×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

बेलायती राजकुमार ह्यारी पुगेको लापु गाउँबारे थाहा पाउनै पर्ने १० तथ्य

  •  
  • आइतबार, चैत १४, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ : आफ्नो ५ दिने औपचारिक भ्रमण सकिने बित्तिकै बेलायती राजकुमार ह्यारीले थप ६ दिन यतै बस्ने र भूकम्पपीडित क्षेत्रमा गएर स्कूल पुननिर्माणमा सघाउने बताए। तर त्यतिबेला उनी कुन ठाउँमा जाने खुलाइएन।
    केनसिङटन प्यालेसका तर्फबाट बेलायती दूतावासले नेपाली मात्र होइन बेलायती र अरु अन्तर्राष्ट्रिय मिडिया पनि ह्यारीसँगै नलगिने भन्दै उनको गोपनीयताको सम्मान गर्न आग्रह गर्‍यो।तर उनी पुगेको ठाउँ गोप्य भने रहन सकेन। नेपाली मिडियामा निरन्तर उनी गोरखाको लापुमा रहेको समाचार आइरहेका छन्। कस्तो ठाउँ हो त यो ? लापुबारे थाहा  पाउनै पर्ने  तथ्य।
    १) लापु गाविसको लापुवेसी भन्ने ठाउँमा रहेको प्रभात किरण माध्यमिक विद्यालयको पुननिर्माणमा राजकुमार ह्यारीसहितको टिम जुटेको हो। रुबिकन युकेको १७ जनाको टिममा तीन जना नेपाली छन्।

    २) यो विद्यालयको भवन पहिले पनि जीर्ण भएर फ्रान्सेलीहरुले सहयोग गरेर बनाइदिएका थिए। १० कोठाको दुई तले भवनमा प्रत्येक तलामा ५ कोठा थियो। भूकम्पपछि भवन पूरै भत्किएको थियो। बनाइएको अस्थायी सिकाइ केन्द्र पनि केही समयअघिको हावाहुरी उडाएको थियो। अहिले विद्यार्थीहरु वार्षिक परीक्षा खुला आकाशमुनि दिइरहेका छन्।


    ३) यो ठाउँ मनास्लु पदयात्रा मार्गको छेउमै पर्छ। पदयात्राको स्टेसन अर्थात् पर्यटक थकाइ मार्ने ठाउँ भएकोले होटल लजहरु प्रशस्त छन्। लापु गेस्ट हाउस र लक्ष्मी गेस्ट हाउस यहाँका अलि ठूला खालका होटल हुन्। ह्यारी लापु गेस्ट हाउसमा बसेका छन्।


    ह्यारी बसेको लापु गेस्ट हाउस।
    ४) यो ठाउँ वैशाख १२ को भूकम्पको केन्द्रविन्दु बारपाकदेखि करिब एक दिन पैदलयात्रामा पर्छ। बारपाक र लापुवेसी जोड्ने बाटो छैन। दुई गाविसका बासिन्दा गोरखा बजार आएर भेट्नु पर्छ। बूढीगण्डकी किनारमा पर्ने भए पनि बूढीगण्डकी जलविद्युत आयोजना प्रभावित गाउँ भने यो होइन।

    ५) यो ठाउँमा पुग्न गाडी जाने ठाउँबाट ४ घण्टा हिँड्नुपर्छ। गोरखा सदरमुकामबाट आरुघाट हुँदै थुमीको सोती बजारसम्म गाडी पुग्छ। त्यहाँदेखि अगाडि कच्ची सडकको ट्रयाक खुलेपनि गाडी गुड्न सक्दैन।

    ६) लापुबेसी ९६० मिटरको उचाइमा छ।

    ७) लापु गाविसमा सात वटा बस्ती छन् – भिरकुना, खानीबेसी, खानीगाउँ, लापु, लापुबेसी, लिदिङ र पोगटु। यो गोरखा जिल्लाको क्षेत्र नम्बर ३ मा पर्छ।

    ८) लापु गाविसमा पछिल्लो जनगणना अनुसार कूल ४५० वटा घर थिए। गाउँभरीको जनसंख्या १८२३ थियो जसमा ८०२ पुरुष हुन् भने १०२१ महिला।

    ९) यो गाउँमा गुरुङको बाहुल्य छ। १६९५ जना गुरुङ र ११० जना कामी र बाँकी अन्य जातिका बसोबास गर्छन् यो गाउँमा।

    १०) गाउँका २१६ घरमा रेडियो र ५ घरमा टिभी छ। एउटा घरमा कम्प्युटर भएको तर इन्टरनेट सम्पर्क नभएको, ६ वटा घरमा ल्यान्डलाइन फोन भएको र १३७ घरमा मोबाइल फोन रहेको जनगणनाको तथ्याङ्क छ।

    pahilopost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, चैत १४, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.