×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ३ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ८ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ८ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ११ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

गुगल भन्छ: सर्वोच्च शिखर सगरमाथा चिनियाँ भूमिमा !

  •  
  • बिहिबार, चैत ११, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    फोटो :एजेन्सी

    ज्ञानेन्द्र खड्का
    काठमाडौंः पृथ्वीकै सबैभन्दा अग्लो हिमाल समगरमाथा (माउन्ट एभरेस्ट) नेपालमा रहेको कुरामा कुनै विवाद छैन ।
    अंग्रेजीमा माउन्ट एभरेस्ट र चिनियाँ भाषामा चोमोलुङ्माको नामले तिब्बत र चीनमा चिनिने विश्वकै अग्लो यो हिमालकै कारण नेपाल विश्वभर चिनिएको छ ।
    वैज्ञानिक मापन अनुसार ८ हजार ८ सय ४८ मिटर (२९ हजार २९) फिट अग्लो यो हिमालको मूख्य चुचुरो नेपालतिरै रहेको कुरा चीनले पनि स्वीकारिसकेको छ ।
    विश्वचर्चित इन्टरनेट इन्साइक्लोपेडिया विकिपिडियामा सर्वोच्च शिखर नेपालको सगरमाथा अञ्चलस्थित नेपाल–तिब्बत सीमामा पर्ने उल्लेख गरिएको छ ।
    नेपाल र नेपालीले गर्ब गर्ने र विश्वभर नेपाललाई चिनाउने सगरमाथालाई पछिल्लो समय विश्वचर्चित सर्च इन्जिन गुगलले उसको म्यापमा चिनियाँ भूभागतर्फ देखाउन थालेपछि इन्टरनेट प्रयोगकर्ता सशंकित भइरहेका छन् ।
    केही सातायता गुगल म्यापमा नेपालको सगरमाथालाई चीनको टिंग्री जिगेज चीनमा देखाइरहेको छ । गुगल म्यापले सगरमाथालाई चिनियाँ भूमिमा देखाउन थालेपछि यसबारेमा चीनमै पनि संशयपूर्ण प्रतिक्रिया आइरहेको छ ।
    गुगलले विश्वकै सर्वोच्च शिखरबारे भएको यो गम्भीर त्रुटिमा सुधार गरेको छैन । उसको यो त्रुटिबारे गुगललको प्रेस हेर्ने इमेलमा जबाफ माग्दा कुनै प्रतिक्रिया आएको छैन ।
    गुगल म्यापले सगरमाथालाई आफ्नो भूमिमा देखाएपछि चीनकी एक फेसबुक प्रयोगकर्ताले यसतर्फ सजग हुन नेपालका साथीहरुलाई आग्रह गरेकी छन् ।
    ‘नेपाली साथीहरु सजग हुनुहोस, गुगलले माउन्ट एभरेस्टलाई चीनको भूमिमा देखाइरहेको छ । तर चीनले यसमा केही गर्न सक्दैन’, म्युई चुङ नामकी चिनियाँ नागरिकले लेखेकी छन्, ‘चीनमा गुगलसहितका सर्च इन्जिन र म्याप प्रयोग गर्न प्रतिबन्ध छ । यहाँ गुगल गर्न सकिँदैन । फेसबुक, गुगल, युट्यूबसहितलाई यहाँ सन् २००९ देखि खोल्न प्रतिबन्ध छ ।’
    उनले नेपाली भूमिमा रहेको सगरमाथलाई चिनियाँ भूमिमा रहेको देखाई विवाद सिर्जना गर्ने काममा भारत र अमेरिका लागेको तर्क गरेकी छन् ।
    भारतीय नागरिक सुन्दर पिचाई गुगलका सिईओ भएसँगै सगरमाथालाई चीनतर्फ देखाइ चीन र नेपालबीच विवाद बढाउन खोजिएको उनको तर्क छ ।
    ‘अमेरिकन कम्पनी गुगलमा भारतीय नागरिक सुन्दर पिचाई सिईओ भएपछि यस्तो गर्न थालिएको हो’, उनले भनेकी छन्, ‘तर आम चिनियाँहरु सगरमाथा पनि नेपालमै रहेको र भगवान गौतम बुद्ध पनि नेपालमै जन्मेको कुरामा विश्वास गर्छन् ।’
    गुगलले सगरमाथालाई चिनियाँ भूमिमा देखाउन थालेपछि त्यसविरुद्ध सामाजिक सञ्जालमा अभियान नै छेडिएको छ ।
    गुगललको गल्ती नै भएपनि या प्राविधिक कारणले त्रुटि भएर यस्तो भएपनि तत्काल यसमा सुधार गर्नुपर्ने सामाजिक सञ्जालका प्रयोगकर्ताको भनाइ छ ।
    गुगलको नेपालस्थित प्रतिनिधिलाई यसबारेमा प्रश्न गर्दा उनले आफूलाई त्यसबारे बोल्ने अधिकार नभएको प्रतिक्रिया दिए । आफ्नो नामसमेत सञ्चारमाध्यममा प्रकाशित नगरिदिन आग्रह गर्दै उनले गुगलको केन्द्रीय कार्यालयलाई नै यसबारेमा प्रश्न गर्न आग्रह गरे ।
    गुगलको यस लापबाहीबारेमा नबिन पराजुली ट्वीटरमा लेख्छन्, ‘एभरेस्ट नेपालको गौरब हो । हामी यसप्रति गौरबवान्वित छौं । तर, गुगलले माउन्ट एभरेस्टलाई चीनतर्फ देखाउने घृणित कार्य गरेको छ ।’
    त्यसैगरि क्रिस कार्कीले लेखेका छन्, ‘हामी सबैलाई थाहा छ, सगरमाथा नेपालमा छ भन्ने कुरा तर गुगलले सगरमाथालाई चिनियाँ भूमिमा देखाएर मुर्ख हुने काम गरेको छ ।’
    अरुण साहले ट्वीटरमार्फत गुगलका सीईओ सुन्दर पिचाईलाई मेन्सन गर्दै माउन्ट एभरेस्टको लोकेशन नेपालमै भएकाले चीनमा देखाइएको म्यापमा सुधार गर्न आग्रह गरेका छन् ।
    सगरमाथालाई चिनियाँ भूमिमा देखाइएपछि ट्वीटर प्रयोगकर्ताहरुले गुगललविरुद्ध #Backoffgoogle ह्यास ट्याग अभियान नै चलाएका छन् ।

    annapurnapost

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, चैत ११, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.