×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ४ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ९ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ९ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १२ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

गल्ती खिच्न ट्राफिकको छातीमै क्यामरा

  •  
  • बुधबार, चैत १७, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    – दीपेन्द्र विष्ट, काठमाडौं

    चैत्र १७, २०७२- सवारी चलाउँदा सडक लेन मिच्दै हुनुहुन्छ ? सावधान ! तपाईंको गल्ती अडियो/भिडियोयुक्त क्यामरामा कैद हुनेछ र तुरुन्तै कारबाहीमा पर्नुहुनेछ । भागे पनि ट्राफिक प्रहरीको मोटरसाइकलले पछ्याएरै तपाईंलाई दण्डित गर्नेछ ।

    लेन मिच्ने र भाग्ने क्रम बढेपछि ट्राफिक प्रहरीकै छातीमा ‘गोब्रो’ क्यामरा जडान गरेर प्रमाण कैद गर्ने नयाँ रणनीति अपनाएको उपत्यका ट्राफिक महाशाखाका डीआईजी प्रकाश अर्यालले बताए । क्यामरासहितको लेन अनुशासन कारबाही सञ्चालन गरेको ८ दिनमा १३ सय २४ जना कारबाहीमा परिसकेका छन् ।

    ‘पिक आवर’ मा मोटरसाइकलसहित छातीमा क्यामरा जडित प्रहरी परिचालन गरिएको उनले जनााए । ‘बिहान ९ देखि ११ बजेसम्म र बेलुका ४ देखि ६ बजेसम्म मोटरसाइकल चलाउने ट्राफिकको छातीमा क्यामरा जडान गरिएको छ,’ उनले भने, ‘अफिस जाने र फर्कने समयमा प्रत्येक व्यक्ति हतारमा देखिन्छन्, लेन मिचेर अर्को सवारी साधनलाई ओभरटेक गरेर अगाडि जान चाहन्छ ।’ लेन मिचेर उल्टै ट्राफिक प्रहरीसँग अपशब्द प्रयोग गर्नेको प्रमाणसहित पुष्टि गर्न अडियो/भिडियोसहितको क्यामरा प्रयोगमा ल्याइएको उनले बताए ।
    अर्यालका अनुसार ‘गोब्रो’ क्यामराले ५ मिटरसम्मको अडियो रेकर्डिङ र लामो दूरीसम्म तस्बिर कैद गर्नेछ । ‘लेन मिच्ने र उल्टै ट्राफिकले त्यतिकै कारबाही गरेको भनेर जिद्दी गर्नेलाई प्रमाणसहित देखाउन नयाँ रणनीति अपनाएका हौं,’ उनले भने, ‘भाग्यो भने पछ्याउनलाई मोटरसाइकलसमेत उपलब्ध गराएका छौं ।’

    पछिल्लो पटक लेन मिच्ने चालक संख्या निकै बढेको उल्लेख गर्दै उनले अत्यधिक संख्यामा कारबाहीसमेत गरेको बताए । सादा पोसाकका प्रहरीलाई पनि सडकका विभिन्न स्थानमा परिचालन गरिएको छ । ‘प्रत्येक चोकमा ३० जना सादा पोसाक ट्राफिक प्रहरी परिचालन गरेका छौं,’ उनले भने, ‘ट्राफिक प्रहरीमाथि अभद्र व्यवहार गर्नेलाई तत्काल उनीहरूले नै कानुनी दायरामा ल्याउनेछन् ।’

    ट्राफिक नियम उल्लंघन गर्नेलाई कानुनी दायरामा ल्याउन पोसाकबाहेकका प्रहरीलाई ड्युटीमा खटाउनु परेको उनको भनाइ छ । पुतलीसडक–माइतीघर, थापाथली–माइतीघर, माइतीघर–टेकु, माइतीघर–नयाँबानेश्वर चोकसम्म विभिन्न स्थानमा त्यस्ता प्रहरी परिचालन गरिएको उनले बताए । ‘करिब पाँच स्थानमा सादा र छातीमा क्यामरा जडित प्रहरी राखेका छौं,’ उनले भने, ‘माइतीघर मण्डलामा मुभी क्यामरासमेत जडान गरिएको छ ।’

    ekantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, चैत १७, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.