×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ४ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ९ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १० घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

आठौंपटक जिब्रो छेडदै जुजुभाइ

  •  
  • बुधबार, चैत १७, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    चैत्र १६, २०७२- सांस्कृतिक पहिचान जोगाउन ३५ वर्षीय जुजुभाइ बासँ श्रेष्ठले आठौंपटक पनि जिब्रो छेडने भएका छन् । उनले २०६६ देखि निरन्तर जिब्रो छेडेर परम्परा धान्दै आएका छन् । हालसम्म क-कसले कतिपटक जिब्रो छेडे भन्ने यकिन तथ्यांक त छैन । तर, जुजुभाइकै बाजे हर्कनर सिंहले शताब्दीअघि २२ पटक जिब्राे छेडेको तथ्यांक रहेको बोडे स्पोट्र्स क्लबका अध्यक्ष दिलकृष्ण प्रजापतिले बताए । प्रत्येक वर्ष वैशाख २ गते तान्त्रिक विधिपूर्वक मध्यपुरथिमी नगरपालिका १, बोडेमा जिब्रो छेडने जात्रा मनाइन्छ ।

    हर्कनरलाई पछयाउँदै यहाँका युवा सांस्कृतिक पहिचान जोगाउन लागिपरेका छन् । धार्मिक, सांस्कृतिक पहिचान जोगाउने उद्देश्यले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लागेको उनले बताए । ‘धार्मिक, सांस्कृतिक महत्त्व बोकेको ऐतिहासिक जात्रा जोगाउने उद्देश्यले आठौंपटक जिब्रो छेडदै छु,’ उनले भने, ‘संस्कृति, परम्परा जोगाउने जिम्मा युवाकै हातमा छ ।’
    लिच्छविकालदेखि जिब्रो छेडने जात्रा मनाउँदै आए पनि पछिल्लो तथ्यांकअनुसार हर्कनरसिंहले २२, बेखानारायण हाय श्रेष्ठले ३२, हरिदेव किला श्रेष्ठले १, हरिभासिक श्रेष्ठले ३, इन्द्र बाटा श्रेष्ठले २, हर्केश्वर ब्याँ श्रेष्ठले ३, चन्द्रसेन घो श्रेष्ठले ७, दिलकुमार खपे श्रेष्ठले ७, मुनि घो श्रेष्ठले १, धर्मराज बलाम श्रेष्ठले १, कृष्णचन्द्र बाग श्रेष्ठले १२, बुद्धचन्द्र बाग श्रेष्ठले ४ र जुजुभाइले ७ पटक जिब्रो छेडेका छन् । यीमध्ये कृष्णचन्द्र बाग श्रेष्ठ, बुद्धचन्द्र बाग श्रेष्ठ र जुजुभाइ तीनजना जीवित छन् ।

    बोडेका श्रेष्ठ थरका युवाले मात्र जिब्रो छेडन पाउने परम्परा छ । संस्कृतिप्रति विशेष समर्पण भाव भएका बोडेवासीको प्रयासले मात्र उक्त जात्रा धानिँदै आएको हो । ‘युवा अगाडि बढे पुराना पुुस्ताप्रति सम्मान र नयाँ पुस्ताका निम्ति मार्गदर्शन हुन्छ,’ जुजुभाइले भने, ‘शिक्षित युवा अघि बढे मात्र संस्कृति जोगिन्छ ।’ नयाँ व्यक्तिले जिब्रो छेडने इच्छा नगरेसम्म आफूले नै परम्परा धान्ने उनले बताए ।
    जिब्रो छेड्ने जात्रा मनाए अनावृष्टि, अतिवृष्टि, अनिकाल नआउने, महारोग नलाग्ने, शान्ति-समृद्धि बढ्ने जनविश्वास छ । तीन दिन भोकै बसी १ महिनादेखि तेलमा डुबाएर राखेको करिब १ फिट लामो सियोले जिब्राे छेडिन्छ । जिब्राे छेडनुअघि कर्मी नाइकेले सम्पूर्ण देवीदेवताको प्रार्थना गर्ने परम्परा छ । जिब्रो छेडदा रगत आउनु हुँदैन । रगत आए अनिष्ट हुने जनविश्वास छ । साताैंपटक जिब्रो छेडाउँदा एकपल्ट पनि रगत नआएको उनले बताए । जिब्रो छेडेर नगर परिक्रमा गर्ने क्रममा भने दर्शकको भीडको ठक्करले जिब्रोबाट रगत आएको उनी बताउँछन् ।

    विशेष पहिरन र खुट्टामा तान्त्रिक घण्टी (घुँगुरा) लगाई जिब्रो छेडनुअघि शक्ति पीठहरूको दर्शन गर्ने र जिब्रो छेडिसकेपछि पनि चन्द्राकार बत्ती (भय) बोकी बोडे नगर परिक्रमा गर्ने चलन छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, चैत १७, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.