×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ४ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ९ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • १० घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १३ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १४ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १४ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

भूपू गोर्खा क्याप्टेनको स्मृतिमा ह्यारी

  •  
  • बुधबार, चैत १७, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    लन्डन

    चैत्र १६, २०७२- पूर्व निर्धारित पाँच दिने नेपाल भ्रमण ६ दिन लम्ब्याएर नेपालमा रमाइरहेका बेलायती राजकुमार ह्यारीको निकै प्रशंसा भइरहेको छ । भूकम्पले क्षतिग्रस्त उत्तरी गोरखाको लापुबेंसीस्थित प्रभात किरण माविको ११ कोठे भवन पुनर्निर्माणमा सघाउन पनि उनी व्यस्त भए ।

    नेपाल घुमेर लाखौं नेपालीको मन जितेका ह्यारी सानो छँदा कस्ता थिए ? झण्डै तीन वर्ष उनलाई ‘हुर्काएका’ र हुर्किएपछि पनि पटक–पटक एकसाथ समय बिताएका भूपू गोर्खा क्याप्टेन (रिटायर्ड) कृष्ण गुरुङको स्मृतिमा ह्यारीसँग बितेका धेरै सु:खद क्षण छन् । सेकेन्ड गोर्खा राइफल्समा भर्ती भएर ३० वर्षपछि सन् २००७ मा अवकास लिएका आर्थर डाडाखर्क ४ पर्वतका गुरुङले बेलायती राजपरिवारसँग बिताएको क्षण कान्तिपुरका बेलायत संवाददाता नवीन पोखरेललाई यसरी बताए :

    म सेकेन्ड गोर्खा राइफल्समा कार्यरत थिएँ । ह्यारीका बुबा चाल्र्स हाम्रो रेजिमेन्टको कर्णेल–इन–चिफ हुन् । हाम्रो रेजिमेन्टले केन्जिङ्टन प्यालेसमा गोर्खा प्रतिनिधि पठाउने निधो गर्‍यो । त्यही सिलसिलामा म सन् १९८८ देखि १९९० को मध्यसम्म झन्डै तीन वर्ष केन्जिङ्टन प्यालेस (नेपाली दूतावास नजिकै) खटिएँ ।

    त्यो बेला प्रिन्स विलियम ७ र ह्यारी ५ वर्षका थिए । स्कुल जाँदा कहिलेकाही स्कुलसम्म लगिदिनु पथ्र्यो । विकेन्डमा म्याक डोनाल्ड्समा खान मन लाग्यो भनेपछि लिन केन्जिङ्टन हाइस्ट्रिट जान्थें म ।

    प्रिन्स चार्ल्स र प्रिन्सेस् डायना ‘अफिसियल भिजिट’ मा बाहिर गइरहनुपर्ने भएकाले हामीले ह्यारी र विलियमको रेखदेख गर्दथ्यौं । प्यालेसभित्र धेरै कडाइ र अनुशासन थियो, ह्यारी विलियम गार्डेनभित्रै खेल्थे दगुर्थे । ह्यारीलाई आर्मी युनिफर्म सानैदेखि मन पर्ने हो, मैले लगाएको युनिफर्म उनलाई खुब मनपर्थ्यो । मैले नमस्कार, राम्रो छ… जस्ता नेपाली शब्द बोल्न पनि सिकाएको थिएँ ।

    ह्यारी र विलियममा सानैदेखि गोर्खालीको प्रभाव थियो । सन् १९८९ मा केन्जिङ्टन प्यालेस अगाडि मैले ह्यारी र विलियम बोकेको तस्विर स्वर्गीय राजकुमारी डायनाले खिचिदिएकी हुन् ।

    म प्यालेसमा हुँदा प्रिन्स चाल्र्स र डायनासँग हङकङ, जोर्डन, इन्डोनेसिया आदि भ्रमण जाने मौका पाएँ । विकेन्डमा वेल्स्, क्रिसमस्को समय सान्ड्रिङहाम हाउसमा राजपरिवारसँग समय बित्थ्यो । चाल्र्स, डायना समरमा स्कटल्यान्डस्थित बालमोरल क्यासलमा शिकार खेल्न जाँदा म पनि साथमा हुन्थें । मैले विन्सोर क्यासल लगायत यूकेका कयौं रमणीय ठाउँ सँगै घुमें राजपरिवारको साथ ।

    संयोगले म सन् २००४ मा रोयल मिलिट्री अकाडेमी, स्यान्डस्र्ट आएँ । करिब ४ वर्ष त्यहाँ रहँदा मेरो ब्रिटिस आर्मी अफिसर तालिमका लागि संसारभरबाट आउने विद्यार्थीसँग भेट हुन्थ्यो । त्यही बेला विलियम र ह्यारी पनि आर्मीमा भर्ती हुने योजनामा रहेको सुनें ।

    म प्रशिक्षक थिइनँ तर अरु प्रशिक्षकहरु गोर्खाली भएकाले विद्यार्थीसँग मेरो उठबस हुन्थ्यो । फेरि ह्यारी र विलियमसँग निकट हुने साइत जुर्‍यो । त्यतिखेर ती दाजुभाईले आमा स्वर्गीय डायनाको बारेमा मसँग खुबै सोध्थे । सानैमा आमा बितेपछि उनीहरुले आमालाई धेरै ‘मिस’ गरेको चाल पाएँ मैले । आमा जिवितै भएको भए सायद गोर्खा र नेपालीका लागि अझ राम्रो हुन्थ्यो होला भन्ने मलाई लाग्छ ।

    गत १२ अप्रिल, २००६ मा प्रिन्स ह्यारी र विलियम रोयल मिलिट्री अकाडेमी, स्यान्डस्र्टबाट दीक्षित हुँदा मैले भेटेर तस्विर नै खिचें । उनीहरुले एकपटक मलाई स्यान्डस्र्टमा कार्यक्रम हुँदा प्रमुख अतिथि पनि बनाएका थिए ।

    अहिले राजकुमार ह्यारीको नेपाल भ्रमणले सर्वत्र चर्चा पाउँदा मलाई गर्व र खुशी लागेको छ । ह्यारीले रोयल ड्युटी सोचेभन्दा राम्ररी पूरा गरे ।

    ह्यारीका लागि नेपालमा जस्तो सम्मान र स्वागत अन्यत्र कहीँ पनि हुँदैन । ह्यारीले पनि नेपाली र गोर्खा परिवारले गरेको न्यानो स्वागत बिना झन्झट, बिना हिच्किचाहट स्वीकारे । उनले कहिल्यै म बेलायती राजकुमार भनेर घमण्ड नगरेको यहींबाट प्रष्टै बुझिन्छ ।

    ह्यारीले पहिला गोर्खालाई मात्र बढी चिन्थे, अब आम नेपालीको विषयमा चिन्ने मौका पाए । यो नेपाल र नेपालीका लागि गौरवको विषय हो । ह्यारीको नेपाल भ्रमणले विश्वभर सकारात्मक सन्देश दिएको छ ।

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, चैत १७, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.