×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ४ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ९ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ९ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • १२ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १३ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १४ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

बोआओ फोरमलाई प्रम ओलीको सम्बोधन

  •  
  • बिहिबार, चैत ११, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौँ, चैत ११ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व अर्थतन्त्रको नेतृत्वकर्ताको रुपमा उदय भइरहेको एसिया एक्काइसौं शताब्दीको परिवर्तित विश्व संरचनाको केन्द्रभागमा आइपुगेको बताउनुभएको छ ।

    बोआओ फोरमलाई आज सम्बोधन गर्दै उहाँले विश्व अर्थतन्त्रलाई थप मजबुत बनाउन विश्व समुदायले आज एसियाको आर्थिक गतिविधिलाई नियालिरहेको छ भन्नुभयो ।

    “एसियाली मुलुकहरुले अर्थतन्त्रमा गरेको अभूतपूर्व प्रगतिले एसियाको विशाल सम्भावनालाई आँैल्याइदिएको छ” – उहाँले भन्नुभयो ।

    नयाँ खोज र प्रविधिले विकासका नयाँ ढोकाहरु खोलिरहेको बताउँदै उहाँले भन्नुभयो – यस्ता नवीन खोजले मानवको हित सम्बद्र्धन गर्नुपर्छ । हरेक राष्ट्रलाई बेरोकटोक प्रविधिमाथिको पहुँच हुनुपर्छ ।

    “एसियालाई समृद्ध बनाउन हाम्रा प्रयासले सहयोगको यस्तो ढाँचा तयार गर्नुपर्दछ जसले अवसर र लाभलाई समान रुपले वितरण गर्नेछ” – उहाँले थप्नुभयो ।

    सामूहिक प्रयत्न र सहयोगका अवसरहरुको खोजीले मात्रै ज्ञानको स्वतन्त्र प्रवाह, निर्वाध व्यापार र सबैले जित्ने अवसर सिर्जना गर्ने विश्वास पनि प्रधानमन्त्री ओली व्यक्त गर्नुभयो । एसियाले तय गर्ने दूरदृष्टि समावेसी हुनुपर्ने उहाँको भनाइ थियो ।

    प्रधानमन्त्री ओलीले शान्ति र गरिबी सँगसँगै जान नसक्ने उल्लेख गर्दै एसिया निःसन्देह विश्व अर्थतन्त्रको ‘शक्तिकेन्द्र’का रुपमा उदय भइरहेको छ भन्नुभयो । एसियाको समग्र विकास र उत्थानमा सबैको साथ र सहयोग जरुरी रहेको पनि उहाँले औँल्याउनुभयो ।

    कुनै पनि एसियाली मुलुकलाई पछाडि छाड्यौं भने एसियाको शान्ति र समृद्धिको सपना विफलतामा परिणत हुने बताउँदै उहाँले भन्नुभयो – “गल्ती नगरौं । विकास सहभागितामूलक हुन सकेन भने एसियाको दिगो विकास छिन्नभिन्न हुन पुग्नेछ ।”

    प्रधानमन्त्री ओलीले भन्नुभयो – “एसियामा बजार विस्तार भइरहेका छन्, उद्योग व्यापार फस्टाइरहेका छन्, रोजगारी सिर्जना भइरहेको छ । एसियामा महादेश गरिबीबाट बाहिर निस्किने चरणमा पुगेको छ । तर पनि यस क्षेत्रको जनसङ्ख्याको ठूलो हिस्सा गरिबी र अभावको चङ्गुलभित्रै रहेको छ ।’’

    एसियालाई नयाँ दृष्टिकोण र आयामहरुका साथ सुनौलो भविष्यतर्फ अघि बढाउने समय अहिले आएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसका लागि क्षेत्रीय सहयोग र सहकार्य जरुरी रहेको बताउनुभयो ।

    जननिर्वाचित संविधानसभाबाट नेपालमा नयाँ संविधान जारी भएको र त्यसलाई मित्रराष्ट्रहरुबाट स्वागत गरिएकामा प्रधानमन्त्री ओलीले आभार पनि प्रकट गर्नुभयो ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, चैत ११, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.