×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

प्रबेशिका परिक्षाको तयारी पूरा

  •  
  • बुधबार, चैत १७, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    कैलासबावु श्रेष्ठ/गोरखा
    चैत्र १७ गते । भोली बिहान देखी देशभर प्रबेशिका परिक्षाको तयारी भै रहदा गोरखामा पनि प्रबेशिका परिक्षाको तयारी पुर्णरुपमा पूरा भएको जिल्ला शिक्षा कार्यालय गोरखाले जानकारी दिएको छ । DSC_0013
    यस वर्षको प्रबेशिका परिक्षामा जिल्ला भरमा ५ हजार ८ सय ५ जना बिद्यार्थीहरुको सहभागीता रहने भएको छ । जस अन्रतर्गत गत वर्ष परिक्षा दिएर पनि असफल भएका ८ सय ११ जना, ३२ जना प्राबिधिक तर्फ र नियमीत तर्फका ४ हजार ९ सय ६२ जनाले सहभागीता जनाउने अनुमान जिल्ला शिक्षा कार्यालय गोरखाले गरेको छ ।
    परिक्षालाई मर्यादित बनाउनका लागि सुरक्षा ब्यवस्थामा परिबर्तनका साथै अनुशासित शिक्षक र बिद्यार्थी तथा अभिभावकलाई अनुरोध गर्ने काम भै सकेको छ । यसै बिच परिक्षा केन्द्रमा केन्द्राध्यक्षहरुलाई कार्यालयले खटाई सकेको र उनीहरु सम्वन्धीत स्थानमा पुगी सकेको जानकारी समेत कार्यालयले दिएको छ ।DSC_0066
    परिक्षार्थीलाई सकस
    गएको बैशाखमा बिनाशकारी भूकम्पले जिल्लाको धेरै जसो बिद्यालयलाई पूर्ण रुपमा क्षति पुरयाएको कारण यस पटक बिद्यार्थीहरुले चाहे जस्तो गरी सुविधा सम्पन्न कोठामा बसेर परिक्षा दिन सक्ने छैनन ।
    परिक्षा केन्द्र परेको सबै स्कुल पूर्ण रुपमा ध्वस्त भएका कारण यस पटक परिक्षा दिने सबै विद्यार्थीहरुलाई अस्थाई टहरमा बसी परिक्षा दिनुपर्ने बाध्यता पर्ने छ ।
    दोस्रो पटक महिला मात्र भएको केन्द्र
    गोरखा जिल्लामा प्रबेशिका परिक्षा सञ्चालन भएको ईतिहासमा यस बर्ष दोस्रो पटक महिला मात्र भएको परिक्षा केन्द्र सञ्चालनमा आउने भएको छ । गएको केही वर्ष पहिले भएको परिक्षामा गोरखा सदरमुकामको लक्ष्मी बजारमा रहेको महालक्ष्मी उमाबिमा केन्द्राध्यक्ष देखी सुरक्षा कर्मी समेत महिला राखेर परिक्षा सञ्चालन गरीएको थियो । DSC_0070
    महिला मात्र राखेर भएको परिक्षा केन्द्रमा जिल्लाकै उत्कृष्ठ परिक्षा केन्द्र घोषित भएको भएता पनि पछिल्लो बर्षहरुमा त्यसलाई निरञ्तरता दिन कुनै पनि निकायले चासो नदेखाएको भएता पनि यस पटक जिल्ला शिक्षा अधिकारीले गोरखा सदरमुकाममा रहेको मोडर्न इग्लीस बोर्डिङ्ग स्कुललाई महिला मात्र भएको परिक्षा केन्द्र बनाएका छन ।
    शिक्षा अधिकारी दिपेन्द्र सुबेदीले दिएको जानकारी अनुसार परिक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरिक्षक तथा सहायक कर्मचारी समेत महिला नै हुने छन । उक्त परिक्षा केन्द्रमा सुरक्षा दिने नेपाल प्रहरीका सबै महिला हुने शिक्षा अधिकारी सुवेदीले बताए ।

    त्यस्तै गरी यस बर्ष पनि बहिरा बिद्यार्थीहरु पनि परिक्षामा सामेल हुने भएका छन । यस वर्ष मनकामना बहिरा बिद्यालय टक्सार बाट ५ जना बिद्यार्थीहरु प्रबेशिका परिक्षामा सहभागी हुने भएका हुन । DSC_0050
    परिक्षाको लागि २६ केन्द्र
    यस बर्षको प्रबेशिका परिक्षाका लागि जिल्ला भरमा २६ बिद्यालयलाई केन्द्र तोकिएको छ । परिक्षालाई मर्यादित बनाउनकै लागि २८ सहायक केन्द्राध्यक्ष, २ सय ४८ निरिक्षकका साथै १ सय ३२ सहायक कर्मचारीलाई जिल्ला शिक्षा कार्यालय गोरखाले परिक्षामा परिचालन गरेको छ । सुरक्षा ब्यवस्था चुस्त बनाउनकै लागि २६ केन्द्रमा २ सय ६० नेपाल प्रहरी परिचालीत हुने छ ।
    कहाँ कहाँ परिक्षा केन्द्र परयो र को परे केन्द्राध्यक्ष ?
    १) गण्डकी मावि थुमी -चेतबहादुर बराम
    २) बिन्ध्याबासीनी उमाबि नारेश्वर -दुर्गा अधिकारी
    ३) रत्नराज्य उमाबि बिरेनचोक -राममायाँ गुरुङ्ग
    ४) मोडर्न इग्लीस बोर्डिङ्ग स्कुल गोरखा बजार -तारा सुबेदी
    ५) भिमोदय उमावि आरुघाट -मनप्रसाद बञ्जारा
    ६) सुर्यज्योति उमावि ताकुकोट -हरिराम दवाडी
    ७) दुल्लभ उमावि ध्याम्पेशाल- शिबप्रसाद भट्ट
    ८) अमरज्योति जनता उमावि लुइटेल -गोबिन्दप्रसाद खनाल
    ९) परोपकार आर्दश उमावि जौबारी -हरिप्रसाद ढकाल
    १०) महेन्द्र लिला उमाबि हर्मी -कृण्णबहादुर न्यौपाने
    ११) संस्कृत उमावि तान्द्राङ्ग -श्यामप्रसाद लामिछाने
    १२) हिमालय उमाबि बारपाक -बिण्णुदेब शाह
    १३) भगवती हिमालय उमाबि घैरुङ्ग -बुद्वि बि.क.
    १४) ताङ्गलीचोक माबि ताङ्गलीचोक -पूर्ण बहादुर बि.क.
    १५) सहिद स्मृती उमाबि बुंकोट -बावुराम ढकाल
    १६) सरस्वती उमाबि बोर्लाङ्ग -रामचन्द्र पौडेल
    १७) मनकामना उमावि मनकामना -अरबिन्द कुमार मिश्र
    १८) महेन्द्र उमाबि कुन्दुरटार -गोपालबावु मरहट्टा
    १९) सरस्वती उमाबि आहाले -पुरुषोत्तमबावु भट्टराई
    २०) शक्ति उमाबि पाटेचौर -निरजबावु भट्टराई
    २१) महालक्ष्मी उमाबि लक्ष्मी बजार -चुढामणी काप्री
    २२) ज्ञानमार्ग उमावि घ्यालचोक -टंक नेपाल
    २३) महेन्द्र ज्योति उमाबि दरर्बारमार्ग -लक्ष्मणबावु आचार्य
    २४) नब ज्योति माबि डण्ढीडाडाँ -शिबराम कट्टेल
    २५) हिमाल उमाबि सिम्जुङ्ग -भाईकृण्ण सुनार
    २६) भवानी उमावि ठाँटीपोखरी -ओजराज गिरी

    श्रोत :- जिल्ला शिक्षा कार्यालय गोरखा

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, चैत १७, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.