीसँग खेल्ने रहर भने पूरा नभएको दुखेसो राजकुमारले गरे ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, चैत १७, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.