×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ४ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ९ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ९ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १२ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

फेसबुकमा मायाजाल विच्छ्याएर ठग्ने जीवनको रामकहानी

  •  
  • शनिबार, चैत १३, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    अमेरिका जाने सपनाले ठगिए युवतीहरु

     

    रमेश धमला

    १३ चैत, काठमाडौं । शुक्रबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौं, टेकुको मुद्दा शाखाका डीएसपी रविन्द्र रेग्मीको कार्यकक्षमा युवतीहरुको भीड थियो । उनीहरु धारे हात लगाएर भन्दै थिए ‘त्यो फटा’लाई भेट्न पाएहुन्थ्यो ।

    उनीहरुले खोजिरहेको फटाह अरु कोही नभएर अमेरिकी सेना हुँ भन्दै ठगी गर्ने जीवन लामा थिए । र, अहिले जसले उनलाई ‘फटाह’ भन्दै खोजिरहेका थिए, उनीहरु मध्ये धेरैले तीनै जीवनसँग विवाह गरेर अमेरिका जाने सपना देखेका थिए ।

    जब बिहे गरेर अमेरिका उड्ने सपना देखाएर पैसा हात पारेका जीवन भागे, तब मात्र उनीहरुले ठगिएको पत्ता पाए । धेरैको उजुरी परेपछि प्रहरीले लामालाई क्राउ गरेको छ ।

    २ पटकको भेटले २ लाख ६० हजार चट्

    धरानकी रेश्मा राई (नाम परिर्वतन)लाई करिब १ वर्ष अगाडी राजु गुरुङ नाम गरेको व्यक्तिबाट फेसबुकमा फे्रन्ड रिक्वेस्ट आयो । केहिदिन सम्म त उनले स्वीकार गरिनन् ।

    तर, पटक-पटक म्यासेज आउन थालेपछि फेसबुक साथी बनाइन् । अमेरिकाको क्यालिफोर्निया बस्ने बताउने राजुसँग उनको च्याटबाट गफ हुन थाल्यो । केहि महिनाको फेसबुक च्याटपछि राजुले आफू केहि दिनमा नेपाल आउन लागेको र आएपछि भेटने बताए ।

    फेसबुकको कुराकानीबाटै नजिकिएकी रेश्मा पनि अमेरिकाबाट आउने राजुलाई भेटन तयार भइन् । गत अक्टोबरमा राजु नेपाल आइपुगेको खबर रेश्माले पाइन् । उनिहरुको भेटघाट पनि भयो दुई पटक ।

    केहि दिनपछि राजुले रेश्मालाई फोन गरेर आफ्ना एक जना आफन्त बिरामी भएर भारतको बैंग्लोरमा उपचार गरिरहेकोले पैसा चाहिएको तर, आफ्नो अमेरिकाको एटीमबाट पैसा निकाल्न नमिल्ने सुनाए । आफूलाई तत्काल २ लाख भारु खोजिदिन आग्रह गरे ।

    राजुको मोहमा फसिसकेकी रेश्माले २ लाख भारु त दिन सकिनन्, जसो तसो गरेर २ लाख ६० हजार नेपाली रुपैयाँ भने दिलबहादुर श्रेष्ठको नाममा आईएमई गरिदिइन् राजुको लागि । पैसा पठाएको भोलिपल्टैबाट राजु फेसबुक र फोन सम्पर्कबाट गाएब भए, किनकी उनी राजु नभएर ठग जीवन थिए ।

    जसले सिक्री बेचेरै पैसा बुझाइन्

    नुवाकोटकी रमा थापा (नाम परिर्वत)लाई गत साउनमा सञ्जु गुरुङ नाम गरेको व्यक्तिबाट फेसबुकमा साथी बन्न आग्रह आयो । केहीदिन स्वीकार नगरेपछि पटक-पटक म्यासेज आयो ।

    आफू अमेरिकामा बस्ने र एउटै जिल्लाको भएको भन्दै कुरा गर्न खोजेको भन्दै पुरानै परिचय दिए । त्यसपछि फेसबुकमा कुराकानी हुनथाल्यो । मंसिरमा आफू नेपाल आएको भन्दै फोन गरे र गंगबुमा भेट्न बोलाए । ‘सन्जु’ रमालाई भेट्न चक्लेट लिएर पुगेका थिए ।

    त्यसको केहि दिनपछि सुकेधारामा दोस्रो भेट भयो । त्यति बेला अमेरिकाबाट आएको बताउने सन्जुले रमालाई आइफोन उपहार दिएका थिए । तर, उनले अस्वीकार गरिन् । रमालाई के थाहा त्यही आइफोन दिएको बहानामा आफनो २ लाख चट हुन्छ भन्ने ।

    केहीदिनपछि सन्जुले अंकलको छोरी बिरामी भएर थाइल्याण्ड लैजान लागेकोले पैसा जरुरी परेको भन्दै पोखराबाट फोन गरे । रमाले सुरुमा त आफूसँग पैसा नभएकोले सहयोग गर्न नसक्ने भन्दै टारेकी थिइन् । तर, पटक-पटक आग्रह आए पछि उनको मन पग्लियो ।

    परिवारले खाजा खान दिएको पैसा जम्मा गरेको ५० हजार र घाँटीमा लगाएको सुनको सिक्री विक्री गरेर १ लाख ५० हजार जम्माभयो । केहि दिनमा फिर्ता गर्छु भनेकोले आमासँग थप एक लाख माग गरिन र २ लाख ५० हजार आइएमईमार्फत गरेर सन्जुलाई पठाइन् । तर, रमालाई के थाहा उनी जीवनको जालमा परेकी थिइन् ।

    को हुन् जीवन ?

    यो त प्रतिनिधि घटना मात्र हो जीवनले चलाएको गठी धन्दाको । प्रहरीका अनुसार उनले यसरी नै फेसबुकमा अनेक नामबाट पेज बनाउने, युवतीहरुसँग सम्वन्ध बढाउने र ठग्ने गर्दैर् आएका थिए ।

    उनको नागरिकतामा रहेको नाम जीवन तामाङ छ । २००४ सालमा जीवन अफगानिस्तान गएको अनुसन्धानका क्रममा खुलेको छ । कहि वर्ष अफगानिस्तान बसाइको क्रममा केही अमेरिक सेनालाई साथी बनाए र उनीहरुसँग केहि तस्वीरहरु पछि खिचाए ।

    अफगानस्तानबाट फर्किएपछि बेरोजगार जीवनले ठगी धन्दा सुरु गरे । उनले २०६९ सालमा मकवानपुरका एक व्यक्तिलाई अफगानिस्तान पठाइदिन्छु भन्दै ठगेको खुलेको छ । मकवापुरका ती पीडितसँग पनि जीवनको फेसबुकमार्फत नै चिनजान भएको थियो ।

    करिब ४ लाख रुपैंया ठगी गरेको आरोपमा पक्राउ परेका उनी ७० साल चैतमा धरौटीमा छुटे । त्यसपछि भने उनले युवतीलाई निशानामा पारेर ठगी धन्दा चलाउन सुरु गरे ।

    १६ जनाबाट ४२ लाख असुली, श्रीमतीको साथ

    जीवन पक्राउ परेको खबर सार्वजनिक भएपछि उनीविरुद्ध उजुरी गर्नेहरु सानोतिनो भीड नै लागेको छ काठमाडौं प्रहरीमा । काठमाडौं बाहिर रहेका कतिपय पीडितले फोनबाटै उजुरी टिपाएका छन् ।

    अहिलेसम्म १६ जना युवतीबाट करिब ४२ लाख रुपैयाँ ठगी गरेको जीवन आफैंले स्वीकार गरिसकेका छन् । अहिलेसम्म ठगेको पैसा कहाँ छ भनेर प्रहरीले खोजिरहेको छ । पछिल्लो पटक उनले ५ लाख रुपैयाँ पोखराका दाइ पर्ने व्यक्तिलाई पठाएको खुलेको छ ।

    जीवनसँगै उनकी श्रीमती सूवी पनि प्रहरी हिरासतमै छिन् । जीवनले आफनो ठगी धन्दामा श्रीमती सुवीको पनि सहयोग लिने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । विषेश गरेर आफुलाई विश्वास नगर्ने युवतीलाई बहिनी भन्दै श्रीमतीसँग कुरा गर्न लगाउँथे ।

    फोटोसपको कमाल

    चाबहिलस्थित जीवनको डेरामा छापा मार्न पुगेको प्रहरीलाई उनको कोठामा देखिएको दृष्यले चकित बनायो । बाराका ओबामादेखि जर्ज बुसुँगग खिचिएका तस्वीरहरु राखिएका थिए । तर, सबै फोटोसपबाट जोडिएका तस्वीरहरु थिए, जुन ठगी धन्दामा प्रयोग भएको छ ।

    ५ वटा कोठा भएको ˆल्याटमा बस्ने उनले कुकुर पालेका थिए भने एउटा कोठामा छुट्टै मन्दिर नै खडा गरेका थिए । उनले ˆल्याटको ३० हजार र एसीको ५ हजार गरेर महिनाको ३५ हजार भाडा बुझाउँथे ।

    कोठामा अमेरिकन आर्मीको पोशाकमा सजिएको फोटो राखेर बसेरका जीवनको धन्दाबारे घरमालिकले समेत सुइको पाएका थिएनन् । करिब ४ महिना अघि उक्त घरमा बसेका जीवनले आफू अवकाश प्राप्त अमेरिकन सेना भएको बताउने गरेका थिए ।

    प्रहरीलाई जीवनले आफू ३ कक्षा मात्रै पढेको बताएका छन् । तर, फेसबुकमा भने उनी पोख्त रहेछन् । जीवनले सबैलाई फेसबुकबाटै आफ्नो ठगी जालमा पारेका छन । फेसबुकबाटै युवतीको विवरण लिने र भेटनु अघि गाउँ पुग्ने र त्यसको फेहरिस्त सुनाउने उनको गजबको शैली थियो ।

    फेसबुक ‘आतंक’ रोक्न नयाँ कानुन चाहिन्छः एसएसपी थापा

    जीवन तामाङले फेसबुकको प्रयोग गरेर चलाएको ठगी आतंकले प्रहरीलाई चकित बनाएको छ । पछिल्लो समय समाजिक संजाल सूचनाको लागि जति उपयोगी छ उतिकै घातक बन्दै गएको उदारहण जीवन तामाङ भएको काठमाडौंका एसएसपी बिक्रम सिंह थापा बताउँछन् ।

    नेपालमा सामाजिक सञ्जाल दुरुपयोग गरेको आरोपमा पक्राउ परेकाहरुलाई विद्युतीय ऐन अन्र्तगत कारबाही हुने गरेको छ । जुन निकै फितलो देखिने भएकोले सामाजिक सञ्जाल नियन्त्रण गर्न नयाँ कानुनको जरुरी भएको एसएसपी थापा बताउँछन ।

    एसएसपी थापा भन्छन्, ‘फेसबुककै कारण कतिको ज्यान गएको छ, कति ठगिएका छन् । त्यस्तालाई कावारबाही गर्न प्रहरीलाई पनि प्रविधि चाहिन्छ र कानुन पनि नयाँ बनाउनु पर्छ ।’

    onlinekhabar

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, चैत १३, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.