काठमाडौं- मधेसी मोर्चाका शीर्ष नेताहरु भारतीय राजदूतावास पुगेका छन्। भारतीय राजदूत रञ्जित रेको निम्तापछि शीर्ष नेताहरु दूतावास पुगेका हुन्। उनीहरु दूतावासभित्रको इन्डिया हाउसमा ‘ब्रेकफास्ट छलफल’ गर्नेछन्।
दूतावासमा जानेमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भारवना पार्टीका अध्यक्ष राजेन्द्र महतो, नेपाल सद्भानवनाका अध्यक्ष अनिल झा र फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव छन्। छलफलमा महेन्द्रराय यादव र शरदसिंह भण्डारी गएका छैनन्।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न सहमति सम्झौता गरेपछि राजदूत रेले बोलाएको हुनसक्ने बताइएको छ। मोर्चा एक अध्यक्षले भने किन बोलाइएकोबारे केही थाहा नभएको बताए। ‘राजदूतले झलफलका लागि बोलाउनुभएको छ,’ ती अध्यक्षले भने, ‘मधेस आन्दोलनबारे छलफल हुनसक्छ।’
nagariknews



