×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २० घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

बेलायती राजकुमार ह्यारीले दिनभर ढुंगा बोके

  •  
  • शनिबार, चैत १३, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    शिवप्रसाद उप्रेती

    फोटो : स्कुल पुनर्निमार्ण गर्न गोरखाको दुर्गम गाउँ लापुबेसी पुगेका बेलायती राजकुमार ह्‍यारीलाई स्वागत गर्दै स्थानीय। तस्बिर: गोरखा समाचार
    गोरखाको दुर्गम गाउँमा स्कुल पुनर्निर्माण 
    लापुबेसी (गोरखा): नेपाल भ्रमण ६ दिन लम्ब्याएर स्कुल पुनर्निर्माणका लागि उत्तरी गोरखाको लापुबेसी पुगेका बेलायती राजकुमार ह्यारीले शुक्रबार दिनभर डोकोमा ढुंगा बोकेका छन्। काठमाडौंबाट एकाएक हराएका राजकुमार ह्यारी बिहीबार गोरखाको आरुघाटमा मोटर छाडेर साढे तीन घन्टा पैदल दूरी तय गर्दै लापुबेसी पुगेका हुन्।
    राजकुमार ह्यारी लापुबेसीस्थित प्रभातकिरण माध्यमिक विद्यालय निर्माणमा १६ जना ब्रिटिस आर्मीसँगै श्रमदानमा जुटेका छन् । उनको टोलीमा ३ जना नेपाली र उनीसहित १४ जना ‘ब्रिटिस आर्मी’ छन्।
    मिडियाको पहुँचभन्दा टाढा रहेर ६ दिनसम्म श्रमदान गर्न लापुबेसी आइपुगेका उनी स्थानीय लापु गेस्टहाउसमा बसेका छन् । बिहीबार राति त्यहीं बसेका उनी शुक्रबार पनि सोही गेस्टहाउसमा बसेका थिए। ‘गाउँमा जे पाइन्छ, त्यही खाने उहाँको इच्छा छ।

    त्यसैअनुसारको व्यवस्था भएको छ’, व्यक्तिगत रूपमा श्रमदान गर्न आएको उल्लेख गर्दै उनको टोलीमा दोभासेको काम गर्दै आएका बेलायती सैनिक उमेश पुनले भने, ‘नेपाल भ्रमण औपचारिक भए पनि यो श्रमदान व्यक्तिगत हो। त्यसैले उहाँले समाचार बन्न चाहनुभएको छैन ।’ त्यहाँ पुगेका सञ्चारकर्मीलाई भेट्न र फोटो खिच्न निषेध गरिएको छ।

    बेलायती सैनिकको संस्था ‘टिम रुबिकन भोलिन्टियर ग्रुप’ ले उक्त विद्यालय भवन निर्माण गरिरहेको छ । त्यसमा १२ जना बेलायती सैनिक एक महिनादेखि स्वयंसेवकका रूपमा कार्यरत छन्। ६ दिन श्रमदान गर्ने गरी ह्यारीसहित पाँचजना शुक्रबारदेखि त्यहाँ थपिएको जानकारी विद्यालयका प्रधानाध्यापक जीव गुरुङले दिए।
    राजकुमार ह्यारीलगायत श्रमदानमा खटेका सबै सैनिकले ‘टिम रुबिकन’ लेखिएको सेतो टिसर्ट र हाफप्यान्ट लगाएर डोकोमा बूढीगण्डकीकिनारबाट विद्यालयसम्म ढुंगा ओसारेका थिए । खाजा खाएर बिहान ८ बजेदेखि काममा खटेका ह्यारीले मध्याह्न १२-१ बजे खाना खाँदै आराम गरेका थिए। त्यसपछि पुनः पाँच बजेसम्म ढुंगा फुटाउने र बोक्ने काम गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश गुरुङले बताए।
    ह्यारीले शनिबार जंगलबाट काठ बोक्ने पनि उनले बताए। उनीहरूसँगै ८०-९० जना गाउँले पनि विद्यालय निर्माणमा सरिक हुनेछन्।गोरखाको प्रभातकिरण मावि नै किन छानेको भन्ने प्रश्नमा दोभासे पुनले भने, ‘टिम रुबिकन भोलिन्टियर ग्रुपका तर्फबाट विद्यालय निर्माण गर्न हामी धेरै ठाउँ गएर हेर्‍यौं। सिन्धुपाल्चोक र रसुवाका गाउँ घुम्यौं तर लापुबेसीको यो विद्यालयको दृश्यले हाम्रो मन छोयो। अनि पुनर्निर्माणको काम थालेका हौं।’
    बेलायती सैनिकको टोलीले ११ कोठे पक्की भवन बनाएर फर्कने गरी काम गरिरहेको छ। राजकुमार ह्यारी श्रमदान गरेर फर्केपछि मात्र यसबारे सार्वजनिक गर्ने पनि पुनले बताए।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, चैत १३, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
    जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन
    गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.