×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ४ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ९ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ९ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १२ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

प्रचण्ड पुगेपछि वीरगन्ज तनावग्रस्त

  •  
  • शुक्रबार, चैत १२, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :प्रचण्डलाई कालोझन्डा देखाउने क्रममा पक्राउ मोर्चाका कार्यकर्ताहरु । तस्बिर: क्रान्ति शाह

    क्रान्ति शाह
    मोर्चाका १७ जना प्रदर्शनकारी पक्राउ
    वीरगन्जः माघ २२ गते नाकाबन्दी खुलेपछि शान्त र सहज बनिसकेको वीरगन्ज शुक्रबार मधेसी दलको प्रदर्शनका कारण दिनभर तनावग्रस्त बन्यो ।
    दोश्रो वीरगन्ज महोत्सव व्यपार मेलाको उदघाटन गर्न एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वीरगन्जमा आएको विरोधमा मधेसी दलका कार्यकर्ताले शुक्रबार बिहानैदेखि चोक चोकमा प्रदर्शन गरेपछि वीरगन्ज दिनभर तनावग्रस्त बनेको हो ।
    प्रचण्ड वीरगन्ज नआउँदै मधेसी दलका नेता कार्यकर्ताहरुले चोक चोकमा बिहानैदेखि टायर बालेर प्रदर्शन शुरु गरेका थिए ।
    उनीहरुले प्रचण्डको स्वागतमा महोत्व आयोजकले बनाएका स्वागतद्वार तोडफोड गरि भत्काइदिनुका साथै केहीमा आगजनी पनि गरे ।
    वीरगन्जको पावरहाउस ,घण्टाघर र आदर्शनगरमा बनाइएका स्वागतद्वारहरुमा मधेसी दलका कार्यकर्ताहरुले तोडफोड र आगजनी गरेका हुन् ।
    घण्टाघर चोकमा शुक्रबार दिउँसो अध्यक्ष प्रचण्डलाई कालो झण्डा देखाउन बसेका १७ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
    राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रिय सदस्य राजेशमान सिंह, नेपाल सदभावना पार्टीकी महिला नेतृ मुन्नी श्रीवास्तव, प्रदीप चौरसिया, रेखा साह, सुरेशमान सिंह, रोशन पटेल, बिट्टु सर्राफ, सुशील पटेल, विशाल सर्राफ, शेख मुन्ना, असरफ अली मन्सुर, भुपाल चौरसीया, मनिष कुमार साह, मोहीचन्द कुर्मी, विशाल जयसवाल, रवि सर्राफ, फिरोज बादशाह र मिथिलेश सिंहलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले बताए ।
    उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको  छ । ‘अनुसन्धान भइरहेको छ’, प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले भने, ‘छाड्ने कि नछाड्ने कुरा शनिवार मात्र थाहा हुन्छ ।’
    घण्टाघर चोकमा प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीको लाठी चार्जबाट नेपाल सदभावना पार्टी पर्साका सचिव कृष्ण पटेल सामान्य घाइते भएका छन् ।
    प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिएपछि पनि संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्यद्वय करिमा बेगम र वीरेन्द्र यादवको नेतृत्वमा रहेका अन्य प्रदर्शनकारीहरुले अध्यक्ष प्रचण्डलाई कालो झण्डा देखाउँदै प्रदर्शन गरेका थिए ।
    हिरासतमा लिएका प्रदर्शनकारीलाई रिहा नगरेपछि मधेसी दलका कार्यकर्ताहरुले वीरगन्जको नगवा र छपकैयामा शु्क्रबार बेलुकी टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले थुनामा रहेका प्रदर्शनकारीलाई रिहा गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।
    मधेस विरोधी संविधान बनाउनमा प्रचण्डले प्रमुख भूमिका खेलेकाले मधेसी जनताले उनको विरोध गरेको नेपाल सदभावना पार्टी पर्साका सचिव कृष्णा पटेलले बताए ।
    ‘मधेस आन्दोलनमा मधेसीको हत्या हुनुमा प्रचण्डकै मुख्य हात छ’, उनले भने, ‘प्रचण्डले नै मधेस विरोधी संविधान बनाएका हुन्, त्यसैले मधेसी जनताले उनीप्रति आक्रोश पोखे ।’
    ‘जसले मधेसीको भावना र मर्म बुझन सक्दैन त्यस्तो नेता मधेसमा आउनुको कुनै अर्थ छैन’, लोकतान्त्रिक मुलुकमा विरोध गर्न पाउने नागरिकको अधिकार भएको भन्दै सचिव पटेलले भने, ‘त्यही देखाउन हामीले प्रचण्डको विरोध गरेका हौं ।’
    मधेसी दलको प्रदर्शनलाई मध्यनजर गर्दै वीरगन्जको चोक चोकमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, चैत १२, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.