×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
  • ३ घण्टा अघि

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ८ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ८ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ११ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • १२ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १३ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • १३ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • २ दिन अघि

प्रहरी हिरासतमा ‘नेपाली चार्ल्स शोभराज’

  •  
  • बिहिबार, चैत ११, २०७२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    प्रकाश ढुंगाना

    करिब दुई दर्जन युवतीलाई मायाजालमा फसाएर करोडौं ठगेको प्रहरीको अनुमान

    नुवाकोटकी २५ वर्षीया रमा लामा (नाम परिवर्तन)लाई जीवन लामा नाम गरेको एक युवकले फेसबुकमा ‘फ्रेन्ड रिक्वेस्ट’ पठाए।

    फेसबुकमा पठाएको अनुरोध नस्विकारुन्जेल उनलाई बारम्बार साथी बनाउन फेसबुक मार्फत एसएमएस आइरह्यो।

    छिमेकमा रहेका भद्रभलाद्मीको समेत नाम लिएर रमालाई समेत चिनेको भनेर एसएमएस गरेपछि उनले फेसबुकमा साथी बनाइन्।

    फेसबुकमा रहेको जीवनको फोटो आकर्षक थियो भने शरीर पनि खाइलाग्दो। उसले अमेरिकी आर्मीको युनिफर्म लगाएर हातले बन्दुक समातेको फोटो फेसबुकमा राखेको थियो।

    सेतोपाटीसँग कुरा गर्दै रमाले भनिन्, ‘म फेसबुक फोटो र प्रोफाइल देखेर प्रवाभित भएँ, कुराकानी बाक्लिदै गयो।’

    केहि समयको फेसबुक बार्तापछि जीवनले रमालाई विवाहको प्रस्ताव गरे। उनले आफू अमेरिकन आर्मी भएको र विवाह गरेर रमालाई पनि अमेरिका ल्याउने प्रस्ताव गरे। रमा पनि अमेरिका जाने मोहमा जीवनसँग विवाह गर्न राजी भईन्। फेसबुकमा साथी बनाएको १ महिनापछि जीवन रमाको घर नुवाकोट नै पुगे। उनका बाबुआमा र आफन्तलाई भेटे।

    अमेरिकन आर्मीलाई छोरी दिन बाबुआमा र आफन्त पनि राजी भए।

    दुई महिना बिहे गर्ने आश्वासन दिएर काठमाडौं आएका जीवनले दुई दिनपछि रमालाई फोन गरे।

    आफन्तलाई अपर्झट मुटुको बिमार लागेकोले ५ लाख पैसा चाहिएको बताए। आफूसँग अमेरिकन बैंकमा पैसा भए पनि तत्काल निकाल्न नमिलेको भन्दै छट्पटिए। ‘कहिँबाट पैसा व्यवस्था हुनसके केहि दिन भित्र पैसा निकालेर ब्याजसहित फर्काइदिने थिएँ,’ उनले रमालाई भने।

    ‘हुनेवाला’ श्रीमानको अप्ठ्यारो रमाले बाबु-आमालाई सुनाइन्। अमेरिकन लाहुरे त्यही पनि हुनेवाला ज्वाइँलाई अप्ठ्यारो परेपछि सघाउन रमाका आमाबुबा तयार तत्काल भए। बुबाआमाले सहकारीबाट ३ लाख  निकाले। आफन्तबाट २ लाख खोजेर जीवनलाई आइएमइमा हालिलिए।

    रमाले जीवनलाई रकम पठाइदिएपछि जीवन एकाएका सम्पर्कविहिन भए। सधै फेसबुकमा च्याट गर्ने जीवन सधै अफलाइन मात्र देखिन्थे। जीवन ‘सम्पर्कबिहिन’ भएको पर्सिपल्ट रमालाई उसको मोबाइल नम्बरबाट फोन आयो, ‘म प्रहरी हवल्दार बोलेको, यो मोबाइल बोक्ने मान्छे ककनीको डाँडाँबाट खसेर मर्‍यो।’

    रमाले केही भन्न नपाउँदै उसले थप्यो, ‘तपाईँको नम्बर यो मोबाइलमा सेभ रहेछ त्यही भएर फोन गरेको, उसको घरमा पनि जानकारी गराइदिनुहोला।’

    जीवनले उसको मोबाइल आफ्नै औंलाको निसानाले मात्र खुल्छ भनेर पहिले रमालाई देखाएको थियो। रमाले त्यही भएर ‘प्रहरी हवल्दार’ को कुरा पत्याइनन्। जीवनले रकम हात पारे पछि टाढिन र धोका दिन खोजेको निष्कर्ष रमाको परिवारले लगायो।

    रमाले तत्काल नुवाकोट प्रहरीमा बिस्तृत जाहेरी दर्ता गराईन्। काठमाडौं प्रहरीमा पनि उजुरी दिइन्।

    प्रहरीमा यस्तै प्रकृतिबाट ठगिएका उजुरी दिनेमा रमा पहिलो थिइनन्। यसअघि नै चार जना युवतिले आफू त्यसरीनै आफू ठगिएको भन्दै उजुरी दिएका थिए। प्रहरीले सबै युवतीलाई ठग्ने ‘नटवरलाल’ एउटै व्यक्ति हुनसक्ने निष्कर्ष निकाल्यो र अनुसन्धान अघि बढायो।

    अनुसन्धानको क्रममा जीवनले बारम्बार सिम परिवर्तन गरेको प्रहरीले थाहा पायो। त्यो बिचमा जीवनले २८ पटकसम्म सिम परिवर्तन गर्‍यो। प्रहरीले भने जीवनले प्रयोग गर्ने स्मार्ट फोनको ‘आईएमइआइ’ नम्बर पछ्याइरहेको थियो।

    अनुसन्धान सुरू गरेको ३ महिनापछि प्रहरीले जीवनलाई पोखराबाट पक्राउ गर्‍यो।

    युवती ठग्नका लागि जीवनले दर्जनौं नक्कली नाम राखेर फेसबुक खोलेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ।

    जीवन पक्राउ परेपछि नुवाकोट, झापा र रामेछापका १४ जना युवतीले प्रहरीमै पुगेर आफू पनि ठगिएको भन्दै उजुरी दिएका छन्।

    ‘अहिलेसम्म ४० जना युवतीले फोनमा आफू यसरिनै ठगिएको जानकारी गराएका छन्’ एसएसपी विक्रमसिंह थापाले भने।

    ‘यी मध्ये ककसलाई जीवनले ठगेको रहेछ हामी अध्यन गर्दैछौ,’ प्रहरीले भन्यो।

    युवतीलाई मोहजालमा पारेर जीवनले करोडौं कुम्ल्याएको प्रहरीको अनुमान छ।

    जीवन अहिले काठमाडौं प्रहरी भित्र ‘नेपाली चार्ल्स शोभराज’ वा ‘नयाँ चार्ल्स सोभराज’ भनेर चर्चित छन्।

    ‘चाल्स शोभराज र लामाको महिलालाई मायाजालमा पारेर ठग्ने प्रकृति एउटै छ,’ एसएसपी थापाले भने ‘शोभराज युवतीसँग रकम लिएर तिनै युवतीको हत्या गर्थे, लामा भने आफू नै मरेको नाटक गरि युवतिबाट छुटकारा खोज्थे।’

    ‘फेसबुकबाट साथी बनाउने, त्यसको पन्ध्र दिन देखि एक महिनाभित्रमा घरमै भेट्न जाने, अभिभावक भेट्ने, विवाहको कुरा गर्ने र कुनै बहानामा रकम फ़ुस्काएर हिड्ने उनको तरिका देखियो।’

    आफू युएस आर्मी, हङकङ लाहुरे र ब्रिटिस आर्मी भनेर युवतीहरुलाई विवाहको प्रलोभन दिएर उनले एक करोडभन्दा ठगी गर्ने गरेको एसएसपी थापाले बताए। ठगिने सबै युवतीहरु व्याच्लर लेभलको पढाइ सकेका छन्।

    ‘लाहुरेसँग विवाह गरेर अमेरिका, बेलायत, हङकङ जाने लोभमा युवतीहरु फसेको देखियो’ एसएसपी थापाले भने।

    फेसबुकमा नचिनेका मानिसहरूबाट साथी बन्न आउने अनुरो सँग सचेत रहन एसएसपी थापाले सुझाए।

    setopati

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, चैत ११, २०७२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ४. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ५. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ६. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. गाेरखाकाे शहिदलखनलाई पनि सङ्कटग्रस्त घोषणा गर्न बुर्लाकोटीको माग

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.